बेलायत र खाडी राष्ट्रबीचमा व्यापार सम्झौताका लागि छलफल

बेलायत र खाडी राष्ट्रबीचमा व्यापार सम्झौताका लागि छलफल

अर्थ डबली
शनिवार, असोज २३ २०७८
अर्थ डबली
शनिवार, असोज २३ २०७८ (अर्काइभ बाट)
  • बेलायत र खाडी राष्ट्रबीचमा व्यापार सम्झौताका लागि छलफल

    मानामा / बेलायत र गल्फ कोअपरेसन काउन्सिल अन्तर्गतका देशहरूबीचमा व्यापार सम्झौता गर्नका लागि छलफल सुरु भएको छ । 

    images
    images

    अहिलेको छलफल प्रारम्भिक मात्रै भएको बहराइनका अधिकारीहरूले जानकारी दिएका छन् ।  

    “छलफल निकै राम्रो, सकारात्मक र उत्साहजनक भएको छ,” बहराइनका उद्योग, व्यापार तथा पर्यटन मन्त्री जायद बिन रशिद अल जायनीले भने।

    बेलायत र साउदी अरब, संयुक्त अरव इमिरेट्स, कतार, बहराइन, कुवेत र ओमनका बीचमा सम्झौता गर्नेगरी छलफल भएको हो । 

    बहराइनका मन्त्री जायनीले भने, “हामीले संयुक्तरूपमा काम गर्नेगरी नयाँ अध्यायको सुरुवात गर्न लागेका छौँ, व्यापारीक साझेदारी, लगानी र सहकार्यको वातावरण बन्ने विश्वास छ ।”

    यस्तो व्यापार सम्झौता बेलायत र गल्फ कोअपरेसन काउन्सीलका सदस्य राष्ट्रहरु सवैका लागि राम्रो अवसर भएको पनि उनले बताए । 

    युरोपेली संघबाट बेलायत बाहिरिएपछिको परिस्थितिलाई मध्यनजर गर्दै खाडी मुलुकहरु र बेलायतका बीचमा व्यापार सम्झौता गर्ने तयारी भएको हो । 

    साताको लोकप्रीय