सिटिजन्स बैंकका ग्राहकहरूले र लुजा मेकअप स्टुडियो एण्ड स्किन केयरमा विशेष छुट पाउने 

सिटिजन्स बैंकका ग्राहकहरूले र लुजा मेकअप स्टुडियो एण्ड स्किन केयरमा विशेष छुट पाउने 

अर्थ डबली
सोमवार, असोज १८ २०७८
अर्थ डबली
सोमवार, असोज १८ २०७८ (अर्काइभ बाट)
  • सिटिजन्स बैंकका ग्राहकहरूले र लुजा मेकअप स्टुडियो एण्ड स्किन केयरमा विशेष छुट पाउने 

    काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पुतलिसडक, काठमाडौँस्थित लुजा मेक अप स्टुडियो एण्ड स्किन केयर प्रा. लि.बीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

    images
    images

    उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्डवाहक ग्राहक एवं  कर्मचारीहरूले लुजा मेकअप स्टुडियो एण्ड स्किन केयर प्रा. लि.को विभिन्न सेवाहरुमा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 

    हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकहरुको लागि समेत घरमै बसी निःशुल्क मोबाइल बैकिङ्ग मार्पmत डेबिट कार्डका लागि आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ । 

    मोबाइल बैकिङ्गमार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्नेलगायतका व्यवस्था समेत गरेको जानकारी बैंकले गराएको छ ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, १२१ वटा ए.टि.एम. र १११ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे १२ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

    साताको लोकप्रीय