हवाला के हो ? यो व्यवसायको कसरी शुरु भयो ? यसको व्यापार सञ्जाल कति ठूलो छ ?

हवाला के हो ? यो व्यवसायको कसरी शुरु भयो ? यसको व्यापार सञ्जाल कति ठूलो छ ?

अर्थ डबली
बिहिवार, असोज २१ २०७८
अर्थ डबली
बिहिवार, असोज २१ २०७८ (अर्काइभ बाट)
  • हवाला के हो ? यो व्यवसायको कसरी शुरु भयो ? यसको व्यापार सञ्जाल कति ठूलो छ ?

    संसारको एक भागबाट अर्कोमा पैसा स्थानान्तरण र त्यो पनि एकै ठाउँमा बसेर । 
    यसका लागि न त बैंकको आवश्यकता पर्छ न त कुनै विनिमयको आवश्यक पर्छ । न कुनै फर्म भर्नुपर्दछ न शुल्क दिनुपर्दछ । हुन्छ त सिर्फ, एकले जसको पासवर्ड पठाउनेछ र उसले पैसा पठाउनेछ र कम्तीमा दुई मध्यस्थकर्ता हुन्छन् । 

    images
    images


    हवाला व्यवसाय जो परम्परागत बैंकिंग प्रणालीको आगमनभन्दा पहिलेदेखि अस्तित्वमा छ । र यो शताब्दीयौंदेखि चलिरहेको छ किनकि यसको प्रयोग सजिलो छ र यसमा संलग्न व्यक्तिहरूलाई कयौ फाइदा मिलिरहेको छ । 

    यसको माध्यमबाट, लाखौं रुपैयाँ एक ठाउँबाट अर्को ठाउँमा पुर्याउन सकिन्छ । त्यो पनि बिना पैसा कति छ र यसलाई कसले नियन्त्रण गरिरहेको छ भन्ने कुरा थाहा नपाइकनै ।  


    संसारको एक ठाउँबाट अर्को ठाउँमा अवैध रूपमा पैसा स्थानान्तरण गर्नु नै हवाला हो । यसमा सबैभन्दा महत्त्वपूर्ण भूमिका एजेन्ट वा बिचौलियाको हुन्छ जसलाई मध्यस्थकर्ता पनि भनिन्छ ।  किनभने यी बिचौलियाहरू विरलै कुनै लेनदेनको रेकर्ड छोड्छन् । त्यसैले हवालाको माध्यमबाट कहाँ पैसा कहाँ कहाँ पुग्छ भन्ने कुरा पत्ता लगाउनु कठिन छ ।

    र आफूलाई सम्भावित मनी लाउन्डरिंग (कालो धनलाई वैध बनाउने प्रक्रिया), लागुऔषध तस्करी, र चरमपन्थी संगठनहरूको वित्तपोषणको लागि भाडामा दिन सक्छन् । 


    म्याड्रिडको पोन्टिफिसिया कोमिला युनिभर्सिटीका अन्तर्राष्ट्रिय अध्ययनका प्रोफेसर अल्बर्टो प्रीगो मोरेनोले बीबीसीलाई भने “यद्यपि हवाला आफैंमा यी गतिविधिहरुसँग जोडिएको छैन, यो बाह्य उद्देश्य हासिल गर्नको लागि एक साधान हुन सक्छ ।” वास्तवमा, यो फारसी, खाडी, पूर्वी अफ्रीका, दक्षिण अफ्रीका र दक्षिण पूर्वी एशियाका फैलिएको छ ।
    यसको रूपमा सोच्नुहोस्


    यो एक परम्परागत र अनौपचारिक विधि को रूपमा परिभाषित गरिएको छ  जो कुनै अन्य बैंकिङ प्रणाली समानान्तर चल्छ र यो विचौलियाको काम र भरोसामा आधारित छ । 
    उदाहरणका लागि न्यूर्योकबाट कुनै व्यक्तिले बैंक खाता नखोलिकनै इस्लामावादमा पैसा पठाउन सक्छन् ।
    यसको लागि उसले स्थानीय बिचौलियासँग सम्पर्क गर्नुपर्छ र उसलाई डलरमा पैसा र पासवर्ड दिनु पर्छ जसमा पैसा पठाउने र प्राप्त गर्ने दुबै सहमत हुन्छन् । अर्थात पासवर्ड अब ती दुई बाहेक बिचौलियालाई पनि थाहा हुन्छ । 


