दशैंमा गाडीः सुन, मोटरसाईकलदेखि लाखौं रुपैयाँ नगद छुट अफर, कसले केके दिन्छ छुट ?

दशैंमा गाडीः सुन, मोटरसाईकलदेखि लाखौं रुपैयाँ नगद छुट अफर, कसले केके दिन्छ छुट ?

अर्थ डबली
बुधवार, असोज २० २०७८
अर्थ डबली
बुधवार, असोज २० २०७८ (अर्काइभ बाट)
  • दशैंमा गाडीः सुन, मोटरसाईकलदेखि लाखौं रुपैयाँ नगद छुट अफर, कसले केके दिन्छ छुट ?

    काठमाडौँ / दशैंको अवसरमा सबै गाडीका उत्पादक तथा वितरकहरुले विशेष योजना ल्याएका छन् । दशैं तिहारका अवसरमा नयाँ सवारी किन्ने योजनामा रहेकाहरुलाई यो समय उपयुक्त अवसर बनेको छ । यो समयमा कम्पनीहरुले पनि विशेष छुट तथा सुविधाको घोषणा गर्ने भएकाले गाडी किन्ने मुख्य सिजन नै यही बनेको हो ।

    images
    images

    कोभिड–१९ का कारण लकडाउन भएपछि लामो समय अटोमोबाइल् व्यवसायलाई निकै नराम्रो असर पुर्यायो । बजार प्रायः बन्द रह्यो । यस अवधिमा गाडीहरूको बिक्री र बुकिङ पनि खासै हुन सकेनन् । कोभिड–१९ ले शिथिल बनाएको नेपाली अटो व्यवसाय अझैसम्म उठ्न सकेको छैन । 

    कोरोना भाइरस विरुद्धको भ्याक्सिन लगाउने क्रम अहिले तीब्र रूपमा अघि बढेको छ भने कोभिडका संक्रमित घट्दै गएको अवस्थालाई मध्यनजर गर्दै सरकारले निषेधाज्ञा खोलेको छ । 

    फलस्वरुप नेपाली अटो बजार पनि पछिल्लो केही दिन यता निकै तातेको देख्न सकिन्छ । नेपालीहरूको महान पर्व दशैँ तिहारलाई लक्षित गर्दै अटो मोवाइल्स बिक्री कम्पनीहरूले विभिन्न अफरहरू सार्वजनिक गरिरहेको छ । 

    ग्राहकहरूको ध्यान तान्न बिक्रेताहरूले नगद छुट, फाइनान्सियल सहज सुविधा, करदेखि विभिन्न बम्पर अफरहरू सार्वजनिक गरेको छ । 
    हुन्डाई, ड्याटसन, टाटा, सुजुकी, टोयोटा, निशान, जिप, प्रोटोन, ह्यावल, फोर्ड, फक्सवागन, रेनोलगायतका गाडी बिक्रेताहरूले चाडपर्वलाई लक्षित गर्दै विभिन्न अफर योजनाहरू सार्वजनिक गरेको छ । 

    हुन्डाईको गाडी किन्दा ३ लाखसम्म छुट, बम्परमा आई २० उपहार

    हुन्डाईको नेपालका लागि आधिकारिक वितर लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ योजना ल्याएको छ । दसैं, तिहार र छठ पर्वलाई उत्सवमय बनाउने लक्ष्यसहित कम्पनीले आकर्षक नगद छुट र एक वर्ष निःशुल्क बिमा तथा सडक दस्तुरसम्ममा छुट अफर ल्याएको हो । 

    त्यस्तै, ग्राहकले स्क्र्याच कार्डमार्फत एक लाख रुपैयाँसम्मको नगद छुट पाउनुका साथै गाडी अनुसार ३ लाख रुपैयाँ सम्म नगद छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

    hundai.JPG

    बम्पर पुरस्कारअन्तर्गत लक्की–ड्रमार्फत ‘हुन्डाई आई २०’ एक जनालाई प्रदान गरिने छ ।  हुन्डाई गाडीमा ६ वर्ष सम्म निःशुल्क सर्भिसिङ उपलब्ध हुनेछ भने ३ वर्षको वारेन्टी उपलब्ध हुनेछ ।

    ह्यावलका गाडी किन्दा ६ लाखसम्म लाभ 

    नेपालका लागि आधिकारिक वितरक भीजी इम्पेक्सले ‘चाडपर्वको उमंग, ह्यावल र पोअर चढी दंग’ नामक सो अफर सार्वजनिक गरेको छ । 

