राजनीतिक सङ्कट अन्त्यका लागि बोल्यो अफगान नागरिक समाज, कसले के भने ? 

राजनीतिक सङ्कट अन्त्यका लागि बोल्यो अफगान नागरिक समाज, कसले के भने ? 

अर्थ डबली
शनिवार, असोज २३ २०७८
अर्थ डबली
शनिवार, असोज २३ २०७८ (अर्काइभ बाट)
  • राजनीतिक सङ्कट अन्त्यका लागि बोल्यो अफगान नागरिक समाज, कसले के भने ? 

    पन्जशिर / अफगान नागरिक समाजका प्रतिनिधिहरूले पार्टीहरूलाई लडाइँ रोक्न र वार्ता तालिकामा फर्कन आह्वान गरेका छन् ।

    images
    images

    मध्य अफगानिस्तानमा संयुक्त राष्ट्र सङ्घको सहकार्यमा सञ्चालिते कार्यक्रमको श्रृङ्खलामा खासगरी पन्जशीर, परवान र कपिसा प्रान्तका धार्मिक संस्था, नागरिक समाज, महिला परिषद्लगायतका क्षेत्रमा प्रतिनिधित्व गर्ने वक्ताहरुले हिंसा, सशस्त्र द्वन्द्व र ज्यान गुमाउनुको कुनै औचित्य नरहेकोमा जोड दिएका हुन् । 

    उनीहरुले सबै अफगानीहरूको हित शान्ति वार्ताको केन्द्रमा हुनुपर्ने बताए । 

    अफगान अधिकारकर्मी शय्या महराबानले भने, “महिला र युवा अफगान युद्धबाट बढी पीडित बनेकाले अब यो समूह नै युद्धको विपक्षमा हुने बहसमा अग्रसर हुनुपर्छ ।”

    “युवाले एक अर्कालाई विश्वस्त पार्नुपर्छ कि युद्ध यसको समाधान होइन । हामी सबै दुःख भोगिरहेका छौं र युद्धमा मारिएका छौं । युवाहरूबीचको बैमनस्यता रोकिएमा युद्ध अवश्य टुङ्गिन्छ ।”

    कापिसा प्रान्तीय परिषदका पूर्व सदस्य नजिबुल्लाह रहिमीले युद्धलाई शारिया र अन्तर्राष्ट्रिय कानूनहरूले निषेध गरेकोले युद्ध अन्त्य गन अबको पहिलो काम भएको बताए । 

    उनले भने, “युद्ध रोक्न आफ्नो भूमिका निर्वाह गर्नु हरेक अफगानको धार्मिक र नैतिक जिम्मेवारी हो । अफगानीहरूले लामो समय युद्धमा विताउनु परेको छ अब पनि युद्ध भए यसलाई अफगानी नागरिकले सहन सक्ने छैनन् ।” 

    अर्का वक्ता शर्मिला बेगीले तर्क र शान्तिपूर्ण माध्यमद्वारा एकअर्काको विचारलाई सहनु र आदर गर्नु महत्वपूर्ण छ भनी जोड दिइन् । 

    उनले अब अफगानिस्तानमा शान्तिको विकल्प नभएको भन्दै सबै जातीय, धार्मिक र क्षेत्रीय मतभेदहरूलाई वार्ताद्वारा सम्बोधन गरी युद्ध अन्त्य गर्नु देश र जनताको हितमा हुने बताइन् । 

    अफगान महिला अधिकारकर्मी रोया साबेतले “युद्धले हाम्रो व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनमा नराम्रो असर पारेको र खासगरी महिलाका लागि बढी कष्टकर बनाएको स्मरण गरिन् । 

    युद्धरत पक्षलाई एक अर्कालाई आक्रमण गर्ने काम रोकी नयाँ र समृद्ध अफगानिस्तान निर्माणमा जुट्न रोया सबेतले आग्रह गरिन् । 

    उक्त कार्यक्रममा पन्जशिरका धार्मिक विद्वान मौलावी अहमदुल्ला हाशेमिनाजादले यो, अफगानिस्तानका जनताले विश्वकै सबैभन्दा लामोमध्येको एक युद्ध लडेको र यसका कारण अफगानिस्तानले ठूलो क्षति ब्यहोरेको बताउँदै अब पनि अफगानिस्तानमा युद्ध जारी रहनु दुर्भाग्य हुने बताए । 

    विभिन्न संस्था र मानवअधिकार तथा प्रवुद्ध व्यक्तिहरुसँग सहकार्य गरेको युएनएले सुविधा सम्पन्न रेडियो श्रृङ्खलाको आयोजना तथा प्रशारण गरेको हो । 

    साताको लोकप्रीय