बजाज एक्सचेन्ज महा मेला भृकुटीमण्डपमा, यस्ता छन् आकर्षणहरु 

बजाज एक्सचेन्ज महा मेला भृकुटीमण्डपमा, यस्ता छन् आकर्षणहरु 

अर्थ डबली
मंगलवार, आश्विन १९ २०७८
अर्थ डबली
मंगलवार, आश्विन १९ २०७८ (अर्काइभ बाट)
  • बजाज एक्सचेन्ज महा मेला भृकुटीमण्डपमा, यस्ता छन् आकर्षणहरु 

    काठमाडौं /  “फाइदा मोर, टेन्सन नो मोर” शीर्षकका साथ “बजाज एक्सचेन्ज महा मेला” अफर ल्याएको छ । नेपालमा बजाज मोटरसाइकलको एकमात्र अधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले यो अफर ल्याएको हो । 

    images
    images


    यो अफरं असोज १७ गते देखि असोज २३ गते सम्म काठमाडौँको भृकुटी मण्डपमा लागू हुने कम्पनीको दावी छ । 
    यस अफर अन्तर्गत ग्राहकहरुले कुनै पनि ब्राण्डको पुरानो बाइक लिएर आउन सक्ने छन् र नयाँ बजाज बाइक लिएर घर फर्कन सक्ने छन् । यसमा १८ भन्दा बढि भ्यालुएटरहरु रहेका छन् र कुनै पनि मोटरसाइकलको प्रचलित बजार भ्यालुएसन भन्दा १० हजार रुपैँया थप गरिने जनाएको छ । 


    यसका अतिरिक्त, बजाज नेपालले ५० प्रतिशत डाउनपेमेन्ट मा ० प्रतिशत ब्याज, निःशुल्क एसेसरिज र निःशुल्क जाँच शिविर पनि प्रदान गरेको छ ।


    एक भाग्यशाली विजेताले सामसङ एम सीरीज मोबाइल र लक्की डोर प्राइज जित्ने मौका पाउने जनाएको छ । 
    यस मेगा इभेन्टमा थुप्रै कलाकारहरुको प्रदर्शन पनि शामिल हुनेछ जसमा १७ असोजको दिन हास्य कलाकार सुमन कार्की, १९ असोजको दिन गायक प्रकाश सपुत, २१ असोजको दिन गायक प्रमोद खरेल र २३ असोजको दिन गायक शिव परियारको प्रदर्शन रहनेछन् ।


    साथै, बजाजले “बजाज खुसी को ३ डोज”नामक आफ्नो दशैं अभियान सफलता पूर्वक चलाइरहेको जनाएको छ । 

    ग्राहकहरुले यस अफर अन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नु भन्दा पहिले, किन्ने बखत्मा र किनि सकेपछि नगद पुरस्कार प्राप्त गर्न सक्दछन्। ग्राहकहरुले बाइक किन्नु भन्दा पहिले रु १०,०००/– सम्मको अग्रिम नगद प्राप्त गर्न सक्छन् ।

    त्यस बाहेक, उपभोक्ताहरुले मोटरसाइकलको खरीदको दौरानमा रु १०००००/ – सम्मको नगद मूल्य प्राप्त गर्न सक्छन् र बम्पर अफरमा भने कुनै पनि आधिकारिक डिलरबाट बजाज मोटरसाइकल किनिसके पछि रु १००००००÷–को नगद पुरस्कार प्राप्त गर्न सक्दछन् ।

    साताको लोकप्रीय