    नेपाली बजारमा हालै उपलब्ध ह्यावलका दुई गाडी जोलियन र एच६ तथा ग्रेटवाल पोअर किन्दा ६ लाखसम्म लाभ लिन सकिने गरी चाडपर्व अफर सार्वजनिक भएको भएको हो । 
    त्यसैगरी एक वर्ष सम्मको सडक कर निःशुल्क तथा एसेसरिज र एक वर्ष सम्मको इन्स्योरेन्स समेत निःशुल्क हुनुका साथै सहज फाइनान्सिङ सुविधा समेत उपलब्ध हुने भएको छ । 

    ह्यावल जोलियनको प्रारम्भिक मूल्य ५७ लाख ९९ हजार रुपैयाँ, थर्ड जेन ह्यावल एच६ एसयूभीको मूल्य १ करोड ३ लाख ९९ हजार ९९९ रुपैयाँ र 
    ग्रेटवालको पोअर पिकअपको प्रारम्भिक मूल्य ७० लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ । 


    फोर्डको नगद छुटसहित ५० हजार मूल्य बरारबरको एसेसोरिज निःशुल्क


    फोर्ड मोटरको नेपालका लागि आधिकारिक बितरक जीओ अटोमोबाइल्सले फेस्टिभ अफरअन्तर्गत नगद छुट देखि ५० हजार रुपैयाँ मूल्य बराबरको एसेसोरिजसमेत निःशुल्क उपलब्ध गराउने भएको छ । कम्पनीले दशैं तिहारलाई लक्षित गर्दै ग्राहकहरूका लागि नगद छुटको साथै स्क्रयाचमा १ लाख रुपैयाँसम्म नगद उपहार र ५० हजार बराबरको एसेसरिज निशुल्क दिने बताएको हो । 
    एक बर्षसम्मको बीमा, र सडक करका साथै नगद छुट अन्तर्गत फोर्डका सबै मोडलमा न्यूनतम ५० हजार रुपैयाँ प्रदान गरिने कम्पनीले जनाएको छ । 

    जिप कम्पासमा ७ प्रतिशत ब्याजदर, २० प्रतिशत डाउन पेमेन्ट सुविधा 

    नेपालमा जिपको आधिकारिक वितरक लाइफ अटोमोबाइल्सले जिपको नयाँ फेसलिफ्ट मोडलका लागि दसैंलाई मध्यनजर गरी नयाँ जिप कम्पासमा लिजेन्ड्री अफर ल्याएको छ । 
    अफरअन्तर्गत नयाँ जिप कम्पास ६.९९ प्रतिशत ब्याजदरको फाइनान्स सुविधामा बाँकी रकम तिर्न सकिने गरी २० प्रतिशत मात्र शुरुमा डाउन पेमेन्ट गरे हुने व्यवस्था गरेको हो ।

    jeep.jpg
     
    नयाँ जिप कम्पासको पेट्रोल इन्जिनको मूल्य ८४ लाख ९० हजार देखि १ करोड ११ लाख ९० हजार रुपैयाँ छ । त्यसैगरी डिजेल इन्जिनको मूल्य भने ९९ लाख ९० हजार देखि १ करोड ३६ लाख ९० हजार रुपैयाँ सम्म छ ।

    फक्सवागन पोलो र भेन्टो किन्दा बम्पर पुरस्कारमा मोटरसाइकल

    नेपालमा फक्सवागनको आधिकारिक वितरक पूजा इन्टरनेसनलले ‘दसैं तिहार फोक्सफेस्ट सरप्राइज’ ट्यागलाइनसहित फक्सवागन पोलो र भेन्टो गाडी किन्दा बम्पर पुरस्कारको रूपमा बीएमडब्ल्यु जी३१० जीएस मोटरसाइकल पर्ने अफर ल्याएको छ । 

    त्यसैगरी दोस्रो पुरस्कारको रुपमा सुजुकी बर्गम्यान स्ट्रिट स्कुटर र तेस्रो पुरस्कारको रुपमा सामसुङ ग्यालेक्सी जेडफ्लिप ३ स्मार्टफोन पाउन सकिने छ ।

