DHI को दशैं तिहार लक्षित रेफ्रिजरेटर र मिक्चर ग्राइन्डर बजारमा 

DHI को दशैं तिहार लक्षित रेफ्रिजरेटर र मिक्चर ग्राइन्डर बजारमा 

अर्थ डबली
बिहिवार, असोज २१ २०७८
अर्थ डबली
बिहिवार, असोज २१ २०७८ (अर्काइभ बाट)
  • DHI को दशैं तिहार लक्षित रेफ्रिजरेटर र मिक्चर ग्राइन्डर बजारमा 

    काठमाडौं/  डिजिटल होम इन्टरनेशनल (DHI) ले दशैँ र तिहारको शुभ अवसरमा आफ्नो घरायसी सामानहरु अन्तर्गतको नयाँ रेफ्रिजरेटरको र मिक्चर ग्राइन्डर अनावरण गरेको छ । 

    images
    images


    घरेलु उपकरणहरुमा गुणस्तरीय सामानहरुको लागी ग्राहकहरुको माग बढ्दो छ । आफूलाई डिएजआई सेट टप बक्सको सफल निर्माण र वितरणमा प्रमाणित गरिसकेको डिएचआईले ग्राहकहरुको यही चाहनालाई बुझेर उच्च गुणस्तरीय घरायसी सामानहरु बजारमा ल्याएको छ । 


    अत्याधुनिक र नवीनतम प्रविधिमा निर्मित डिएचआईका रेफ्रिजरेटरहरुको उच्च गुणस्तर र भरपर्दो सेवाले ग्राहकहरुको जीवनशैलीमा विशेष प्रभाव पार्ने र सहजता ल्याउने बताइएको छ । हप्तौँसम्म खाना स्वच्छ र ताजा राख्जे  डिएचआई रेफ्रिजरेटरको कम्प्रेसरको लागी दस बर्ष र अन्यका लागी एक बर्षको वारंटी रहेको छ ।

     
    त्यस्तै म्ज्क्ष् मिक्चर ग्राइन्डर एक स्मार्ट भान्साको उपकरण हो । यस चाडबाडको उत्सवमा डिएचआई मिक्चर ग्राइन्डरले ग्राहकहरुको जीवन सरल र सहज बनाइ खुशी बढाउने बताइएको छ । अत्याधुनिक प्रविधिमा निर्मित डिएचआईका मिक्चर ग्राइन्डर देशमै आफ्नो क्षेत्रको सबैभन्दा राम्रो हुने कम्पनीले दाबी गरेको छ ।

     
    ग्राहकहरुले डिएचआईका मिक्चर ग्राइन्डरहरु विभिन्न रंगहरुमा चयन गर्न सक्नेछन् । त्यस्तै मिक्चर ग्राइन्डरहरु ५०० वाट र ७५० वाटको पावरमा उपलब्ध रहेका छन् । डिएचआई मिक्चर ग्राइन्डरको मोटरका लागी दुई बर्ष र अन्यका लागी एक बर्षको वारंटी रहेको छ ।
    डिएचआईको देशभर फैलिएको सेवा नेटवर्कले ग्राहकहरुलाई उपकरणसम्बन्धी सेवा प्राप्त गर्न सहज बनाउने छ । 
    डिएचआईको  डिसहोमसमूह, आएमई समूह, प्रभु समूह र क्बलमmबचतष्ल समूह हंगकंगद्वारा प्रवद्र्घन गरिएको छ । 
    यसका प्रवर्धकहरु आफ्नो क्षेत्रमा उत्कृष्ट गुणस्तर र सेवा वितरणका लागी परिचित छन् । नेपालकै एक विश्वसनीय नाम डिसहोमसंगको साझेदारीले डिएचआईको उत्पादन र सेवा वितरणमा थप उत्कृष्टता प्रदान गर्नेमा डिएचआई विश्वस्त रहेको छ ।


    डिएचआईका मुख्य कार्यकारी अधिकारी केशव पौडेल भन्नुहुन्छ ,“नयाँ उत्पादन दायराको यस मोडेलको लक्ष्य भनेको ग्राहकहरुलाई विभिन्न सुविधाहरु र क्षमताहरुसंग साक्षात्कार गराइ रेफ्रिजरेटर कती रोमाञ्चक हुनसक्छ भन्ने प्रदर्शन गर्नु हो” ।

    उहाँ थप भन्नुहुन्छ,“संपूर्ण खाना बनाउने कला भनेकै आफ्नो वरपर रहेको सरसामान र मसलाहरुबाट प्रेरित भएको हुन्छ । हाम्रो मिक्चर ग्राइन्डरले यस उत्सवको मौसममा स्मार्ट र रमाईलो खाना पकाउने अनुभवको एक असाधारण अनुभव दिनेछ” ।


    ग्राहकहरुले नजिकैको आउटलेटमा डिएचआईका घरायसी सामानहरु अन्तर्गतका घरायसी सामानहरु खरिद गर्न सक्नेछन् 

    साताको लोकप्रीय