अनअराइभल भिसाले पर्यटक बढे, अगष्ट महिनामा कति आए ? 

अनअराइभल भिसाले पर्यटक बढे, अगष्ट महिनामा कति आए ? 

अर्थ डबली
आइतवार, असोज १७ २०७८
अर्थ डबली
आइतवार, असोज १७ २०७८ (अर्काइभ बाट)
  • अनअराइभल भिसाले पर्यटक बढे, अगष्ट महिनामा कति आए ? 

    काठमाडौँ /  नेपालमा पछिल्ला दिनमा पर्यटक आगमनमा झिनो सुधार देखिएको छ । 

    images
    images

    कोभिड–१९ महामारीको जोखिमकैबीच सरकारले विदेशी पर्यटकका लागि लागू गरेको नयाँ व्यवस्थाका कारण पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव परेको हो ।

    विशेषगरी सरकारले विदेशी पर्यटकलाई ‘अनअराइभल भिसा’ को व्यवस्था गरेपछि पर्यटक आगमनमा सकारात्मक प्रभाव परेको नेपाल पर्यटन बोर्डले जनाएको छ । 

    बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार अङ्ग्रेजी वर्षको सेप्टेम्बर महिनामा विदेशी पर्यटक आगमन झन्डै दोब्बरले बढेको छ । सेप्टेम्बर महिनामा झन्डै १० हजार पर्यटक आएका छन् भने अघिल्लो अगष्ट महिना पाँच हजार हाराहारी पर्यटक आएका थिए । 

    बोर्डको विवरणमा सेप्टेम्बर महिनामा नौ हजार ९७४ विदेशी पर्यटक नेपाल आएका छन् । 

    Swabhiman laghubitta.JPG

    उक्त महिना नेपालबाट ६ हजार ९४२ विदेशी बाहिरिएका छन् । यो सङ्ख्या हवाई मार्ग भएर नेपाल भित्रिएका पर्यटकको मात्रै हो । अघिल्लो महिना पाँच हजार ९१९ विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।

    सरकारले विदेशी पर्यटकका लागि गरेको नयाँ व्यवस्थाले यस क्षेत्रमा प्रभाव परेको र विदेशी पर्यटक आगमनमा झिनो रुपमा भए पनि सुधार आएको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए ।  उनले भने, “विदेशी पर्यटकका लागि अनअराइभल भिसाको व्यवस्थाले यसको आकर्षण सकारात्मक छ, पर्यटकको आगमन बढेको देखिन्छ, यसरी हेर्दा आगामी याममा  विदेशी पर्यटक बढ्ने देखिन्छ ।” 

    सन् २०२१ को नौ महिनामा ७६ हजार ९१३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो सङ्ख्या वर्षको जनवरीदेखि सेप्टेम्बर महिनासम्मको हो ।

    कोभिड महामारीले विदेशी पर्यटक आगमनमा ह्रास आयो । सन् २०२० को सेप्टेम्बरमा जम्मा ५४८ पर्यटक नेपाल आएका थिए । कोभिडपूर्व सन् २०१९ को सेप्टेम्बर महिनामा मात्रै ९२ हजार ६०४ पर्यटकले नेपाल भ्रमण गरेका थिए । 

    कोभिड महामारीको सबैभन्दा धेरै असर मुलुकको पर्यटन क्षेत्रमा परेको छ । 

    विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत विदेशी पर्यटकको सङ्ख्या बढ्न नसकिरहेको अवस्थामा पछिल्लो सरकारी व्यवस्थाले पर्यटक आगमनमा सकारात्मक सुधार आएको बोर्डको बुझाइ छ । महामारीकैबीच झिनो सङ्ख्यामा भए पनि विदेशी पर्यटक नेपाल आएका थिए । 

    अघिल्लो महिनाको तुलनामा विदेशी पर्यटकको सङ्ख्या दोब्बर बढ्नुले नेपालको पर्यटनमा सुखद भएको विश्लेषण गरिएको छ ।

     यही ५ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल आउने विदेशी पर्यटकका लागि अनअराइभल भिसाको व्यवस्था गर्नाका साथै खोपको मात्रा पूरा गर्ने पर्यटकलाई होटल क्वारेन्टिनको व्यवस्था हटाएको थियो ।

    बोर्डका निर्देशक लामिछानेले अनअराइभल भिसाको प्रभावले अघिल्ला महिनाको तुलनामा पर्यटक बढेको बताए । 

    यो व्यवस्थालाई सरकारका निकायबीच प्रभावकारी समन्वय गरेको खण्डमा आगामी याम पर्यटनका लागि सुखद हुने उनको भनाइ छ । नेपालले यो सन्देशलाई अन्तर्राष्ट्रिय स्रोत बजारमा व्यापक रुपमा फैलाएको खण्डमा पर्यटक आगमन बढ्ने व्यवसायीको भनाइ छ ।

    नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष अच्युत गुरागार्इं पनि विदेशी पर्यटकको आगमन सहज तुल्याउनका लागि सरकारले गरेको पछिल्लो व्यवस्थाले सकारात्मक प्रभाव परेको बताउँछन् । 

    अन्तर सरकारी निकायबीचको समन्वयलाई प्रभावकारी बनाएर गन्तव्य प्रवद्र्धन र अन्तर्राष्ट्रिय बजारीकरणमा जुटेको खण्डमा नेपालको पर्यटन क्षेत्रले फड्को मार्ने उनको भनाई छ । 

    Swabhiman laghubitta.JPG

    “खोप लगाएर आएका पर्यटकको सहज आगमनका लागि गरिएको व्यवस्था स्वागतयोग्य छ, पर्यटकका लागि हिजो भइरहेको क्वारेन्टिनको व्यवस्थालाई निरन्तरता दिइनुप¥यो यसले नेपालको सकारात्मक सन्देश जान्छ,” उनले भने । 

    ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)  का अध्यक्ष खुमबहादुर सुवेदीले पर्यटक आगमन पर्यटकका लागि सरकारले गरेको नयाँ व्यवस्थाले विश्व बजारमा सकारात्मक सन्देश गएको भन्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिए । 

    बोर्डका अनुसार सन् २०२० मा दुई लाख ३० हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल घुम्न आएका थिए ।

    RSS-सिवि अधिकारी 

    साताको लोकप्रीय