फोर्ड नेपालले सशक्त २०२२ संस्करणको फोर्ड एभरेष्टको बुकिङ्ग खुल्ला, मूल्य कति ?  

फोर्ड नेपालले सशक्त २०२२ संस्करणको फोर्ड एभरेष्टको बुकिङ्ग खुल्ला, मूल्य कति ?  

अर्थ डबली
सोमवार, असोज १८ २०७८
अर्थ डबली
सोमवार, असोज १८ २०७८ (अर्काइभ बाट)
  • फोर्ड नेपालले सशक्त २०२२ संस्करणको फोर्ड एभरेष्टको बुकिङ्ग खुल्ला, मूल्य कति ?  

    काठमाडौँ / नेपालको लागि फोर्ड गाडीको आधिकारिक विक्रेता जि.ओ. अटोमोवाइल्स प्रा.लि. ले फोर्ड एभरेष्ट बिक्रीका लागि बुकिङ खुल्ला भएको घोषणा गरेको छ ।

    images
    images
    images

    २.० लि. वाई– टर्वाे डिजेल इन्जिन र विश्वमै पहिलो १० स्पीड अटोकेटिक ट्रान्समिसन भएको फोर्ड एभरेष्ट आइतबारदेखि बुकिङ खुला गरेको हो । 

    यसको शुरुवाती नेपाली मूल्य रु. १.९९ करोड रहेको कम्पनीले जनाएको छ । अफ–रोडका उत्कृष्ट प्रदर्शन गर्न सक्ने यस गाडीको सर्भिसिङ्ग मूल्य अत्यन्तै किफायती रहेको छ भने यसमा रहेको विषेश सुविधाहरुले नेपालको प्रिमियम एसयूभी बजारमा २०२२ फोर्ड एभरेष्टले एक नयाँ वेन्चमार्क बनाउने छ । 

    विश्व बजार र एसिया क्षेत्रमा फोर्ड एभरेष्ट एकदमै लोकप्रिय एसयूभी हो । पहिलो पटक २००३ मा बजारमा आएको फोर्ड एभरेष्टको अहिलेको दोस्रो संस्करणको मोडल २०१५ देखि बजारमा उपलब्ध भएको थियो । परिवारसँगको यात्रा फोर्ड एभरेष्टले एकदमै आरामदायी बनाउँछ । ford evrest.JPG

    ठूलो गाडी भए पनि एभरेष्ट चलाउन एकदमै सजिलो छ जसमा भएको लाइट स्टेरिङ्गले पाकिङ्ग गर्दा पनि सहज महसुस गराउँछ । यस बाहेक, इन्जिनमा भएको पर्याप्त टर्कको मद्दतले आवश्यक आक्सिलेरेसन पनि सजिलै बढाउन मिल्छ । यस्ता आकर्षक फिचरहरुले फोर्ड एभरेष्ट गाडीलाई ड्राइभिङ्ग गतिशीलतामा विशेष बनाउँछ । 

    जि.ओ. अटोमोवाइल्स का प्रबन्ध निर्देशक आकाश गोल्छा भन्छन्, “ फोर्ड एभरेष्ट को साथ हामी प्रयोगकर्ताहरुलाई उत्कृष्ट क्षमता र क्लास लिडिङ्ग फीचर्स दुबैको उत्कृष्ट संगम भएको आकर्षक एसयूभी उपलब्ध गराउँदै छौं । एभरेष्ट मा भएको इनह्यान्स भ्यालु प्रोपोजिसन का कारण यो एसयूभी गाडी नयाँ ग्राहकहरुको पहिलो रोजाइ बन्नेछ भन्नेमा हामीलाई पूर्ण विश्वास छ ।”

    विशेषता
    फोर्ड एभरेष्ट मा सुन्दर अल न्यू कन्टेम्पोरेरी स्क्वायर डिजाइन ल्याम्प क्लस्टर डिजाइनको अल–एलइडी हेडल्याम्पस् छ । एलइडी हेडल्याम्पस्ले रातीको समयमा विशेष लो र हाई–बमि  दुबैमा २० प्रतिशतभन्दा धेरै प्रकाश दिन्छ ।

    यसका साथै, फोर्ड एभरेष्ट ले आकर्षक डिजाइन, अफरोड मा बेजोड क्षमता, उत्कृष्ट सुरक्षा र बेजोड सुविधा दिन्छ ।

    ford1.JPG

    इनत्युटिभ कन्ट्रोल : तपाईंलाई ध्यानमा राखेर डिजाइन गरिएको प्रविधि

    सजिलै ह्यान्ड्स फ्रि कल गर्न सकिने । बदलिरहने ट्राफिकको अवस्थामा कन्ट्रोलमा गाडी चलाउन सकिने । तपाईंलाई जे गर्न मन छ, एभरेष्टको इनत्युटिभ  टेक्नोलाजी तपाईंलाई सहयोग गर्न तयार छ । 

    पावरफुल  क्षमता : तपाईंलाई धेरै टाढासम्म लान सक्ने क्षमता

    फोर्ड एभरेष्ट को आधुनिक २.० लि. वाई –टर्बो डिजेल इन्जिन ले इन्धनको क्षमतामा कुनै अवरोध नगरी २१३ पीएस  को पावर र ५०० एनएम सम्मको टर्क दिन्छ । 

    पर्पोज ब्युल्ट अफ–रोड क्यापाविलिटी : जस्तो सुकै साहसिक यात्राको लागि पनि सक्षम एसयूभी

    चुनौतीपूर्ण र अफ्ठ्यारो बाटोहरुको लागि डिजाइन गरिएको नयाँ एभरेष्ट गाडी सशक्त तयार छ । बाटोको अन्त्यमा के छ थाहा पाउन सकिन्छ । क्षमतावान् एभरेष्टले तपाईंलाई जस्तोसुकै बाटोमा पनि गाडी चलाउन सकिने विश्वास दिन्छ । 

    क्लेभर कन्फोर्ट : तपाईं संसारको खोजीमा रहेको अवस्थामा आरामदायी यात्रा

    आकर्षक लेदर अपहल्सटर्ड सीट्स, प्रिमियम इन्टेरियर्स, डुअल क्लाइमेट कन्ट्रोल, र डुअल प्यानल सनरुफले एभरेष्ट सँगको हरेक यात्रामा आनन्द दिन्छ । 

    साताको लोकप्रीय