शेयर बजार : वित्त र लघुवित्त समूहमा लगानीकर्ताको आकर्षण, दर्जन कम्पनीको शेयरमूल्यमा सर्किट 

शेयर बजार : वित्त र लघुवित्त समूहमा लगानीकर्ताको आकर्षण, दर्जन कम्पनीको शेयरमूल्यमा सर्किट 

अर्थ डबली
बुधवार, आश्विन २० २०७८
अर्थ डबली
बुधवार, आश्विन २० २०७८ (अर्काइभ बाट)
  • शेयर बजार : वित्त र लघुवित्त समूहमा लगानीकर्ताको आकर्षण, दर्जन कम्पनीको शेयरमूल्यमा सर्किट 

    काठमाडौँ / बुधबार पनि शेयर बजार बृद्धि भएको छ । पछिल्लो समय लगातार गिरावट आएको बजार मंगलबारदेखि उकालो लागेको हो । 

    images
    images

    नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से परिसूचक ४१. ८४ अङ्कले बढेर २ हजार ६१२.६५ बिन्दुमा उक्लिएकोमा आज ६८.४७ अंकले बढेको हो । यो दिन २.६२ प्रतिशतले बढेको जबार २ हजार ६८१.११ बिन्दुमा पुगेको छ । 


    यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.७२ अंकले बढेर ५०४.७४ बिन्दुमा पुगेको छ । 

    नेप्से सूचकमा उच्च बृद्धि देखिए पनि यो दिन कारोबार रकममा भने उल्लेख्य सुधार आउन सकेन । मंगलबार २ अर्ब ९९ करोड ६८ लाख १९ हजार मूल्य बराबरको शेयर कारोबार भएकोमा आज अघिल्लो दिनको तुलनामा भने कारोबार रकम दोब्बरले बढेको छ ।

    यो दिन २२७ ओटा कम्पनीको ८१ लाख ८९ हजार ८९० कित्ता शेयर ५५ हजार २८५ पटकमा व्यापार हुँदा कुल ४ अर्ब ५० करोड ६ लाख ५८ हजार  १४१ रुपैयाँ मूल्य बराबरको शेयर कारोबार भएको हो । 

    पछिल्लो समय क्षति बेहोर्दै आएको बजारमा उच्च बृद्धि आउँदा बुधबार अधिकांश समूहको परिसूचकमा हरियाली छाएको छ । यो दिन सर्वाधिक बढी वित्त समूहका लगानीकर्ताहरूले कमाएका छन् । वित्त र लघुवित्त समूहमा लगानीकर्ताहरूको आकर्षण बढेपछि बुधबार दुई समूहको परिसूचकमा उच्च बृद्धि देखिएको हो । 

    उक्त समूहको परिसूचक ६.५९ प्रतिशत, लघुवित्तको ३.८० प्रतिशत, विकास बैंकको ४.८२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ३.८९ प्रतिशत र हाइड्रो पावर समूहको परिसूचक ३.४३ प्रतिशतले बृद्धि भएको छ । 

    यसैगरी बैंकिङ उपसमूहको परिसूचक १.२५ प्रतिशत, होटल्स तथा पर्यटन समूहको ०.९३ प्रतिशत, लगानीको २.६२ प्रतिशत, म्यचुअल फण्डको १.५६ प्रतिशत, निर्जीबनको ३.५१ प्रतिशत, अन्यको १.८७ प्रतिशत, व्यापारिकको २.११ प्रतिशत र जीवन बीमाको परिसूचक १.७६ प्रतिशतले बढेको हो । 
    बढेको बजारमा दर्जन कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । यो दिन बेस्ट फाइनान्स, प्रोगेसिभ फाइनान्स, ग्रामीण विकास लघुवित्त, नयाँ सारथी लघुवित्त, मिथिला लघुवित्त, किसान लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, सर्पोट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त र सबैको लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको हो ।

    यसैगरी मैलुङ खोला जलविद्युतको शेयरमूल्य ९.९८ प्रतिशत, उन्नती सहकार्य लघुवित्तको ९.५६ प्रतिशत, महालक्ष्मी विकास बैंकको ९.५३ प्रतिशत, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ९.५१ प्रतिशत, इन्फिनिटी लघुवित्तको ९.४२ प्रतिशत, सिइडिईबी हाइड्रो पावरको ९.४० प्रतिशत र समता लघुवित्तको शेयरमूल्य ९.१० प्रतिशतले बृद्धि भएको छ । 

    बढेको बजारमा आज रिडी हाइड्रो पावरका लगानीकर्ताहरुले सर्वाधिक बढी गुमाएका छन् । उक्त कम्पनीको शेयरमूल्य २.१६ प्रतिशत र ङादी ग्रुप पावरको शेयरमूल्य १.४६ प्रतिशतले घटेको छ । 

    यो दिनको कारोबार रकममा सर्वाधिक बबढी हिस्सा सिटिजन बैंक इन्टरनेशनल लिमिटेडको रहेको छ । उक्त कम्पनीको २३ करोड ४ लाख ३७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । 

     

    साताको लोकप्रीय