नबिल बैंकले ल्यायो ‘नयाँ लुगा’नामको संवेदनमूलक दशैं भिडियो 

नबिल बैंकले ल्यायो ‘नयाँ लुगा’नामको संवेदनमूलक दशैं भिडियो 

अर्थ डबली
आइतवार, असोज २४ २०७८
अर्थ डबली
आइतवार, असोज २४ २०७८ (अर्काइभ बाट)
  • नबिल बैंकले ल्यायो ‘नयाँ लुगा’नामको संवेदनमूलक दशैं भिडियो 

    काठमाडौँ / नबिल बैंक लिमिटेडले ‘नयाँ लुगा’नामको संवेदनमूलक भिडियो सार्वजनिक गरेको छ । बैंकले गत वर्ष तयार पारेको दशैं भिडियोको सफलता पश्चात् यो वर्ष पनि ‘नयाँ लुगा’ नामक दशैंको भिडियो सार्वजनिक गरेको छ । 

    images
    images

    बैंकले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ “यस नयाँ भिडियो नेपालीहरुको महान चाड दशैं मनाउन शहरमा बसोबास गर्ने र दशैं मनाउन गाउँ फर्कने कथामा आधारित छ, यो कथा आम नेपालीहरूको आत्मकथा पनि हो ।”

    भिडियोमा एक जना बाबा शहरमा जागिर गर्दछन्, घरबाट छोरीको फोन आउँदछ, दशैंमा नयाँ कपडा ल्याइदिनु भनेर र उनी छोरी एवं श्रीमतीको खुशीका निम्ती दशैं किनमेल गरेर गाउँ फर्किन्छन् । 

    फर्किदा, बाटो बिग्रेर जाममा पर्दछ तर परिवारको माया अनि खुशीको लागि उनी रातभरी हिंडेर गाउँ पुग्दछन् । यो कथालाई भिडियोमा निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ । 

    घर पुग्दा छोरी, आमा अनि छोरीको साथी समेत सबै जना खुशी भई दशैं मनाउने तयारी गर्दछन् र अब जागिर खान शहर जाने होइन, गाउँमा नै केही गर्नु पर्दछ भन्ने सन्देश पनि भिडियोले दिएको छ । 

    यसैगरी दशैंको यस भिडियोले सकभर दशैंमा आफ्नो परिवारसँग भेटी सुरक्षित साथ खुशी साटासाट गर्छौ भन्ने सन्देश सरल ढङ्गले दिएको छ, जसले पहिले जस्तै सबैको मन जित्नेछ भन्ने अपेक्षा लिएको छ ।

    साताको लोकप्रीय