प्राधिकरणले इन्टरनेटको तार काटेपछि चितवनमा सेवा अवरुद्ध, बैंक तथा वित्तीय संस्थाको सेवामा समेत असर

प्राधिकरणले इन्टरनेटको तार काटेपछि चितवनमा सेवा अवरुद्ध, बैंक तथा वित्तीय संस्थाको सेवामा समेत असर

अर्थ डबली
आइतवार, असोज १७ २०७८
अर्थ डबली
आइतवार, असोज १७ २०७८ (अर्काइभ बाट)
  • प्राधिकरणले इन्टरनेटको तार काटेपछि चितवनमा सेवा अवरुद्ध, बैंक तथा वित्तीय संस्थाको सेवामा समेत असर

    चितवन / नेपाल विद्युत् प्राधिकरणको भरतपुर वितरण केन्द्रले राजस्व नबुझाएको भन्दै इन्टरनेटको तार काटेकाले जिल्लामा इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको छ ।

    images
    images

    केन्द्रले शनिबार बिहान इन्टरनेट प्रदायकको  तार काटेर ठाउँठाउँमा अवरोध पु¥याएकाले राजश्व असुल गर्ने कार्यालय र अधिकांश बैंक तथा वित्तीय संस्थाको सेवामा समेत असर परेको छ । अनलाइनबाट पढाइ र परीक्षा दिइरहेका विद्यार्थीलाई समेत समस्या भएको छ । 

    उक्त केन्द्रका इञ्जिनीयर राजेन्द्र पौडेलले शनिबार बिहान चारवटा खम्बामा रहेका भाडा नतिर्ने इन्टरनेट कम्पनीका तार काटिएको बताए । 

    इन्टरनेट सर्भिस प्रोभाइडर एशोसियशन नेपालका सचिब कमलराज बास्तोलाले आफूहरुले सेवा अवरुद्ध नगरेको तर काटिएको लाइन नजोडिएको जानकारी दिए । 

    उनले भने, “भाडा चार गुणा बढेको छ । सोहीअनुसार तिर्दा शुल्क बढाउनुको विकल्प छैन ।अत्यावश्यक सेवा भएकाले अवरोध पु¥याउनेलाई सरकारले नै कारवाही  गर्नुपर्थ्यो ।”  । 

    प्रमुख जिल्ला अधिकारी आशमान तामाङले सेवा प्रदायकलाई अव यहाँ लाइन नकाटिने  सुनिश्चितता गर्दै सेवा सञ्चालन  गर्न अनुरोध गरिएको बताए। तत्कालका लागि सेवा दिएर संवाद र छलफल गर्नुपर्ने उनको भनाइ थियो ।

    साताको लोकप्रीय