अनिन्द्राले अकालमै ज्यान लिनसक्ने, निन्द्रा नलागेमा के गर्ने ?

अनिन्द्राले अकालमै ज्यान लिनसक्ने, निन्द्रा नलागेमा के गर्ने ?

अर्थ डबली
आइतवार, आश्विन १७ २०७८
अर्थ डबली
आइतवार, आश्विन १७ २०७८ (अर्काइभ बाट)
  • अनिन्द्राले अकालमै ज्यान लिनसक्ने, निन्द्रा नलागेमा के गर्ने ?

    अध्ययनकर्ताहरूले निद्राले फाइदा नगर्ने स्वास्थ्यसम्बन्धी कुरा पत्ता लगाउन सकेका छैनन्। भनिन्छ, औसत दैनिक ७ देखि ८ घण्टा मस्त निदाउनुपर्छ । निन्द्रा औषधी समान हो । स्वस्थ्य जीवनका लागि खाना जति आवश्यक छ, उत्तिनै निन्द्रा पनि । यसले हाम्रो शरीर र मस्तिष्कलाई विश्राम दिन्छ । शरीरका अंगहरुलाई विश्राम मिल्छ । जब हामी निदाउँछौ, केहि अंगले शरीरको विषाक्त पदार्थ बाहिर निकाल्छ । त्यसैले बिहान उठेपछि हल्का र फुर्तिलो अनुभव हुन्छ ।

    images
    images

    विकसित मुलुकमा मानिसहरूको ज्यान लिइरहेको अल्जाइमर्स, क्यान्सर, मुटु र धमनीसम्बन्धी रोगहरू, मोटोपन, डिप्रेशन, चिन्ता र आत्महत्याको पनि निद्राको अभावसँग केही न केही सम्बन्ध पाइएको छ। तर निद्रा भने प्राकृतिक हुनुपर्छ। निद्राको औषधिले क्यान्सर, सङ्क्रमण र मृत्युको सम्भावना बढाउँछ।

    sleep1.JPG

    मीठो निद्राको लागि के गर्ने ?

    - सुत्ने वा ओछ्यानमा पल्टिने वित्तिकै निद आउने हुँदैन । त्यसको लागि केहि समय लाग्न सक्छ । ओछ्यान अनुकुल ठिक साईज, नरम, सम्म परेको सफा नगुम्सिने खालको हुनु आवश्यक हुन्छ ।

    - नराम्रो चिताउने र सोच्ने बानीले गर्दा पनि निदाउन समस्या पर्ने गरेको मनोचिकित्सकहरूको भनाइ छ । यसका लागि आफू र अरूको भलो चिताउने गर्नुस् । सुत्नुअघि आज राम्रा काम के–के गरियो र भोलि के–के राम्रा काम गर्न सकिन्छ भन्नेबारे विचार गर्नुस् । यसले तपाईंको मनलाई तनाव र छटपटीबाट मुक्त गराउँछ । यसको सीधा असर पर्छ निद्रामा

    – सुत्ने ठाउँ वा कोठा शान्त, अध्याँरो र शितल हुनु आवश्यक छ ।

    – दैनिक उचित समयमा सुत्ने, निश्चित समयमा उठ्ने गर्नु फाइदाजनक हुन्छ ।

    sleep1.JPG

    – दैनिक सुत्नु अघि उत्तेजना हुने, डर त्रास उठ्ने, मनलाई बढि प्रोत्साहित वा मोटिभेसन गराउन सुचना दिने पुस्तक, टिभि, सिरियल, सिनेमाहरु हेर्ने, मोवाइल चलाउने गर्ने गनु हुँदैन । दैनिक राति सुत्नु अघि मोवाइल चलाउदा यसवाट हुने विकिरणले टाउँको दुख्ने र पछि दिमागमा ट्युमर पनि केहि वर्ष पछि हुन्छ भनिएको छ ।

    - विज्ञहरू भन्छन् कि विस्तारामा सुत्नु अघि केही घण्टा पहिले रातको खाना पकाउनुहोस्। खान हल्का खानुहोस् एकदम टाइड खान नखानुहोस् ।

    - सुन भन्दा पहिले बढी मात्रामा क्यालोरी खानु पनि हाम्रो लागि रामा्रे मानिदैन यसको बढी सेवनबाट हामीलाई निन्दाउन समस्या पर्ने गर्छ। पाचन सम्बन्धित समस्याहरू जस्तै ग्याष्टिक, वाक्वाकी, पेट दुख्ने समस्या हुने गर्छ ।

    - हामीलाई कफि पिउने बानी छ भने आजैबाट कम गर्नु पर्छ किन भने त्यमा क्याफिन भन्ने तत्व हुन्छ त्यसलै अनिन्द्राको समस्या उब्जाउनमा सहयोग गर्छ । यदि तपाईले कफीको बानी परेको छ भने बेडमा जानुभन्दा केहि घण्टा पहिले कोफी प्रयोग गर्नुहोला।

    sleep1.JPG

    - क्याफिनले सुत्नेको समयमा समस्या ल्याउन सक्छ तर यसको सट्टामा धेरै संख्यामा पुगेको ड्रिंक्स छन् निन्दको साथ खोजिएको छ। क्यामोमाइलको चाय र शहदको साथ तातो दुध दुई सहयोगी ड्रिन्क्स छन्। यीनको सेवन गर्यो भने हाम्रो स्वास्थ्य तथा दिमागमा राम्रो प्रभाव पर्छ र आरामदायक निन्दाउन सकिन्छ ।

