आइएमई मोटर्सको शाखा जितपुर र नवलपरासीमा : सेल्स, सर्भिस र स्पेयर पार्टस उपलब्ध हुने 

आइएमई मोटर्सको शाखा जितपुर र नवलपरासीमा : सेल्स, सर्भिस र स्पेयर पार्टस उपलब्ध हुने 

अर्थ डबली
बुधवार, असोज २० २०७८
अर्थ डबली
बुधवार, असोज २० २०७८ (अर्काइभ बाट)
  • आइएमई मोटर्सको शाखा जितपुर र नवलपरासीमा : सेल्स, सर्भिस र स्पेयर पार्टस उपलब्ध हुने 

    काठमाडौँ / आइएमई ग्रुप अन्र्तगत सञ्चालित आइएमई मोटर्स प्रा.लि.ले २ वटा शाखा समुद्घाटन गरेको छ । जितपुर बारास्थित थ्रि एस सेटअप र सर्दी नवलपरासी पूर्वमा अवस्थित २ एस सेटअपको एक कार्यक्रमबीच उद्घाटन गरिएको हो ।

    images
    images

    यी शाखाहरूबाट सुविधा सम्पन्न शाखाबाट अशोक लेलैण्ड गाडीहरूका लागी सेल्स, सर्भिस र स्पेयर पार्टस उपलब्ध हुने जानकारी दिएको छ ।

    दुई वटै शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, भारतको दोस्रो ठूलो अटोमोबाइल कम्पनी अशोक लेलैण्डका सार्क हेड सुजन रोय साथै जिल्लाका बिशिष्ट व्यक्तिहरूले संयुक्त रूपमा गरेका हुन् । 

    उद्घाटनका क्रममा ग्रुपका अध्यक्ष ढकालले अशोक लेलैण्डमा गरेको लगानीले भविष्यमा राम्रो प्रतिफल दिने र एउटा भरपर्दो ब्राण्ड भएकोले यसमा लगानी गरेको बताए । 

    ग्राहकहरूलाई ढुक्क भएर अशोक लेलैण्ड गाडीहरुमा लगानी गर्नसमेत अनुरोध गरेका गर्दै उनले बिक्रीपछिको सेवाको लागि जस्तोसुकै परिस्थितिमा पनि ग्राहकको साथमा रहने प्रतिबद्घता ब्यक्त गरे । 

    नेपालका लागि अशोक लेलैण्ड गाडीको एकमात्र अधिकृत बिक्रेता आइएमई मोटर्सले प्रदेश नं २ र लुम्बिनी प्रदेश अवस्थित शाखाको विस्तारले ग्राहकहरुलाई थ्रि–एस (सेल्स, सर्भिस र स्पेयर्स ) साथ सम्पूर्ण सेवाहरुको पूर्ण सुविधा प्रदान गर्ने प्रतिबद्धता रहेको उनले बताए । 

    lailnad.JPG

    सोही कार्यक्रममा अशोक लेलैण्ड भारतका सार्क अन्तर्राष्ट्रिय व्यापार प्रमुख रोयका अनुसार अशोक लेलैण्ड हिन्दुजा समूह अन्तर्गतको ७३ बर्ष पुरानो भारतको दोश्रो ठूलो कमर्शीयल गाडी निर्माता कम्पनी भएको र आइएमई मोटर्ससँगको सहकार्यमा नेपालमा अशोक लेलैण्डको आक्रमक बजार बिस्तार गर्ने उद्देश्य रहेको जानकारी गराए । 

    आइएमई मोटर्सले ट्रक टिप्पर, स्कुल बस सहित साना तथा ठुला कमरसियल गाडीहरु बिक्रि वितरण गर्दै आएको छ । साथै आर्मी पुलिसका लागी प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउदै आएको छ । समुद्घाटन गरीएको जितपुर र सर्दी शाखा बाहेक थप ९ शाखाबाट सेल्स, सर्भिस र स्पेयर पार्टसको सुबिधा पनि दिदै आएको कम्पनीले जनाएको छ । 

    साताको लोकप्रीय