साल्ट ट्रेडिङले बोलायो साधारणसभा : लाभांश प्रस्ताव स्वीकृत गर्ने, अन्य प्रस्तावहरू केके छन् ?

साल्ट ट्रेडिङले बोलायो साधारणसभा : लाभांश प्रस्ताव स्वीकृत गर्ने, अन्य प्रस्तावहरू केके छन् ?

अर्थ डबली
आइतवार, असोज १७ २०७८
अर्थ डबली
आइतवार, असोज १७ २०७८ (अर्काइभ बाट)
  • साल्ट ट्रेडिङले बोलायो साधारणसभा : लाभांश प्रस्ताव स्वीकृत गर्ने, अन्य प्रस्तावहरू केके छन् ?

    काठमाडौँ / साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ५४ औँ बार्षिक साधारण बोलाएको छ । कम्पनीको यही असोज १४ गते बसेको १०१० औं बैठकले कार्तिक १६ गते बिहान ११ बजेका लागि साधारणसभा बोलाउने निर्णय गरेको हो ।

    images
    images

    कम्पनीले भिडियो कन्फरेन्सिङमार्फत बस्ने साधारण सभाको लागि कार्तिक २ गतेदेखि कार्तिक १६ गतेसम्म शेयर दाखिला खारेज बन्द गरिएको जनाएको छ । 

    साधारण सभाले आर्थिक बर्ष २९७६/२०७७ को सञ्चालक समितिको प्रतिवेदनमा छलफल गरी पारित गर्नेछ भने लेखापरिक्षकको प्रतिवेदनसहित वासलात, नाफा÷नोक्सान, हिसाब र नगद प्रवाह विवरण लगायतका बार्षिक वित्तीय विवरणहरु पारित गर्नेछ । 

    त्यस्तै, आ.व. २०७७/०७८ को हिसाब लोख परीक्ष्ण गर्न लेखा परिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक अनुमोदन गर्नेछ । यसैगरी समतिले प्रस्ताव गरेबमोजिम ५ प्रतिशतले हुने ९६ लाख एक हजार २३० रुपैयाँ नगद लाभांश वितरण गर्नसमेत सभाले स्वीकृत गर्ने कम्पनीले जनाएको छ । 

    सभाको विशेष प्रस्तावमा कर्पोरेशनको हालको चुक्ता पुँजीको २० प्रतिशतले हुने रकम ३ करोड ८४ लाख ४ हजार ९२० रुपैयाँ बराबरको बोनश शेयर जारी गर्न रहेको छ । बोनश शेयर तथा नगद लाभांशको करकट्टी गरी पारित गर्ने बताइएको छ । त्यस्तै, सभाले ऋण सुविधा लिने स्वीकृती उपचर पनि छलफल गरी पारित गर्ने कम्पनीले जनाएको छ । 

    साताको लोकप्रीय