सबैको लघुवित्तद्वारा ६ करोड ७३ लाख ३९ हजार रुपैयाँ बराबरको लाभांश घोषणा

सबैको लघुवित्तद्वारा ६ करोड ७३ लाख ३९ हजार रुपैयाँ बराबरको लाभांश घोषणा

अर्थ डबली
बुधवार, असोज २० २०७८
अर्थ डबली
बुधवार, असोज २० २०७८ (अर्काइभ बाट)
  • सबैको लघुवित्तद्वारा ६ करोड ७३ लाख ३९ हजार रुपैयाँ बराबरको लाभांश घोषणा

    काठमाडौँ / सबैको लघुवित्त वित्तीय संस्थाले ६ करोड ७३ लाख ३९ हजार ७३६ रुपैयाँ ८४ पैसा बराबरको लाभांश दिने भएको छ ।

    images
    images

    संस्थाको असोज १९ गते बसेको सञ्चालक समितिको ९४  औं बैठकले आर्थिक बर्ष २०७७÷०७८ सम्मको सञ्चित मुनफाबाट हाल कायम चुक्ता पुँजी २० करोड ६० लाख २७ हजार २५० रुपैयाँबाट कुल ३२.६८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । 

    संस्थाले जारी गरेको सूचनाअनुसार कुल लाभांशमध्ये ३१.०५ प्रतिशत बोनश सेयर र १.६३ प्रतिशत नगद लाभांश रहेको छ । कम्पनीको प्रस्तावित लाभांश रकम नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाकै आगामी साधाण सभाबाट पारित भएपश्चात लागू हुनेछ । 

    Sabaiko.JPG

    साताको लोकप्रीय