नवरात्रीमा नबिलसँग नवलगानी, नयाँ लगानीकर्ताहरूलाई के फाइदा ?  

नवरात्रीमा नबिलसँग नवलगानी, नयाँ लगानीकर्ताहरूलाई के फाइदा ?  

अर्थ डबली
आइतवार, असोज २४ २०७८
अर्थ डबली
आइतवार, असोज २४ २०७८ (अर्काइभ बाट)
  • नवरात्रीमा नबिलसँग नवलगानी, नयाँ लगानीकर्ताहरूलाई के फाइदा ?  

    काठमाडौँ / नबिल इन्भेष्टमेण्ट बैंकिंङ्ग लिमिटेडले नव लगानीकर्ताहरूलाई लक्षित गरी सेवा सुविधा सार्वजनिक गरेको छ । 

    images
    images

    कम्पनीले बडा दशैँको अवसरमा शेयर बजारमा प्रवेश गर्न चाहने नव लगानीकर्ताहरूलाई लक्षित गरी आफुले घटीमा ९ लाख रुपैयाँबाट नवप्रवेशी लगानी व्यवस्थापन सेवा प्राप्त गरेमा प्रथम नौ महिनाको लागि बार्षिक सेवा शुल्क वापतको रकम निःशुल्क गर्नुका साथै बाँकी अवधिका लागि वार्षिक सेवा शुल्क वापत मात्र ०.९ प्रतिशत लिइने जनाएको छ । । 

    यस्तो सेवा प्राप्त गरेवापत लगानी रकमको ९ प्रतिशतसम्म फाइदा भएमा सो भन्दा माथिको नाफामा ९ प्रतिशतका दरले पर्फमेन्स शुल्क कम्पनीले लगाउनेछ । 

    घटीमा ३ वर्षको लागि लकिंग हुने यस्तो रकम सेवा प्राप्त गर्दा गद्र्रै सेवा ग्राहीलाई बिचैमा रकम झिक्नु पर्ने अवस्था आएमा ०.९ प्रतिशतले नै हुन आउने शुल्क तिरी बाहिरीन सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले आफ्नो फाइदा रकम जुनसुकै वेला बिना कुनै शुल्क झिक्नसक्ने छन् । 

    नवरात्रीको अवसर पारेर लगानीदेखि मुनाफासम्म सबै ९ प्रतिशत देखि ०.९ प्रतिशतसम्मको शुल्क निर्धारण गरेको यो सेवा नवलगानीकर्ताहरुको लागि आम्दानीको एउटा राम्रो स्रोत हुनसक्ने देखिन्छ भने विद्यमान लगानीकर्ताहरु तथा  विभिन्न व्यवसायमा रहनु भएका व्यवसायीहरु र शेयर बजारको बारेमा विस्तृत विश्लेषण तथा अध्ययनको अभावका कारणले गर्दा लगानी गर्न नसक्नु भएको लगानीकर्ताहरुलाई यो सेवा फलदायी हुने जनाएको छ । 

    कम्पनीले उक्त सेवा सुविधाबाट नेपालको शेयर बजारमा प्रवेश गर्न चाहने नव लगानीकर्ताहरुले यसको पूर्ण फाइदा लिने विश्वास लिइएको जनाएको छ । 

    साताको लोकप्रीय