    - बढी अल्कोहल सेवन गर्यो भने हाम्रो सम्पूण स्वास्थ्य खराब हुने गर्छ र शरीरमा धरै प्रकारको रोग निम्त्याउने गर्छ ।

    - धरै अल्कोहल सेवन गर्यो भने हाम्रो शरिरमा पानीको मात्रा कम हुन गई डिहाइड्रेटेड समेत हुन सक्छ ।

    - निदको लागि सन्तुलित अथवा थोरै मात्रामा अल्कोहल पिउन सकिन्छ तर धरै अल्कोहल पिउन स्वास्थ्यको लागि हानिकारक हो त्यसैले योबाट बच्नु राम्रो मानिन्छ ।

    - जब हाम्रो शरीरमा सुख्खा हुन्छ त्यसपछि हामीलाई अनिद्राको समस्या आउने गर्छ ।


    - दिउँसो चिया, कफीजस्ता क्याफिनजन्य पेय पदार्थ खाने गर्नुभएको छ भने दिउसो २ बजेपछि यस्ता पेय पदार्थ लिन चटक्कै छोड्नुस् । 

    - सुत्ने र उठ्ने समयतालिका बनाउनुस् र यसलाई भरिसक्के पालना गर्नुस् । सधँै एउटै समयमा सुत्ने र उठ्ने बानी बसाल्न सक्नुभयो भने अनिद्राको समस्या बिस्तारै हट्दै जानेछ ।


    - कसरत गर्नु राम्रो हो, तर सुत्नुभन्दा ठीक अघि गर्नुचाहिँ राम्रो होइन । यसले शरीरमा रक्तसञ्चारलाई तीव्र गरिदिन्छ, जुन सामान्य अवस्थामा फर्किन समय लाग्छ । यसले तपाईंको निद्रालाई पर धकेल्ने गर्छ । त्यही भएर बेलुकाको कसरत र सुत्ने समयबीच चार घण्टाको ग्याप राख्नु राम्रो हुन्छ ।

    sleep1.JPG

    - चुरोट खाने बानी छ र निद्रा लाग्दैन भने चुरोट छोड्न ढिलो नगर्नुस् । चुरोट नखाने मानिस खानेहरूको तुलनामा चार गुणा बढी राम्रोसँग निदाउने गर्छन् भन्ने तथ्य अनुसन्धानबाट पुष्टि भइसकेको छ । चुरोटमा पाइने निकोटिनले गर्दा राम्रोसँग निदाउन सकिँदैन ।

    - प्रेसर, डिप्रेसन लगायतको औषधि नियमित सेवन गर्ने गर्नुभएको छ भने औषधि खाने समय र सुत्ने समयबीच केही घण्टाको अन्तर राख्ने कोसिस गर्नुस् । यस्ता औषधि खानासाथ सुत्न जानुभयो भने निदाउन समय लाग्छ ।

    sleep1.JPG

    - मनोचिकित्सकका अनुसार निद्रा नलाग्ने समस्या भएका अधिकांश मानिसले मनमा अनेक कुरा खेल्ने भएकाले निद्रा नलाग्ने गरेको बताउने गरेका छन् । यस्तो समस्या भएकाहरूले मनमा गुम्सिएका कुरा सुत्नुअघि डायरीमा लेख्ने गरेमा निदाउन सहज हुने उनीहरूको सुझाव छ ।

    - निद्रा लाग्दैन भने रेडियो, ल्यापटप, मोबाइलबाट मीठामीठा कथा, संगीत सुन्दै निदाउने बानी बसाल्नुस् । डाक्टरहरू निदाउने यो शैलीबाट धेरै मानिस लाभान्वित भइसकेको बताउँछ ।

    - गहिरो र लामो सास फेर्ने गर्नुस् । यसले शरीरमा अक्सिजनको इन्टेक बढाउँछ, जसले गर्दा राति मीठो निद्रा पर्छ । मुटुको धड्कन सन्तुलनमा आउने र रक्तचापका बिरामीलाई फाइदा पुग्ने, दिमागमा इन्डोर्फिन नामक रसायन उत्सर्जन हुन्छ, जसले तपाईंलाई तनावरहित बनाएर मीठोसँग निदाउने अवस्था सिर्जना गरिदिन्छ । पाँच सेकेन्डसम्म सास तान्ने, तीन सेकेन्ड थाम्ने र पाँच सेकेन्डसम्म सास फाल्ने गर्नुपर्छ । यो विधिलाई योगगुरुले मात्र नभई चिकित्सकहरूले पनि अनिद्रा भएका मानिसका लागि उपयोगी ठह-याइसकेका छन् ।

    sleep1.JPG

    - मीठो निद्रा लगाउन माछा, दही, केरा, चना, प्याजजस्ता खाद्य पदार्थमध्ये कुनै एक वा एकभन्दा बढीलाई हरेक दिनको खानामा समावेश गर्ने कोसिस गर्नुस् ।

    - सुत्नुअघि पानी पिउने बानी छ भने आजैदेखि बदल्नुस् । किनकि, पानी पिएर सुत्न जाँदा राति पिसाब फेर्न उठ्नुपर्छ । यसरी निद्रा भंग हुन्छ । सुत्नुभन्दा एक अथवा दुई घण्टाअघि पानी पिउने गर्नुस् ।

    साताको लोकप्रीय