हिमालयन बैंकद्वारा ‘दिदी बहिनी कृषक समूहलाई’लाई सहयोग हस्तान्तरण 

हिमालयन बैंकद्वारा ‘दिदी बहिनी कृषक समूहलाई’लाई सहयोग हस्तान्तरण 

अर्थ डबली
आइतवार, असोज १७ २०७८
अर्थ डबली
आइतवार, असोज १७ २०७८ (अर्काइभ बाट)
  • हिमालयन बैंकद्वारा ‘दिदी बहिनी कृषक समूहलाई’लाई सहयोग हस्तान्तरण 

    काठमाडौँ / हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समाज सेवी समुहको आर्थिक सहयोगमा ‘दिदी बहिनी कृषक समूहलाई’लाई सहयोग हस्तान्तरण गरेको छ । 

    images
    images

    बैंकले उदयपुर जिल्ला, चौडण्डीगढीको  कटरवोटेमा रहेको सो समूहलार्ई फोटोकपी सहितको एक थान प्रिन्टर खरिद गरी हस्तान्तरण गरेको हो । 

    उक्त संस्थाले करिब एक दशक देखि त्यस क्षेत्रका थप्रै कृषक समूह गठन गरी विभिन्न कृषि तालिम प्रदान गर्दै आइरहेको छ । 

    सो संस्था निकै विकट स्थानमा रहेको हुँदा तालिमका लागि आवश्यक कागजातहरु समेत छाप्न निकै समस्या भएकोले गर्दा समाज सेवी समुहको आवेदन अनुसार ‘दिदी बहिनी कृषक समूह’लाई सो प्रिन्टर प्रदान गरिएको बैंकले जनाएको छ । 

    बैंकका तर्फबाट बैंकका महाप्रबन्धक अनुप मास्केले दिदी बहिनी कृषक समूहका सचिव  डा. निर्मला थापालाई एक समारोह बिच उक्त सहयोग हस्तान्तरण गरे ।  सो समारोहमा बैंकका अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेका थियो ।

    साताको लोकप्रीय