विश्वको दोश्रो अग्लो ‘माउन्ट के टू’ आरोहण गर्ने पुर्जाको टोलीलाई उद्योग परिसंघको बधाई तथा स्वागत 

विश्वको दोश्रो अग्लो ‘माउन्ट के टू’ आरोहण गर्ने पुर्जाको टोलीलाई उद्योग परिसंघको बधाई तथा स्वागत 

अर्थ डबली
शुक्रवार, फाल्गुण ७ २०७७
अर्थ डबली
शुक्रवार, फाल्गुण ७ २०७७ (अर्काइभ बाट)
  • विश्वको दोश्रो अग्लो ‘माउन्ट के टू’ आरोहण गर्ने पुर्जाको टोलीलाई उद्योग परिसंघको बधाई तथा स्वागत 

    काठमाडौं/  विश्वको दोस्रो अग्लो हिमाल ‘माउन्ट के टू’ का आरोहीहरुलाई नेपालको निजी क्षेत्रको प्रमुख संस्था नेपाल उद्योग परिसंघले सम्मान तथा स्वागत गरेको छ । 

    images
    images

    बिहीबार राजधानीमा आयोजित औपचारिक स्वागत तथा सम्मान समारोहमा परिसंघका अध्यक्ष सतिशकुमार मोर सहितको टोलीले के टू आरोही निर्मल पूर्जा र आरोहण दललाई  सम्मान तथा स्वागत गरेको हो । 

    समारोहलाई सम्बोधन गर्दैं अध्यक्ष मोरले भने, ‘नेपालको निजी क्षेत्रको प्रमुख संस्था नेपाल उद्योग परिसंघको निमन्त्रणालाई स्वीकार गरी यहाँहरुको सम्मानमा आयोजित स्वागत एवं बधाई कार्यक्रममा नेपाल उद्योग परिसंघ, नेपालको सम्पुर्ण निजीक्षेत्रको साथै आफ्नोतर्फबाट समेत सबैमा हार्दिक स्वागत अभिवादन व्यक्त गर्दछु ।’ 

    उनले हामी सम्पूर्ण नेपालीहरूको लागि ठूलो गौरवको विषय हो कि यहाँहरुको  भ्रमण दललेमित्र राष्ट्र पाकिस्तानमा अवस्थित विश्वको दोस्रो अग्लो चुचुरो “के टू” को गत जनवरी १६, २०२१ का दिन हिउँदेयामको समयमा पहिलो सफल आरोहण गरेका छन् । 

    यस किर्तिमानि एवं साहसिक आरोहणबाट आफ्नो मात्र हैन नेपाल र नेपालीको शिर उच्च बनाउँदै हिमालय आरोहणमा विश्व रेकर्ड कायम गर्न सफल भएका छन् । यस साहसिक आरोहण प्रतिनेपालको निजी क्षेत्रको प्रतिनिधि संस्था नेपाल उद्योग परिसंघको तर्फबाट यहाँहरुमा हार्दिक बधाई ज्ञापन  परिसंघले  गरेको छ । 

    हिमशिखर आरोहणमा नेपालका शेर्पा र युद्ध कौशलतामा “गोर्खाज”  विश्वमा प्रसिद्ध नाम हो । त्यसमा पनि साहसिक पदयात्रा र हिमालय आरोहणको क्षेत्रमा नेपालको शेर्पा समुह अग्रणी मात्र हैन अनुकरणिय कौशलताको एक पर्यायवाचि नै भएको अध्यक्ष मोरले बताए । 

    नेपालको पर्यटन प्रवद्र्धनको सम्वाहक यहाहरु नै हो। यसबाट नेपालको प्राकृतिक सौन्दर्यता र ऐतिहासिक महत्व विशेषका क्षेत्रहरुलाई विश्वमा परिचित गराउन रकिर्ति फैलाउन ठूलो बल मिलेको धारण अध्यक्ष मोरे व्यक्त गरे । 

    उनले भने, “हिमालयको संरक्षण, पर्यटन प्रवद्र्धन र विशेषतः दूर्गम क्षेत्रको आर्थिक गतिविधि बढाउन मात्र होइन दुरदराजका बासिन्दाहरूको जीवनस्तर उकास्न र त्यस क्षेत्रको “शिक्षा स्वास्थ्य” का साथै पर्यटनको संरक्षणमा यहाँहरुले पुर्याउनु भएको योगदान अतुलनीय रहेको छ ।”

    सम्मान तथा स्वागत मन्तव्य राख्दै परिसंघका वरिष्ट उपाध्यक्ष श्री विष्णुकुमार अग्रवालले नेपालको नाम विश्वभर स्थापित गराएकोमा आरोहण टोलीलाई बधाई दिए । उनले भने,े –“आत्मविश्वास, लगाव र कठोर मेहनतले प्राप्त गरेको सफलताले नेपालको नाम विश्वभर परिचित गराउनुको साथै नेपालको नाम उच्चो बताए । 

    ‘यहाँहरुको सफलता र मेहनतको हामी खुलेर प्रसंसा गर्न चाहान्छौं । कोभिड–१९ का कारण थलिएको पर्यटन क्षेत्रलाई केही हद सम्म विश्वभर नेपालको नाम परिचित गराएर संसार भर आरोहण सफल गरेर नेपालीको नाम र नेपालीले गर्न सक्छ,आरोहण सफलताको समाचार विश्वभरका साढे ५ अर्ब  जनमानसमा पुगेको छ । यसले नेपालको पर्यटन क्षेत्रलाई पक्कै पनि कुनैनकुनै माध्यमबाट टेवा पुग्छ भन्ने मेले विश्वास लिएको छु’ प्रेस विज्ञप्तिमा उल्लेख छ । 
    बरिवष्ठ उपाध्यक्ष्य अग्रवालले आरोहण टोलीले असम्भवलाई पनि सम्भव बनाउनु भएको छ यसले हामीलाई पनि कुनै पनि लक्ष्य हासिल गर्न ठूलो प्रेरणाको स्रोत बन्न गएको बताए । 

    उनले आगामी दिनमा नेपाली प्रोडक्टहरुले यहाँहरुको आगामि दिनको यात्रामा सहयोगी बन्न चाहान्छौं यसले नेपाल र नेपाली प्रोडक्टको विश्वभर प्रचार प्रसारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छु ।
    समारोहलाई सम्बोधन गदैं टुरिजमा कमिटीका संयोजक पम्फा धमलाले नेपाली आरोहीले विश्वको दोश्रो हिमाल के टु को सफल आरोहण गरेर विश्व र्कीिर्तमान कायम गरेकोमा बधाई व्यक्त गरे । 

    टोलीले ३ माघमा (जनवरी १६मा) साँझ ५ बजे सफल विश्वको दोस्रो अग्लो (८,६११ मिटर) चुचुरो के टूको आरोहण गरेको थियो । 

    १० जना नेपालीले हिउँदयाममा आरोहण गरेर विश्व किर्तिमान बनाएको थियो । सम्मान समारोहमा परिसंघका उपाध्यक्षहरु क्रमश अनुज अग्रवाल, राजेशकुमार अग्रवाल, सुलभ अग्रवाल र वीरेन्द्रराज पाण्डेको उपस्थिती थियो । 

    साताको लोकप्रीय