टेलिकमले भोलिदेखि डाटा, भ्वाइस प्याक र रिचार्जमा बोनससहितको पर्व अफर दिने, कुन सेवामा कति सुविधा पाइन्छ ? 

टेलिकमले भोलिदेखि डाटा, भ्वाइस प्याक र रिचार्जमा बोनससहितको पर्व अफर दिने, कुन सेवामा कति सुविधा पाइन्छ ? 

अर्थ डबली
सोमवार, असोज १८ २०७८
अर्थ डबली
सोमवार, असोज १८ २०७८ (अर्काइभ बाट)
  • टेलिकमले भोलिदेखि डाटा, भ्वाइस प्याक र रिचार्जमा बोनससहितको पर्व अफर दिने, कुन सेवामा कति सुविधा पाइन्छ ? 

    काठमाडौँ / नेपाल टेलिकमले नेपालीहरूको चाडपर्वका अवसरमा भोलि मंगलबारदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको पर्व अफर उपलब्ध गराउने भएको छ । 

    images
    images

    दशैंको अफरस्वरुप टेलिकमले भोलि असोज १९ गतेदेखि उपलब्ध गराउने सो अफर कार्तिक २ गतेसम्म उपलब्ध हुनेछ ।

    त्यस्तै, तिहार, न्हुँदया र छठका अवसरमा यी अफरहरु कात्तिक १६ गतेदेखि कात्तिक २४ गतेसम्म पुनः उपलब्ध हुनेछन् ।  

    डाटा प्याक अन्तर्गत रु. २९४ मा २० जीबी डाटा १० दिनभित्र र रु. ९८ मा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ । त्यसैगरी १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस गतिको अनलिमिटेड प्याक रु. ६९ मा उपलब्ध हुनेछ । 

    भ्वाइस सेवा अन्तर्गत रु. २५ मा १ दिन (२४ घण्टा) प्रयोग गर्न सकिने ४५ मिनेटको प्याक, रु. ४० मा ३ दिन प्रयोग गर्न सकिने ८० मिनेटको प्याक र रु. ५०० मा ३५ दिनसम्म प्रयोग गर्न सकिने १ हजार ३ सय मिनेटको प्याक उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिन्छ । 

    यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने छ । रु. २०० देखि रु. ४९९ सम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र रु. ५०० भन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुनेछ । 

    उल्लिखित प्याकेजहरु प्राप्त गर्नका लागि ग्राहकले *1415#  डायल गर्नुपर्दछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिन्छ । 

    साताको लोकप्रीय