‘सहकारीमार्फत ब्याजमा अनुदान कार्यक्रम अगाडि बढाउँदैछौं’

‘सहकारीमार्फत ब्याजमा अनुदान कार्यक्रम अगाडि बढाउँदैछौं’

अर्थ डबली
शनिवार, आश्विन २३ २०७८
अर्थ डबली
शनिवार, आश्विन २३ २०७८ (अर्काइभ बाट)
  • ‘सहकारीमार्फत ब्याजमा अनुदान कार्यक्रम अगाडि बढाउँदैछौं’

    कञ्चनपुर / सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले कृषिलाई आधुनिकीरण गरी व्यवसायीमुखी बनाउन सहकारीमार्फत ब्याजमा अनुदान कार्यक्रम अगाडि बढाइएको बताएका छन् । 

    images
    images

    शुक्लाफाँटा नगरपालिका–१० झलारीमा रहेको कञ्चन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आज नवौँ वार्षिक सधारणसभाको उद्घाटन गर्दै उनले ब्याज अनुदान कार्यक्रमलाई सहकारीमार्फत लैजान छलफल भइरहेको बताए ।

    “सहकारीलाई उत्पादनसँग जोडेर लैजाने अभियानमा लागेका छौँ”, उनले भने, “यसका लागि नयाँ नीति ल्याएका छौँ, जसअन्तर्गत ब्याजमा ८० प्रतिशत अनुदान दिन्छौँ, कार्यक्रम सञ्चालनका लागि कार्यदल बनाएर अध्ययनको काम भइरहेको छ ।”

    कृषिमा सहकारीलाई जोडेर सदस्यहरुलाई स्वरोजगार बनाउने नीति भएको उनले बताए। प्राविधिक शिक्षासँग रोजगारलाई जोड्न सिटीइभिटीसँग छलफल गरिएको चर्चा गर्दै उनले प्रदेश प्राविधिक शिक्षालय गठन गरी प्रदेशका युवाहरुलाई स्वदेशमै रोजगार दिइने जानकारी गराए।

    “युवाहरू विदेशिने समस्यालाई ध्यानमा राखेर व्यावसायिक शिक्षामा जोड दिन थालेका छौँ”, मन्त्री खड्काले भने, “पाइलट फेजमा कार्यक्रम सुरु गर्दैछौँ ।” यसका लागि युवाको चाहनाअनुसार तालिम दिई स्वरोजगार बनाउन बिनाधितो न्यून ब्याजमा पूँजीको व्यवस्था गरिने उनले बताए । 

    सीप सिकाउने व्यवसाय सञ्चालन गर्नका लागि पूँजीको व्यवस्था गर्ने कार्यसँगै बजार व्यवस्थापनको कार्यसमेत प्रदेश सरकारले गर्ने गरी कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए।

    स्थानीय तह, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरी सहकारीसँग सम्बन्धित कार्यक्रम संयुक्तरूपमा सञ्चालन गरिने उनले बताए ।

    यसका लागि मन्त्रालयले नयाँ कार्यक्रम लागू गरेको छ । त्यसका लागि कार्यदल गठन भइसकेकाले एक महिनाभित्र कार्यदलले प्रतिवेदन बुझाएसँगै कार्यक्रम सञ्चालन हुने उनले उल्लेख गरे । व्यावसायिक पूर्वाधार निर्माण, बजार व्यवस्थापनलगायतका लागि सहकारीसँगको सहकार्य आवश्यक भएको उनको भनाइ थियो ।

    साताको लोकप्रीय