Logo
शुक्रवार, कार्तिक ५ गते २०७८
images
कार्तिक ५ गते २०७८
images
images

फाइलमा होइन, योजनामा लगानी बढाइन्छ : अर्थमन्त्री शर्मा


२०७८ आश्विन, २३ शनिवार
  • 227
    SHARES

  • फाइलमा होइन, योजनामा लगानी बढाइन्छ : अर्थमन्त्री शर्मा

    काठमाडौँ / अर्थमन्त्री जनार्दन शर्माले शिक्षा क्षेत्रको विकासका लागि फाइलमा नभएर योजनामा लगानी बढाउने बताएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शनिबार राजधानीमा गरेको कार्यक्रममा उनले पहुँचका भरमा फाइल देखाएर बजेट पार्ने परिपाटीको अन्त्य गरिने बताएका हुन् ।

    images

    “फाइलमा लगानी गरेर अनुत्पादक भयो, त्यस्तो लगानी गरेर हुँदैन । पहुँचका भरमा एउटाले फाइल ल्याउँछ । यहाँ स्कूल छ भन्छ, अनि पैसा लान्छ । त्यसको अर्थ छैन”, उनले भने, “त्यसैले योजनामा, मिसनमा, परिणाममा, भविष्यमा, समयको सुरक्षाको लागि लगानी गर्नुपर्छ ।”

    शिक्षाले उत्पादन तथा परिणाम दिनुपर्नेमा मन्त्री शर्माले जोड दिए । उनले कतिपय बिना परिणामका ‘फाइल’मा लगानी भइरहेकोप्रति चिन्ता समेत व्यक्त गरे । “हामीले धेरै बाटो त खन्यौँ । तर प्रतिफल कति दिइरहेका छन्, यो बुझ्नुपर्छ”, उनले भने, “सडक निर्माण जस्तै प्रतिफल दिने विद्यालयहरूमा लगानी गरौँ ।”

    मन्त्री शर्माले जनसंख्या र आवश्यकताका आधारमा विद्यालयहरू स्थापना गर्नुपर्ने समेत बताए । कहाँ, कति जनसंख्याका लागि कस्तो विद्यालयको आवश्यकता हुन्छ विज्ञको रायअनुसार विद्यालय निर्माण गर्नुपर्ने उनको धारणा रहेको छ । उनले विद्यालय र विश्वविद्यालयहरूले राष्ट्रलाई परिणाम दिने खालको हुनुपर्ने बताए ।

    यो पनि पढ्नुहोस

    images
    images

    सम्बन्धित समाचार

    images
    images
    images

    ताजा अपडेट

    images
    images
    images
    images
    images

    धेरै पढिएको

    images