इम्प्रेसन्स इन्टरटेनमेन्टद्वारा शिव परियारको ‘पिउन सुरु गरेपछि’ गीतको म्युजिक भिडियो सार्वजनिक 

इम्प्रेसन्स इन्टरटेनमेन्टद्वारा शिव परियारको ‘पिउन सुरु गरेपछि’ गीतको म्युजिक भिडियो सार्वजनिक 

अर्थ डबली
शनिवार, असोज २३ २०७८
अर्थ डबली
शनिवार, असोज २३ २०७८ (अर्काइभ बाट)
  • इम्प्रेसन्स इन्टरटेनमेन्टद्वारा शिव परियारको ‘पिउन सुरु गरेपछि’ गीतको म्युजिक भिडियो सार्वजनिक 

    काठमाडौँ / इम्प्रेसन्स इन्टरटेनमेन्टले गायक शिव परियारको ‘पिउन सुरु गरेपछि’गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ । 

    images
    images

    ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले’को सफलतापछि गायक परियारको गायनमा पिउने र पिलाउने  श्रृङ्खलाको फेरी अर्को गित सार्वजनिक गरेको हो । 

    डेलिस ओपेरा बालुवाटारमा एक कार्यक्रमकाबीच काठमाडौँको प्रहरी प्रमुख अशोक सिंहको उपस्थितिमा उक्त गीतको म्युजिक भिडियो मिडिया हबको च्यानल मार्फत रिलिज भएको छ । 

    आफ्नो व्यस्तताकाबीच उपस्थित भएका काठमाडौँ प्रहरी प्रमुख सिंहले कार्यक्रममा सहभागी भएकोमा खुसी व्यक्त गर्दै गायक शिव परियार, निर्माता राजु ढुंगेल लगायत सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ज्ञापन गरेका थिए । 
    सो अवसरमा गायक परियारले पनि गीत बनाउदाको रमाइलो पल सम्झिनुका साथै पुष्प खड्कासँग फेरी काम गर्दाको खुसी व्यक्त गरेका थिए । 

    कार्यक्रममा  शंकर अधिकारी, नायक पुष्प खड्कालगायतले आफ्नो अुनभव साटेका थिए । 
    नृत्य निर्देशक कविराज गहतराज र छाँयाकार हरि हुमागाईको संलग्नतामा क्लब प्ल्याटिनममा सो गितको छायाङ्कन सम्पन्न भएको थियो । 

    रबिन स्वप्निल गिरीको शब्द तथा दीपकराज विश्वकर्माको संगीत रहेको यस गीतमा नेपाली चलचित्रका लोकप्रिय नायक, पुष्प खड्काका साथमा टिकटक स्टार्स , अन्जली लुइंटेल र आलिया अधिकारी डेब्यु रहेको छ । 
    मिडिया हब प्रा। लि। बाट पहिलो म्युजिक भिडियोको रूपमा घटस्थापनाका दिन, रिलिज गरिएको गीतले चाडबाडलाई अझ रोमाञ्चक बनाउने दावी गरिएको छ । 

     

    साताको लोकप्रीय