कालो धन आखिर कसरी पुग्छ स्विस बैंकसम्म ?

कालो धन आखिर कसरी पुग्छ स्विस बैंकसम्म ?

अर्थ डबली
शनिवार, असोज २३ २०७८
अर्थ डबली
शनिवार, असोज २३ २०७८ (अर्काइभ बाट)
  • कालो धन आखिर कसरी पुग्छ स्विस बैंकसम्म ?

     जब जब कालो धनको चर्चा हुन्छ, तब स्वीस बैंक अर्थात स्वीजरल्याण्डको बैंकको चर्चा पनि जरुरी हुन्छ ।  जब स्वीस बैंकमा नेपालीको पैसाको चर्चा हुन्छ  भने हाम्रो चासो अझ बढ्छ । 

    images
    images


    स्वीस बैंकमा नेपालीको बचत सन् २०२० मा दोब्बर अर्थात सो समयको विनिमयदर अनुसार ४६ खर्ब ६४ करोड बचत रहेको थियो । सन् २०१९ सम्ममा १७ करोड ५८ लाख ६५ हजार २ सय ४१ स्विस फ्र्यांक अर्थात २२ अर्ब ७३ करोड ४० लाख ९९ हजार ८ सय १० रुपैयाँ थियो  भने सन् २०२० मा त्यो रकम दोब्बरले बढेको हो । 


    स्विस बैंकहरुमा जम्मा भएका भारतीयहरुको पैसा तीन बर्षसम्म घट्दै गएकोमा सन् २०१७ मा कथा बदलियो । पछिल्लो सालको तुलना गर्ने हो भने, स्विस बैंक मा भारतीय पैसा ५० प्रतिशत बढेर १.०१ बिलियन स्विस फ्रैंक (लगभग सात हजार करोड रुपैयाँ)सम्म पुगेको छ । 


    त्यस्तै, नेपालीको बचत पनि २०१७ पछि लगातार दुई बर्ष घटेको थियो । स्वीस नेशनल बैंकको विवरण अनुसार सन् २०१७ सम्म नेपालीको बचत ४१ अर्ब ७३ करोड ९२ लाख २३ हजार २०५ रुपैयाँ थियो । सन् २०१८ मा ३२ अर्ब १६ करोड ५ लाख ८७ हजार ८४८ मा झर्यो । सन् २०१९ मा घटेर २२ अर्ब ७३ करोड ४० लाख ९९ हजार ८१० रुपैयाँ पुगेको रकम सन् २०२० मा भने दोब्बर भएको हो ।


    यी तथ्या्क स्वीस नेशनल बैंकले जारी गरेको हो, यसमा कुनै शंका छैन । स्वीजरल्याण्डको सेन्ट्रल बैंकले जुन आँकडा सार्वजनिक गर्यो त्यस अनुसार स्वीस बैंकमा सबै विदेशी ग्राहकको पैसा सन् २०१७ मा ३ प्रतिशत बढेर १.४६ करोड स्वीस फ्र्यांक अर्थात पुगेको थियो । 


    स्विस बैंकमा पैसा किन जम्मा हुन्छ ?


    पहिलो प्रश्नको जवाफ यो छ कि स्विस बैंकहरु आफ्नो ग्राहकहरु र उनीहरुको निक्षेपको बारेमा धेरै गोपनीयता राख्छन् जसको कारण मानिसहरू बचतका लागि स्वीस बैंक नै रोज्छन् ।

     
    जेम्स बन्ड वा अन्य हलिउडको  अन्य फिल्महरूमा स्वीस बैंक वा त्यहाँकाकर्मचारीहरूलाई गोपनीयताकासाथ देखाइएको छ । उनीहरु कालो स्ट र ब्रीफकेसमा लुकेको कम्प्युटर उपकरणबाट सबै काम गर्दछन् ।
    वास्तविक जीवनमा, स्विस बैंक नियमित बैंकहरूलेजस्तै काम गर्छ । साथै उनीहरू खास रूपमा गोपनीयता कायम राख्छन् । स्वीस बैंकको लागि गोपनीयता कडा नियम सामान्य हो । 


    र यी बैंकमा ३०० बर्ष पुरानो रहस्य लुकेको छ । १७१३ मा ग्रेट काउन्सिल अफ निजेवाले जुन नियम बनाएका थिए सोही आधारमा बैंकले आफ्नो ग्राहकहरूको रजिष्टर या जानकारी राख्न भनिएको थियो।