    त्यस्तै, कम्पनीले गाडी किन्दा आकर्षक नगद छुट उपलब्ध गराउनुका साथै पुराना कुनै पनि ब्रान्डका गाडीसँग नयाँ गाडी साट्दा एक्सचेन्ज बोनस र लोयल्टी बोनस समेत दिने भएको छ । 

    polo car.JPG

    चाडपर्वको अवसरमा सहज फाइनान्स सुविधा, निःशुल्क एसेसरिज, आर्थिक वर्षको सडक कर निःशुल्क र चार वर्षसम्म निःशुल्क सर्भिसिङ उपलब्ध हुनेछ । त्यसगरी २ वर्ष अनलिमिटेड किलोमिटर वारेन्टी उपलब्ध हुनेछ । नेपाली बजारमा फक्सवागन पोलोको मूल्य ३० लाख ९० हजार देखि ४७ लाख ४० हजारसम्म र भेन्टोको मूल्य ३९ लाख ४० हजारदेखि ५१ लाख ९५ हजार रुपैयाँसम्म छ । 

    फोटोन मोटर्सको एक हप्ता फ्रि सर्भिस एन्ड ड्राइभर क्याम्प सञ्चालन गर्ने

    फोटोन मोटर्सले दसैंको शुभकामनाका साथमा प्रत्यक्ष सेवा प्रदान गर्ने उद्देश्यले ‘फ्रि सर्भिस एन्ड ड्राइभर ट्रेनिङ क्याम्प’ आयोजना गरेको छ ।  असोज १७ देखि असोज २२ गतेसम्म फोटोन मोटर्सका ग्राहकले फ्रि सर्भिस एन्ड ड्राइभर ट्रेनिङ क्याम्पको लाभ उठाउन पाउने छन् ।

    फोटोन मोटर्सको आधिकारिक वर्कसप सीतापाइलामा सो अवधिमा फोटोन गाडीका ग्राहकहरुले फोटोन जेन्युइन स्पेयर पाट्र्समा १० प्रतिशत छुट, लुब्रिकेन्ट्समा १५ प्रतिशत छुट तथा अन्य लेवर चार्ज र चेकअपमा शतप्रतिशत छुटको व्यबस्था गरेको छ । यसका साथै क्याम्पमा फोटोन गाडी सम्बन्धी अनलाइन परामर्श, चालक प्रशिक्षण कार्यक्रम तथा बिभिन्न प्रकारका आकर्षक गिफ्ट प्रदान गरिने छ ।

    मासिक किस्ता २९ हजार रुपैयाँमा स्कोडा कुशाक

    नेपालका लागि युरोपेली कार ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले दसैं तिहार लक्षित ग्राहक योजना सार्वजनिक गरेको छ । ‘ड्राइभ इन टु द फेस्टिभिटिज विथ स्कोडा कुशाक’ नामक योजनाअन्तर्गत ग्राहकले न्युनतम २९ हजार रुपैयाँ मासिक किस्तामा नयाँ स्कोडा कुशाक खरिद गर्न सक्ने छन् ।

    skoda.JPG

    त्यस्तै, ५० प्रतिशत डाउनपेमेन्ट गरी मात्र ९ प्रतिशत ब्याजदरमा नयाँ कुशाक खरिद गर्न पाइनेछ ।  सात वर्ष ऋण अवधि हुने योजनामा पहिलो एक वर्ष ब्याजदरमा कुनै परिवर्तन हुने छैन । ¥यापिड र क्यारोकमा पनि एमएडब्लुले विशेष योजना ल्याएको छ ।
    ग्राहकले हरेक स्कोडाको खरिदमा निःशुल्क बिमा, निःशुल्क एसेसरिज, १ वर्षको निःशुल्क सडक कर र अन्य आकर्षक उपहार पाउने छन् ।

    फोर्स मोटर्सको नयाँ गाडीमा १० प्रतिशत छुट 

    फोर्स मोटर्सको नेपालका लागि आधिकारिक बितरक आयाम इन्टरकन्टिनेन्टल प्रालिले ‘फोर्स मोटर्स दशैं तिहारमा १० को अफर’ योजना ल्याएको छ । 

    कम्पनीले उक्त उक्त स्किम अन्तर्गत फोर्स मोटर्सको नयाँ गाडी खरिदमा १० प्रतिशत नगद  छुट दिने भएको हो । साथै स्पेयर पार्टस्मा १० प्रतिशत नगद छुट र १० वटा निशुल्क सर्भिसिङ समेत उपलब्ध गराइने बताइएको छ । त्यसैगरी १० जना ग्राहकलाई लक्की ड्र मार्फत सामसुङको ए५२ स्मार्ट फोन उपलब्ध गराइनेछ । 

