तपाईले गर्नै पर्ने यी काम, जसले तपाईलाई बिहानै उठाउनेछ 

तपाईले गर्नै पर्ने यी काम, जसले तपाईलाई बिहानै उठाउनेछ 

अर्थ डबली
शुक्रवार, असोज २२ २०७८
अर्थ डबली
शुक्रवार, असोज २२ २०७८ (अर्काइभ बाट)
  • तपाईले गर्नै पर्ने यी काम, जसले तपाईलाई बिहानै उठाउनेछ 

    बिहान चाडै उठ्न सके दिनभरी फ्रेस भइन्छ र दिउँसोको कामको चाप पनि कम हुन्छ । हामी धेरै मानिसहरू बिहानै उठ्न चाहान्छौँ, तर उठ्न सकिरहेका छैनौ भने हामीले आफ्नो जीवनशैलीमा केही परिवर्तन ल्याउन आवश्यक छ । यी कुराहरूलाई आज हामीले यहाँ चर्चा गरेका छौँ । 
    जुन यस्तो छ : 
    बिहान चाडै उठ्नका लागि कम भोजन गर्नुहोस् । बेलुकीको समयमा आफूले खाएको भोजनलाई थोरै थोरै मात्रामा घटाउदै लान सकिन्छ । र केही दिनमा केवल दुध र सुपाच्य वस्तुहरू मात्रै खाने गर्नुहोस् । यसले बिहान तपाईलाई चाडै उठ्नलाई सहयोग गर्दछ । 

    images
    images

    यदी तपाई बिहान चाडै  उठ्न चाहानुहुनछ भने खाना खान वित्तिकै नसुत्न्होस् । सुत्नुभन्दा कम्तिमा ३ घण्टा अगाडि खाना खानुहोस् । सुपाच्य खाना पच्नका लागि ६ घण्टा समय लाग्दछ । तीन घण्टामा आधा खाना पचिसकेको हुन्छ । खाना पचाउन जति उर्जा लाग्छ त्यो आधा पचिसकेपछि चाडै नै तपाई गहिरो निन्द्रामा पुग्नुहुन्छ र बिहान चाडै उठ्नलाई सहयोग पुग्छ । 

    भोक लाग्नु र खाना खानु अलग अलग कुरा हुन् । जिब्रो अर्थात स्वादको वसमा परेर कहिले पनि खाना नखानुहोस् । जति भोक छ त्यति मात्रै खानुहोस् । 

    समयमा नै सुत्नुहोस् । तपाई राति १२÷१ बजे सुतेर बिहान ४ बजे उठ्ने आशा राख्नुहुन्छ भने मुखर्ताको कुरा गर्नुहोस् । धेरै मानिसहरू छन्, जो २ वा ४ घण्टा सुतेर पनि गुजारा चलाउनु भएको छ तर उहाँहरूले धेरै साधना गर्नुहुन्छ । त्यसैले हामीले कमसेकम ७ घण्टा सुत्नु जरुरी छ । दिउँसो अधिक काम गर्नुहुन्छ भने ७ घण्टा अनिवार्य सुत्नुहोस् । तपाई दिउँसो अधिक काम गर्नुहुन्न भने खानालाई ध्यान दिएर ६ वा ५ घण्टा मात्र सुत्न पनि सक्नुहुन्छ । 

    शारीरिक र मानसिक शुद्धता कायम राख्नुहोस् । बेलुकी सुत्नुभन्दा अगाडि ब्रस गर्नुहोस् । बिहान उठ्नका लागि बेलुकी सुत्नुअघि आफ्ना सम्पूर्ण बोझहरू, तनावहरूलाई एकातिर राख्नुहोस् र फ्रि भएर सुत्नुहोस् । 

    त्यस्तै, तपाईको जीवनमा के लक्ष्य छ त्यसले पनि फरक पार्दछ । तपाईले जीवनमा केही गर्छु भन्ने सोच्नु भएको छैन भने, बिहान उठेर गर्ने काम नै छैन भने तपाईलाई बिहान उठ्न पनि मन लाग्दैन । जीवनमा एउटा लक्ष्य राख्नुहोस्, जसले तपाईलाई बिहानै उठ्न प्रेरणा दिन्छ । लक्ष्य मजबुत हुनका लागि संकल्प मजबुत हुनुपर्दछ । 

    बिहान जरुरी काम छ भने तपाईको निन्द्रा एक घण्टा अगाडि नै खुल्नेछ । किनभने तपाईको केही छुट्ने वाला वा गुम्नेवाला छ भने तपाईलाई आफ्से आफ निन्द्राले छोड्छ । बिहानै उठ्नका लागि जरुरी काम नपर्खिनुहोस् । आफूलाई त्यस्तो काममा फसाउनुहोस् । आफ्नो जीवनमा जरुरी काम सिर्जना गर्नुहोस् । 

    साताको लोकप्रीय