    स्वीस बैंक र गोपनीयता 


    तर उही नियममा यो पनि भनिएको छ कि ग्राहकहरूबाट प्राप्त जानकारी सिटी काउन्सिल बाहेक अरु कसैसँग साझा गरिने छैन । स्विट्जरल्याण्डमा  यदी बैंकले आफ्नो ग्राहकसँग जोडिएको जानकारी कसैलाई दिन्छ भने त्यो अपराध हो ।

    गोपनीयताको यही नियमले स्वीजरल्याण्डलाई कालो धन राख्नका लागि सुरक्षित ठेगाना बनायो । यो धेरै पुरानो कुरा होइन, जब यी बैंकहरु पैसा, सुन, गहना, पेन्टिङ वा कुनै अन्य बहुमूल्य सामान जम्मा गर्नका लागि बैंकले कुनै प्रश्न नै सोध्दैन थियो । 
    यद्यपि, आतंकवाद, भ्रष्टाचार र कर छालीको बढ्दो घट्नाको कारण स्वीजरल्याण्ड अब त्यस्ता ग्राहकहरूको खाता खोल्न अस्वीकर गर्छ जसको सम्बन्ध गैरकानुनी विषयसँग जोडिएको छ भन्ने सन्देह छ । 
    यसबाहेक, स्वीस बैंकले अन्य देशहरूले जानकारी सार्वजनिक गर्न गरेको आग्रहको विषयमा पनि अध्ययन गरिरहेको छ जो यस कुराको प्रमाण हो कि यस बैंकमा त्यस्ता व्यक्तिहरूको पनि पैसा जम्मा गरिएको छ जो, गैरकानुनी हो ।

     
    कसरी जम्मा हुन्छ पैसा ? 


    कालो धन स्वीस बैंकसम्म कसरी पुग्छ ? यो अर्को महत्त्वपूर्ण सवाल हो । यसको लागि यो जान्न आवश्यक छ कि स्वीस बैंकमा खाता कसरी खोलिन्छ । 


    १८ बर्ष भन्दा माथिका जो कोहीले पनि स्वीस बैंकमा खाता खोल्न सक्छन् । यद्यपि, यदि बैंकलाई शंका छ कि जम्मा गर्ने व्यक्ति एक विशिष्ट राजनीतिक उद्देश्यको यसो गरिरहेको छ वा पैसा जम्मा गरिरहेको । 
    जुन पैसा अवैध छ जस्तो लागेमा, तब उसले आवेदन अस्वीकार गर्न सक्छ ।

    बिजनेस स्ट्यान्डर्डका अनुसार, स्विट्जरल्याण्ड मा लगभग ४०० बैंक छन् । जसमा युबीएस र क्रेडिस स्वीस ग्रुप सबैभन्दा ठूला हुन् । र यी दुई बैंकसँग सबै बैंकको ब्यालेन्स सिटको आधाभन्दा बढी हिस्सा छ । र कुन खातामा सबैभन्दा बढी गोपनियता मिल्छ ? यसलाई ‘अंकित खाता’ अर्थात ‘नम्बर्ड एकाउन्ट’ भनिन्छ । यस खातासँग जोडिएको सबै कुरा एकाउन्ट नम्बरको आधारमा हुन्छ । कसैले नाम लिँदैनन् ।

     
    बैंकमा मेहि व्यक्तिहरू हुन्छ जो बैंक खाता कसको हो भन्ने जान्दछन् । तर यो खाता सजिलै उपलब्ध छैन । 
    यस विषयमा यसो भनिएको छ जो व्यक्ति यस विषयमा सार्वजनिक गर्न चाहदैँन उसले बैंकको क्रेडिट वा डेविट कार्ड वा चेक सुविधा लिदैँनन् ।


    यस बाहेक,  स्वीस बैंककमो यदी तपाईको खाता छ र तपार्य बन्द गर्न चाहानुहुन्छ भने त्यो सुविधा जुनसुकै समयमा पनि उपलब्ध छ । त्यसको लागि कुनै शुल्क लाग्ने छैन । 
    बिबिसीको सहयोगमा

    साताको लोकप्रीय