नेपालकै प्रथम साइबर सेकुरिटी जर्नल प्रकाशन  हुने 

नेपालकै प्रथम साइबर सेकुरिटी जर्नल प्रकाशन  हुने 

अर्थ डबली
बिहिवार, असोज २१ २०७८
अर्थ डबली
बिहिवार, असोज २१ २०७८ (अर्काइभ बाट)
  • नेपालकै प्रथम साइबर सेकुरिटी जर्नल प्रकाशन  हुने 

    काठमाडौं/ साइबर सेकुरिटी रिसर्च एण्ड इनोभेसन नेपाल र एनपीसर्ट को संयुक्त आयोजनामा साइबर सेकुरिटी रिसर्च एण्ड इनोभेसन नेपालले प्रकाशन गर्न लागेको नेपालकै प्रथम साइबर सेकुरिटी जर्नलको समुद्घाटन तथा जर्नलका लागि साइबर सेकुरिटी क्षेत्रका बिज्ञहरुबाट लेख रचना को लागि खुल्ला आब्हान गरेको छ । 

    images
    images

    बढ्दो अनलाइन कारोबार र सुचना प्रबिधि क्षेत्रमा देखा परेका नविनतम सेवा सुबिधासँग सँगै थपिएका शुरक्षा चुनौतीलार्इ अबसरमा बदल्दै मुलुकलाई नै आबश्क पर्ने साइबर सुरक्षा जनशक्ति तयार गर्न र सुचना प्रबिधि प्रयोगकर्तालाई जागरण गर्न आबश्क रहेकोले रिसर्च र इनोभेसन गर्न लागेको आयोजनको दावी छ । 

    साथै प्राप्त सुचना र ज्ञानको प्रयोग गरि साइबर सेकुरिटी जर्नल प्रकाशन गर्न लागिएको हो । 

    cyber security.JPG
    असोज २० गते सम्पन्न  साइबर सेकुरिटी रिसर्च एण्ड इनोभेसन नेपालले प्रकाशन गर्न लागेको नेपालकै प्रथम साइबर सेकुरिटी जर्नलको समुद्घाटन कार्यक्रम  साइबर सेकुरिटी रिसर्च एण्ड इनोभेसन नेपालका अध्यक्ष प्रा डा सुबर्ण शाक्यको अध्यक्ष्यतामा  भएको थियो । 

    संचार तथा सुचना प्रबिधि मन्त्रालयका  सहसचिब अनिल कुमार दत्तको प्रमुख आतिथ्यता मा सम्पन्न गरेको थियो । 

    प्रमुख अतिथि अनिल कुमार दत्तले साइबर सेकुरिटी रिसर्च एण्ड इनोभेसन नेपाल र एनपीसर्टको संयुक्त सहकार्यमा साइनोभेसन नेपालले प्रकाशन गर्न लागेको नेपालकै प्रथम साइबर सेकुरिटी जर्नल साइबर सुरक्षा चुनौति ब्यबस्थापन र अवसर सिर्जना गर्न कोशे ढुंगा साबित हुने बताए  ।

    कार्यक्रमको अध्यक्षता गर्ने प्रा डा सुबर्ण शाक्यले  साइबर सेकुरिटी रिसर्च एण्ड इनोभेसन नेपाल र एनपीसर्ट को संयुक्त सहकार्यमा इनोभेसन नेपालले प्रकाशन गर्न लागेको नेपालकै प्रथम साइबर सेकुरिटी जर्नल साइबर सुरक्षाको क्षेत्रमा अन्तराष्ट्रियस्तरमै अब्बल जर्नल  बनाउने  बताए । 

    जर्नलमा सुचना प्रबिधि क्षेत्रमा देखिएका जोखिम ब्यबस्थापन , बिश्वोका बिकसित मुलुकका अभ्यासहरु ,उपभोक्ता शिक्षा , पास्वोर्ड ब्यबस्थापन,  साइबर सेकुरिटी रणनीति सम्बन्धमा अनुसन्धानमुलक लेख रचनाहरु आब्हान गरिएको थियो ।

    उक्त जर्नलको प्रकाशन  कार्य समितिको सहयोग र  समन्वयमा  संयोजनको  जिम्मेबारी डा राजिब सुब्बा लाइ दिईएको छ ।


    कार्यक्रममा सुचना प्रबिधि बिज्ञहरु  डा राजिब सुब्बा , रोम कान्त पाण्डे ,बाबुराम अर्याल  र नरेश लाम्गाधे लगायतका अतिथिहरु को उपस्थिति रहेको थियो र उक्त कार्यक्रम मा अतिथिहरुले सुचना प्रबिधिको बढ्दो प्रयोग र उत्पन्न  सुरक्षा चुनौतिहरु र यसबाट कसरी अवसर सिर्जना गर्न सकिन्छ भन्ने बारेमा चर्चा गरिएको थियो ।


    सुचना प्रबिधिको बढ्दो प्रयोग र उत्पन्न सुरक्षा चुनौतिहरु र यसबाट  कसरी अवसर सिर्जना गर्न सकिन्छ भन्ने सन्दर्भमा बढी भन्दा बढी प्रभाबकारिताको लागि इनोभेसन नेपालका अध्यक्ष प्रा डा सुबर्ण शाक्य  र बग भी का फाउनडर नरेश लाम्गाधे र   एनपी सर्टका अध्यक्ष चिरन्जिबी अधिकारि र बग भी का फाउनडर नरेश लाम्गाधे बीच छुट्टा छुट्टै  सम्झौतापत्रमा हस्ताक्षर गरे । 

     

     

    साताको लोकप्रीय