दश कृषकले पाए उत्कृष्ट मेयर कृषक पुरस्कार 

दश कृषकले पाए उत्कृष्ट मेयर कृषक पुरस्कार 

अर्थ डबली
बुधवार, कार्तिक २६ २०७७
अर्थ डबली
बुधवार, कार्तिक २६ २०७७ (अर्काइभ बाट)
  • दश कृषकले पाए उत्कृष्ट मेयर कृषक पुरस्कार 

    बेँसीशहर / नगरपालिकाले नगरभित्रका १० जना कृषकलाई उत्कृष्ट मेयर कृषक पुरस्कारद्वारा पुरस्कृत गरेको छ । 

    images
    images

    नगरपालिकाले मङगलबार एक कार्यक्रमको आयोजना गरी १० जना कृषकलाई उत्कृष्ट मेयर कृषक पुरस्कारद्वारा पुरस्कृत गरेको हो । 

    नगर प्रमुख गुमानसिंह अर्याल, उपप्रमुख लक्ष्मीदेवी अधिकारी र प्रमुख प्रशासकीय अधिकृत पुष्पराज पौडेलले प्रति किसान रु १०/१० हजार नगद, प्रमाणपत्र र खादा लगाएर उनीहरुलाई पुरस्कृत गरेका हुन् । 

    नगर क्षेत्रभित्र व्यवसायिक रुपमा कृषि पेशामा लागेका कृषकहरुबाट छनौट गरी १० जना कृषकलाई पुरस्कृत गरिएको नगरप्रमुख अर्यालले बताए । 

    यसरी पुरस्कृत हुनेमा व्यवसायिक तरकारी खेतीतर्फ नगरपालिकाका वडा नं ११ का सीताराम विक, वडा नं १० का युवराज गुरुङ, वडा नं २ का चिजामायाँ विक र सोही वडाका ज्ञानेन्द्र मगर रहेका छन् ।

    त्यस्तै पुरस्कृत हुनेमा व्यवसायिक मौरीपालनतर्फ वडा नं ४ का पवन गुरुङ, व्यवसायिक बाख्रापालनतर्फ वडा नं २ का अनन्त राना र वडा नं १० का कन्या प्रसाद गुरुङ, व्यवसायिक भैसीपालनतर्फ वडा नं १० का कृष्णबहादुर थापा, वडा नं १ का सावित्रा सेढाइ मिश्र र वडा नं ११ का अमरजंग गुरुङ रहेको नगरपालिकाले जनाएको छ ।

    गत आर्थिक वर्ष २०७६/०७७ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत उत्कृष्ट १० जना कृषकलाई पुरस्कृत गर्ने भनिएपनि कोभिड–१९ का कारण उनीहरुलाई अहिले पुरस्कृत गरिएको हो । 

    नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रलाई विशेष प्राथमितामा राखेर काम गर्दै आएको नगर प्रमुख अर्यालले बताए । 

    कृषि क्षेत्रलाई व्यवसायीकरण, यन्त्रिकीकरण र बजारीकरण गर्नुपर्छ भन्ने मान्यताका साथ कृषकलाई प्रोत्साहन गर्न पुरस्कृत गरिएको उनीहरुको भनाइ छ । 

    साताको लोकप्रीय