रियलमी ८आईको नयाँ स्मार्टफोन बजारमा, बजार मूल्य कति ? 

रियलमी ८आईको नयाँ स्मार्टफोन बजारमा, बजार मूल्य कति ? 

अर्थ डबली
शुक्रवार, आश्विन २२ २०७८
अर्थ डबली
शुक्रवार, आश्विन २२ २०७८ (अर्काइभ बाट)
  • रियलमी ८आईको नयाँ स्मार्टफोन बजारमा, बजार मूल्य कति ? 

    काठमडौँ / रियलमी ८ सेरिजको सफलतापछि रियलमीले आजदेखि रियलमी ८ आई सार्वजनिक गरेको छ । स्थापना कालदेखि नै रियलमीको मिसन किफायती मूल्यमा सबैलाई पायक पर्ने उत्कृष्ट प्रविधिसहित किफायती मूल्यमा बजारमा ल्याएको हो । 

    images
    images

    १२०एचजेट अल्ट्रा स्मुथ एक्सपेरियन्स लिएर आएको सो फोनमा जि९६ प्रोसेसर, १२०एचजेट डिस्प्लेसम्मको डाइनामिक र्याम भएको रियलमी ८आई मा १८ वाट फास्ट चार्जयुक्त ५०००एमएएच ब्याट्री रहेको छ । 

    उत्कृष्ट प्रदर्शन गर्ने रियलमी ८आईले १२०एचजेट रिफ्रेस रेट र ९०.८ प्रतिशत स्क्रिन टु बडी रेसियोसहितकाको ६.६ इन्च फुल स्क्रिनमार्फत प्रयोगकर्तालाई आकर्षक भ्युविङ एक्सेपेरियन्स प्रदान गर्दछ । यसले धेरै प्रयोगकर्तालाई अल्ट्रा स्मुथ एक्सपेरियन्सको मजा दिलाउँछ । 

    प्रोसेसर र स्क्रिन डिस्प्लेबाहेक रियलमी ८आई ले फोर जिबी र्यामलाई ७ जिबी र्यामसम्म अपग्रेड गर्न मिल्ने डिआरई प्रविधि, डाइनामिक र्याम एक्सपासन सेवा उपलब्ध गराएको कम्पनीको दावी छ ।

    एक पटक चार्ज गरेपछि नै तपाईंले आफ्नो साथीहरुसँग ४० घण्टा बिना रोकावाट कुरा गर्न सकिने वा १,२०० वटा गीत सुन्न सक्नुहुनेछ अथवा १८ वटा चलचित्र हेर्न सकिने कम्पनीको दावी छ । 

    असोज २२ गते आधिकारिक रुपमा सार्वजनिक भएको रियलमी ८आईको मूल्य रु. २३ हजार ७९९ मा चार जिबी र्याम र ६४ जिबी स्पेस र रु. २७ हजार १९९ रुपैयाँमा ६ जिबी र्याम १२८ जिबी स्पेस उपलब्ध हुने कम्पनीले जनाएको छ । 

    साताको लोकप्रीय