    अब स्थानीय बिचौलियाले पाकिस्तानको राजधानीका बिचौलियालाई सम्पर्क गर्छ र उसलाई रकम र पासवर्ड बताउँछन । यो दोस्रो बिचौलिया पाकिस्तानी रुपैयाँको उही रकम दिन्छ जसलाई पैसा डेलिभर गर्नुपर्ने हो उसले यो सुनिश्चित गर्दछ कि पैसा सही व्यक्तिसम्म पुगोस्, यसका लागि उसलाई पासवर्ड सोध्छ । 
    यो सम्पूर्ण प्रक्रिया केही घण्टामा पूरा हुन्छ र विचौलियाले थोरै रकम कमिसनको रूपमा आफूसँग राख्छ । 


    हवाला कहाँबाट सुरु भयो ? 

    हवालाको सुरुवात कहिले भयो भन्ने कुरा स्पष्ट छैन तर, केही मासिनहरूले आठौँ शताब्दीबाट सिल्क रुटको माध्यमबाट यो भारतमा जोडेको बुझिएको छ । 
    सिल्क रुट अर्थात रेशम मार्ग प्राचीन चिनियाँ सभ्यताको व्यापार मार्गको रूपमा परिचित छ । दुई सय साल ईशापूर्वदेखि दास्रो शताब्दीको बीच हन राजवंशको शासन कालमा रेशमको व्यापार बढ्यो । 


    पहिले रेशम कारवाँ चिनियाँ साम्राज्यको उत्तरी छेउबाट पश्चिमतीर जान्थे । तर पुनः मध्य एशियाको जनजातिहरुसँग सम्पर्क थियो र बिस्तारै यो मार्ग चीन, मध्य एशिया, उत्तर भारत, वर्तमान ईरान, इराक र सिरिया हुँदै रोम पुग्यो । मुख्य कुरा यो हो कि यस मार्गमा केवल रेशमको मात्रै व्यापार हुँदैन थियो त नि यससँगै सम्बन्धित सबै मासिनहरू आफ्नो आफ्नो उत्पादनको व्यापार गर्थे । 

    तर रेशम मार्गमा लगातार चोरी र लुटपाट भइरहन्थ्यो । यसकारण भारतीय, अरब र मुस्लिम व्यापारीहरू आफ्नो मुनाफा रक्षाको लागि विभिन्न तरिकाहरू अपनाए । 

    dollar.JPG

    हवालाको अर्थ ‘को बदलामा’ या ‘को सट्टामा’ 


    व्यापारीहरु एक पासवर्डको प्रयाग गर्दथे जो, कुनै वस्तु, शब्द वा कुनै ईशारा हुन्थ्यो  र ठीक उसै गरी पूरक वस्तु । शब्द या पासवर्ड उसले प्राप्त गर्नेवालालाई बताउनु पर्थ्यो । 
    यस तरीकाले, उनीहरुले यो सुनिश्चित गरे कि पैसा वा सामान को लेनदेन सही हातसम्म पुर्याउन सकियोस् । 
    यो प्रणाली कति पुरानो थियो, भन्ने कुरा यसबाट अनुमान लगाउन सकिन्छ कि भारतमा पहिलो बैंक ‘बैंक अफ हिन्दुस्तान’ थियो जसको स्थापना १८औँ शताब्दीमा कलकत्तामा भएको थियो । 
    आज, जुन गतिमा संसारले टेक्नोलोज को मामलामा प्रगति गरिरहेको छ, त्यस्तै, सजिलोसँग हवालाको काम गर्न पनि सजिलो भएको छ ।
    आज, तत्काल म्यासेजिङ एप्लिेकेशनको माध्यमबाट पासवर्डको सट्टा कोड पठाइन्छ । तसर्थ, बिचौलियाहरूले आफ्नो व्यवसायिक गतिविधितहरू समानान्तरभन्दा पनि धेरै सजिलोसँग यस कामलाई पूर्णता दिन सक्छन् । 
    तर, किन यी लेनदेन गोप्य रूपमा गरिन्छ ?


