मेक इन नेपालको बहसमा उद्योग परिसंघः अर्थतन्त्र उठाउन स्वदेशी उत्पादन

मेक इन नेपालको बहसमा उद्योग परिसंघः अर्थतन्त्र उठाउन स्वदेशी उत्पादन

अर्थ डबली
सोमवार, फाल्गुण १७ २०७७
अर्थ डबली
सोमवार, फाल्गुण १७ २०७७ (अर्काइभ बाट)
  • मेक इन नेपालको बहसमा उद्योग परिसंघः अर्थतन्त्र उठाउन स्वदेशी उत्पादन

    काठमाडौं / नेपाल उद्योग परिसंघले राष्ट्रलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ ‘मेक इन नेपाल–स्वदेशी’ अभियानलाई प्राथमिकतामा राखेको छ । 

    images
    images

    परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमा गएको परिसंघका पदाधिकारीहरुले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई कार्यकक्षमा भेट गरी ‘मेक इन नेपाल–स्वदेशी’ अभियानका सम्बन्धमा छलफल गर्यो । 

    परिसंघका अध्यक्ष मोरले यो अभियानले स्वदेशी उत्पादन वृद्धि गर्न, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउन सहयोग पुग्ने विस्वास गरेको छ । 

    नेपाली वस्तु र सेवाको माग बढाउने लक्ष्यसहित सीएनआईले ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सुरु गरेको बताए । परिसंघको यस अभियानमा नेपाल सरकारको साथ र सहयोग हुनुपर्ने धारणा राख्दै मुलुकको औद्योगिक विस्तार, रोजगारीको सृजना एवं उत्पादन वृद्धिबाट मात्र राष्ट्रिय अर्थतन्त्र माथि उठाउन सकिने बताएका थिए । 

    यस अभियानमा सरकाले स्वमित्व बोधगरी स्वदेशी उद्योगहरुको स्थापना र उद्योगहरुलाई आत्मनिर्भर बनाउन सरकारबाट प्रभावकारी भूमिका निर्वाह गर्नु पर्ने धारणा राखे ।

    परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघले तयार गरेको स्वदेशी लोगोलाई नेपाल सरकारले स्वामित्व लिई तुरुन्त यसलाई कार्यान्वयनमा ल्याउनु पर्ने बताए । 

    यो लोगो परिसंघ, नीजिक्षेत्र, सरकार विशेषको नभई देशकोनै हुनु पर्ने माग राखे । यसकोलागि संयुक्त प्रयास र सहभागिता हुनु पर्ने उनको धारणा थियो । 

    मन्त्रीसँगको छलफलमा परिसंघका उपाध्यक्ष अनुज अग्रवाले परिसंघले तयार पारेको अवधारणाका सम्बन्धमा प्रस्तुति गरेका थिए । 

    उनले परिसंघले अगाडी सारेको अवधारणा केहि महत्वकांक्षी देखिए पनि परिसंघले मुख्यगरी ४ वटा आर्थिक खम्बलाई बढी प्राथमिकतामा राखेको बताउनु भयो । विशेषगरी यस अभियानले हरेक वर्ष एक हजार उद्योग संचालनमा ल्याई वार्षिक एक लाख पचास हजार औद्योगिक रोजगारी सिर्जना गर्ने महान लक्ष्य लिएको छ ।

     परिसंघको लक्ष्य अनुसार पाँच वर्षमा वार्षिक निर्यात ४.३ अर्ब डलर पु¥याउने र कुल गार्हस्थ उत्पादनमा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान पु¥याउने  बताए । 

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले परिसंघले अगाडी सारेको अवधारणा राम्रो रहेको बताउँदै समग्र राष्ट्रिय आवश्यकतालाई महशुस गरी यसलाई व्यवहारिक बनाउनको लागि अन्तरसंवादलाई निरन्तरता दिनु पर्ने धारणा राखे । 

    अभियानमा नीजि क्षेत्र, सरकारको प्रशासनिक संयन्त्र र राजनीतिक क्षेत्रसँग पनि अन्तर सम्बाद गरी सम्बन्धलाई विश्वासिलो र परिपूरक बनाउनु पर्ने बताए । 

    आगामी बजेटमा यसलाई मूर्तरुप प्रदान गर्नको लागि सरकारको तर्फबाट आवश्य सहयोग उपलब्ध गराउने धारणा  राखे ।
    अर्थमन्त्री पौडेलले यो अभियानमा प्रधानमन्त्री, मन्त्रीहरु, सचिवहरु र नीजि क्षेत्रका अन्य संघसंस्थाहरुलाई पनि सँगै लिएर अगाडी बढ्नु पर्ने विचार व्यक्त  गरे ।

    छलफलमा परिसंघको तर्फवाट निवर्तमान अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरु क्रमशः राजेशकुमार अग्रवाल र सुलभ अग्रवाल लगायतको उपस्थिति थियो ।

    साताको लोकप्रीय