    प्रोटोनकोे ६ लाख दक्षिणा सहितको ‘दशैँ–दक्षिणा’ योजना

    प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘दशैँ–दक्षिणा’ योजना सार्वजनिक गरेको छ । उक्त योजना यहि भदौ १७ गतेबाट सुरु भएर चाडपर्वभरी रहने कम्पनीले जनाएको छ ।
     
    योजना अन्तर्गत ग्राहकले प्रोटोनको सागा र एक्स- ७० गाडीको खरिदमा १ लाख, २ लाखसम्म मात्र नभएर ६ लाख सम्मको अफरयुक्त दक्षिणा प्राप्त गर्न सक्नेछन् । जस अन्तर्गत कुनै पनि ब्रान्डको पुरानो गाडीसँग नयाँ प्रोटोन एक्सचेन्ज गरेमा ग्राहकले ५० हजार देखि २ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस स्वरुप प्राप्त गर्न सक्नेछन् । 

    यसैगरी पुरै पैसा तिरेर नयाँ सवारी किन्न इच्छुक ग्राहकको लागि यस योजनाले ५० हजार देखि २ लाख ५० हजार रुपैयाँ सम्म छुटको व्यवस्था गरेको छ ।

    प्रोटोन ‘दशैँ–दक्षिणा’ योजना अन्तर्गत ग्राहकले आकर्षक ब्याजदर सहितको किस्ताबन्दीमा पनि सवारी खरिद सक्नेछन् । कम्पनीले शंकर ग्रुप अन्तर्गतको जगदम्बा सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले इन–हाउस पÞmाइनान्सिङको सुविधा प्रदान गर्दै आइरहेको छ । यी सेवाका अतिरिक्त नयाँ सवारी खरिदमा ग्राहकले विभिन्न पार्टपुर्जा तथा आवश्यक उपकरणहरु समेत सित्तैमा प्राप्त गर्ने छन् ।

    चाडपर्वको अवसरमा अफर समायोजन नगरी प्रोटोन सागाको सुरुवाती मूल्य ३७ लाख ९९ हजार रुपैयाँ रहेको छ भने प्रोटोन एक्स७० को सुरुवाती मुल्य ८६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यो योजना प्रोटोनका काठमाडौं, पोखरा र बुटवलमा रहेका सोरुममा लागू हुने बताइएको छ ।

    डीएफएसकेको नगद छुट देखि इलेक्ट्रिक स्कुटरसम्म उपहार

    डीएफएसकेको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले दशैं, तिहार, नेपालसम्बत र छठ पर्वको अवसर पारेर आफ्नो ग्लोरी आई अटो एसयूभीमा विशेष स्किम सार्वजनिक गरेको छ । 
    उत्कृष्ट एआई टेक्नोलोजी प्रयोग भएको डीएफएसके ग्लोरी आई अटो किन्न चाहने ग्राहकले मात्र १५ लाख रुपैयाँ डाउन पेमेन्ट बुझाएर गाडी चढ्न सक्नेछन् । साथै, कम्पनीले ३ लाख ५० हजारसम्म नगद छुट, ५० हजार एक्सचेन्ज बोनस, एक आर्थिक वर्षको वार्षिक कर छुट समेत दिनेछ । नगद छुट लिन नचाहने ग्राहकले इलेक्ट्रिक स्कुटर लिन चाहेमा याडिया ब्राण्डको प्रिमियम इलेक्ट्रिक स्कुटर सि१एस वा जि५ वा इलेक्ट्रिक माउन्टेन बाइक मध्ये एउटा छनोट गर्न सक्ने छन् । उक्त स्कुटरको मूल्य ३ लाख ५० हजार रुपैयाँ रहेको छ ।

    डीएफएसके ग्लोरी ५६० किन्न चाहने ग्राहकले भने १० लाख रुपैयाँ मात्र डाउन पेमेन्ट गर्दा पनि गाडी लिन सक्ने छन् । कम्पनीले ग्लोरी ५६० मा २ लाख ५० हजार नगद छुट दिनेछ । नगद छुटको सट्टा याडियाको स्कुटर वा माउन्टेन बाइक लिन सक्ने छन् । यो स्कुटर र माउन्टेन बाइकको मूल्य २ लाख ५० हजार बराबर हुनेछ ।

    ग्लोरी ५६० मा कम्पनीले ५० हजार एक्सचेन्ज बोनस, एक वर्षको वार्षिक कर जस्ता छुट प्रदान गर्नेछ । इन्डोनेशियामा उत्पादन भएका ग्लोरी सिरिजका एसयूभी नेपाली ग्राहकले निकै मनपराउँदै आएको मोडल हो ।

    साताको लोकप्रीय