    प्रोफेसर अल्बर्टो प्रेगो मोरेनो भन्छन्, “यो यसकारण हुन्छ किनभने, कहिलेकाहीँ त्यो पैसा गैरकानुनी हुन्छ यानी पूर्ण रूपमा वैध हुँदैन । कहिलेकाहिँ (प्रयोगकर्ता) कर तिर्नबाट टाढा रहन्छन् । जबकि रेमिट्यान्सको रूपबाट उनीहरूले त्यो पैसा दोस्रो देशमा पठाउँछन् भने सुनिश्चित गर्न चाहान्छ कि कमिसको रूपमा विचौलियाले कमसेकम कम पैसा राखोस् ।”
    यस्तो यसकारण हुन्छ किन भने कुनै व्यक्ति अमेरिकाबाट दोस्रो देशमा भएका आफ्नो परिवारलाई परम्परागत तरीकाबाट पैसा पठाउन चाहान्छ, तब यसको लागि उसले कयौँ मागहरू पूरा गर्नुपर्दछ । 


    यदि तपाइँ बैंकिंग प्रणालीको उपयोग गर्नुहुन्छ भने तब तपाइँसँग एक निश्चित रकम हुनु पर्छ । खाता खोल्नको लागि तपाईको पहिचान, कानुनी स्थिति लगायतका आदि कागजपत्रहरूको आवश्यकता पर्दछ 
    अन्य पैसा स्थानान्तरण सेवाहरु तपाइँले अन्तर्राष्ट्रिय लेनदेनका लागि २० प्रतिशतसम्म चार्ज तिर्नुपर्ने हुन्छ । प्रयोगकर्तालाई कयौ नियन्त्रण हुन्छ ताकि मनी लान्ड्रिंगजस्ता गतिविधिबाट बच्न सकियोस् । 
    तर, हवालामा यस्तो केही गर्नुपर्दैन । 


    प्रीगो मोरेनो भन्छन्, “यो यसकारण यति धेरै प्रभावकारी छ किनकि पैसा अपेक्षाकृत छिटो प्राप्तकर्तासम्म पुग्छ र कमिसन पनि कम तिर्नु पर्ने हुन्छ ।”
    “यो बिचौलियाका लागि यो नेटवर्कको राम्रो हुनु अति आवश्यक छ । जति धेरै तपाईँसँग सम्पर्क राम्रो हुन्छ त्यति नै तपाईको व्यापार राम्रोसँग चल्नेछ । त्यसैले तपाइँ धेरै थोरै चार्ज गर्नुहुन्छ र अधिकतम फाइदा दिनुहुन्छ ।”
    “बिचौलियाले भरोसायोग्य हुनको लागि भरपूर कोशिश गर्नुपर्छ । पहिले, सूदखोरी र ब्याज प्रचलन कम थियो र बिचौलियाको लागि धेरै पैसा कमाउन गाह्रो थियो । यही कारण थियो कि यो प्रणाली मध्य पूर्व र एशियामा भन्दा धेरै फैलियो । पश्चिमी देशहरू जहाँ बैंकिंङ लेनदेन तर त्यहाँ कडा निगरानी र नियन्त्रण छ ।”

    dollar.JPG

    मोरेनो भन्छन्, “कतिपय ठाउँमा मानिसहरू यी बिचौलियाहरुलाई बैंक भन्दा बढी विश्वास गर्छन् किनकि यो बिचौलियाहरुको पारिवारिक र पुर्खाको ब्यापार हो कि उनीहरु बैंकको तुलनामा अधिक विश्वास गर्छन् । 
    जर्मनीको फ्रैंकफर्टस्थित म्याक्स प्लान्क इन्स्टिच्युटमा दक्षिण एसियाको कानूनी इतिहास विभागको संयोजक मरीना मार्टिन भन्छिन्, “हवाला र हवाला जस्तै हुन्डी धेरै लोकप्रिय अवधारणा थिए र आज यसको बुझाई परिवर्तन भएको छ किनभने आधुनिक बैंकिङभन्दा फरक तरिकाले काम गर्छन् । 


    हवाला व्यापार कति ठूलो छ ? 


