सुन प्रतितोला १०० रुपैयाँले बढ्यो, कति पुग्यो ? 

सुन प्रतितोला १०० रुपैयाँले बढ्यो, कति पुग्यो ? 

अर्थ डबली
आइतवार, आश्विन २४ २०७८
अर्थ डबली
आइतवार, आश्विन २४ २०७८ (अर्काइभ बाट)
  • सुन प्रतितोला १०० रुपैयाँले बढ्यो, कति पुग्यो ? 

    काठमाडौँ नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु १०० ले बढेर रु ९० हजार ७०० कायम भएको छ । छापावाल सुन गत हप्ताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला रु ९० हजार ६०० मा कारोबार भएको थियो । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला रु ९० हजार २५० मा कारोबार हुनेछ जुन शुक्रबार प्रतितोला रु ९० हजार १५० मा कारोबार भएको थियो ।

    महासङ्घका अनुसार आज चाँदीको मूल्य शुक्रबारको तुलनामा रु पाँचले बढेको छ । चाँदी शुक्रबार प्रतितोला रु एक हजार १७० मा कारोबार भएको थियो भने आजको कारोबार मूल्य प्रतितोला रु एक हजार १७५ तोकिएको छ ।

    साताको लोकप्रीय