एक टुक्रा काँक्रोले तपाईको इनर्जी आउँछ, पढौं काँक्रो खानुका १५ फाईदाहरु 

एक टुक्रा काँक्रोले तपाईको इनर्जी आउँछ, पढौं काँक्रो खानुका १५ फाईदाहरु 

अर्थ डबली
मंगलवार, असोज १२ २०७८
अर्थ डबली
मंगलवार, असोज १२ २०७८ (अर्काइभ बाट)
  • एक टुक्रा काँक्रोले तपाईको इनर्जी आउँछ, पढौं काँक्रो खानुका १५ फाईदाहरु 

    काँक्रो चिरा पारेर नुन, खुर्सानी दलेर खानुको मज्जा नै बेग्लै । जति स्वादिलो त्यति फाइदाजनक हुन्छ काँक्रो । 

    images
    images

    नेपालीहरुले मन पराउने स्वादिलो फल मध्येकै एक हो  काँक्रो ।  काँक्रोको प्रयोग अचार र सलादमा बढी हुन्छ । ९० प्रतिशत पानी पाईने काँक्रोले शरिरलाई पानीको आपूर्ति पनि गर्दछ । जसले शरिरमा पानीको मात्रा पुरा गरिदिन्छ । 

    भनिन्छ नियमित रुपमा काँक्रो खाने हो भने मुहार चाउरी पर्दैन । यसले अनुहारलाई मोइस्चराइज गराउनुका साथै छालालाई डढ्नबाट बचाउँछ । 

    kakro khane.JPG

    काँक्रोको पातलो गोलाकर पत्रलाई दुवै आँखामा राखेर एकखालको फेसियल थेरापी पनि गर्ने गरिन्छ ।  भिटामिन, मिनरल्सलगायत पोषणतत्वयुक्त काँक्रोका यस्ता अनेकौं फाइदा छन्, जसबारे हामी अझै अनभिज्ञ छौं । 

    तपाई पढ्नुस् काँक्रो खानुका यी फाईदाहरु 

    १ काँक्रोमा पानीको मात्रा ९६ प्रतिशत हुन्छ, मानिसमो शरीरमा पानी आपूर्ति गर्न काँक्रो सबैभन्दा महत्वपूर्ण हुन्छ।

    २ यसले खराब कोलेस्टेरोल पनि घटाउन मद्दत गर्छ।  

    ३  यसले युरिक एसिडको लेभललाई पनि घटाउँछ।

    ४  काँक्रो एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छ। यसमा पाइने भिटामिन ए, बि र सिले रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ र अल्छी लागेको बेला काँक्रो खाने हो भने त्यसले धेरै उर्जा दिन्छ।

    ५ पोषण र पानी पाइने भएकाले काँक्रोले तौल घटाउँन पनि मद्दत गर्छ।

    ६ यसको टुक्राले आँखाको रातोपना र सुन्निएको घटाउँन सहयोग गर्छ।

    ७ धेरै अध्ययनहरुले के पुष्टि गरेका छन् काँक्रोमा पाइने तत्वहरुले क्यान्सरसंग लड्न मद्दत गर्छन्।

    ८  रक्तचापलाई स्थिर राख्न पनि यसले मद्दत गर्छ।

    ९  मुख र गिजालाई ताजा राख्न र गिजाका समस्या समाधान गर्न पनि यसले सहयोग गर्छ।

    १०  यसमा पाइने फाइबर र पानीले खाना पचाउँन सहयोग गर्छ।

    ११ काँक्रोमा पाइने सिलिका कपाल, नङ र छालाका लागि महत्वपूर्ण मानिन्छन्, त्यसैले काँक्रो सौन्दर्यता बढाउँने खाद्यपदार्थ हो।

    १२ यसमा पाइने उच्च एन्टिअक्सिडेन्टले जोर्नी दुखाईलाई पनि मद्दत गर्छ।

    १३  यसले शरीरमा भएको हानिकारक तत्वलाई प्रभावकारी रुपमा बाहिर निकाल्छ। मिर्गौलाको पत्थरीमा यो निकै लाभकारी मानिन्छ। 

    kakro.jpg

    १४ यसले इन्सुलिन उत्पादनका लागि प्याङक्रियाजलाई सहयोग गर्छ, त्यसैले काँक्रो मधुमेहका रोगीका लागि उपयोगी हुन्छ।

    १५  सूर्यको किरणद्वारा उत्पन्न हुने समस्याका लागि काँक्रो लाभदायी हुन्छ। यसको बोक्रामा नै म्याग्नेसियम, पोटासियम र सिलिकनजस्ता तत्व हुन्छन्। यहीकारण यसलाई स्पा उपचारका लागि प्रयोग गरिन्छ।

    साताको लोकप्रीय