    परम्परागत हवाला प्रणालीको सबैभन्दा ठूलो फाइदा यो हो कि पैसा लेनदेन कसले गरिरहेको छ, यो सरकार वा अन्तर्राष्ट्रिय संस्थाहरूको पकडभन्दा बाहिर रहन्छ । 
    यो तथ्योको लेनदेनमा धेरै कम र बिल्कुल कुनै रेकर्ड नहुनु र पैसाको हेरफेर पत्ता लगाउनुमा बाधा छ । 


    न्यूयोर्कमा भएको ९÷११ को हमला ा आतंकवादीहरूको वित्तपोषण पनि यसैगरी नै गैर–परम्परागत तरिकाबाट भएको विश्वास गरिन्छ । 
    अमेरिका मात्रै होइन पुरै संसारमा नयाँ र कडा नियमहरूको परिचय आएको कारण केही हजार डलर अन्तराष्ट्रिय अन्तर्राष्ट्रिय लेनदेन अझ जटिल भएको छ ।
    मार्टिन भन्छिन्, “९÷११ को आक्रमणपछि अमेरिका हवालालाई आतंकवादीहरुलाई आर्थिक सहयोग गर्ने सम्भावित माध्यमको रूपमा देख्न थालेको छ ।”
    उनी भन्छिन् “हवाला (र अन्य गैर–परम्परागत विधिहरू) धेरै बर्षदेखि मनी लन्डरिङ (कालो धनलाई बैध बनाउने प्रक्रिया) र राजीनितिक भष्ट्रचारदेखि लिएर मानव अङ्गको तस्किरी जस्ता कयौ अपराधिक गतिविधिसँग जोडिदै आएको छ ।”
    सन् २०१८ मा संगठित अपराध र भ्रष्टाचार रिपोर्टिङ प्रोजेक्ट एक अध्ययनले दुबईमा ठूलो संख्यामा विदेशी कामदारहरुले हवाला जस्ता गैर कानुनी प्रणालीहरुको प्रयोग गरी भारत, फिलिपिन्स जस्ता देशहरुमा आफ्नो परिवारलाई पैसा पठाई रहेको बताएको छ ।  यसमा बताइएको थियो कि यो रकम २४० करोड रुपैयाँभन्दा बढी छ । 

    फ्रेब्रुअरी २०१६ मा अमेरिकी ड्रग एन्फोर्समेन्ट अफिस (डीईए) ले कोलम्बिया र हिज्बुल्लाह संगठनको बीचमा मनी लान्ड्रिंग र यूरोपको माध्यमबाट लागुऔषधको तस्करीको सम्बन्धको पर्दाफास गर्दै लाखौ यूरो र ड्रग्सको कारोबार भएको बताएको थियो । 

    डीईएको दस्तावेजका अनुसार लाखौं मूल्यको औषधि लेबनान हुँदै मध्य पूर्वमा पु¥याइएको थियो र बदलामा हवालाको माध्यमबाट यूरो कोलम्बिया पठाइयो ।

    पूर्वी अफ्रिका, विशेष गरी सोमालियामा, हतियार तस्करहरु हवालाको प्रयोग गरी लाखौँ डलर एक ठाउँबाट अर्को ठाउँ सारिन्छ । 
    विश्व बैंकका अनुसार विकासोन्मुख देशहरूमा रेमिट्यान्समार्फत आफ्नो परिवारलाई सहयोग गर्न पैसा पठाउने आप्रवासी कामदारहरूको संख्यामा बृद्धि भएको छ ।


    कोभिड १९ महामारीको प्रभाबको बाबजुद, आधिकारिक तथ्याङ्क अनुसार, कम र मध्यम आय भएका देशहरूमा पठाइएको रेमिट्यान्स २०२० मा करिब ४०० खर्ब थियो । यो राशि २०१९ को तुलनामा १.६ प्रतिशत कम हो । २०१९ मा यो आँकडा ४०६.३१ खर्ब रुपैयाँ थियो ।
    जे होस्, विश्व बैंकले यो पनि स्पष्ट पारेको छ कि “रेमिट्यान्स को वास्तविक आकार, जो परम्परागत र गैर परम्परागत दुबै तरिकाबाट वितरित गरिन्छ, आधिकारिक संख्या भन्दा धेरै ठूलो छ ।”


    अर्थव्यवस्थामा सम्भावित वैश्विक सुधारको साथ, यो अपेक्षा गरिएको छ कि हवाला जस्ता परम्परागत र गैर परम्परागत माध्यमहरूबाट कम र मध्यम आय भएका देशहरूमा पठाइएको रेमिट्यान्सको मात्रा २०२१ र २०२२ मा अझ बढ्ने छ ।


    (डैनियल गोंजालेज कप्पाले बीबीसीका लागि तयार पारेको रिपोर्ट अर्थ डबलीका लागि अनुदित गरिएको हो ।)

     

    साताको लोकप्रीय