एन आई सी एशिया बैंकको डिजिटल दशैं योजना : धेरै डिजिटल कारोबार गर्नेले आकर्षक उपहारदेखि २५ प्रतिशतसम्म क्याब्याक पाउने 

एन आई सी एशिया बैंकको डिजिटल दशैं योजना : धेरै डिजिटल कारोबार गर्नेले आकर्षक उपहारदेखि २५ प्रतिशतसम्म क्याब्याक पाउने 

अर्थ डबली
आइतवार, असोज २४ २०७८
अर्थ डबली
आइतवार, असोज २४ २०७८ (अर्काइभ बाट)
  • एन आई सी एशिया बैंकको डिजिटल दशैं योजना : धेरै डिजिटल कारोबार गर्नेले आकर्षक उपहारदेखि २५ प्रतिशतसम्म क्याब्याक पाउने 

    काठमाडौँ / एन आई सी एशिया बैंकले डिजिटल कारोबारलाई प्रोत्साहनका निमित्त चाडपर्वका अवसरमा ‘डिजिटल दशैं’ योजना सार्वजनिक गरेको छ । 

    images
    images

    यस योजनामार्फत बैंकका विभिन्न डिजिटल च्यानलमार्फत कारोबार गर्दा सबैभन्दा धेरै कारोबार गर्ने ग्राहक महानुभावहरूलाई आकर्षक उपहार देखि अधिकतम २५ प्रतिशतसम्म क्यासब्याक तथा छुट प्रदान गरिनेछ । 

    ग्राहक महानुभावहरूलाई किनमेल गर्न अझ सहज पार्ने उद्देश्यअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहक महानुभावहरूलाई प्रोत्साहन गर्नका निमित्त विभिन्न सामग्री खरिद गरी बैंकको कार्डमार्फत ई-कमर्श तथा पिओएस भुक्तानी एवं मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले क्यूआर भुक्तानी गर्दा आकर्षक छुट तथा क्यासब्याकको व्यवस्था गरेको हो ।

    बैंकले २०७८ आश्विन २१ देखि कात्र्तिक २१ सम्म यस बैंकको भिसा कार्डमार्फत पिओएस कारोबार गर्ने ग्राहक महानुभावहरूलाई अधिकतम २५ प्रतिशतसम्म क्यासब्याकको योजना ल्याएको छ । 

    जसअनुसार पहिलोपटक पिओएस कारोबार गर्दा १० प्रतिशत वा अधिकतम रू. ५०, तेस्रोपटक कारोबार गर्दा १५ प्रतिशत वा अधिकतम रू. १२५ र पाँचौंपटक कारोबार गर्दा २५ प्रतिशत वा अधिकतम रू. २५० सम्म क्यासब्याज अफर रहेको छ । 

    त्यसैगरी बैंकले नगद कारोबारबाट ग्राहक महानुभावहरूलाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्ने उद्देश्य लिई २०७८ आश्विन २१ देखि कात्र्तिक ३० सम्म सबैभन्दा धेरै कारोबार गर्ने भाग्यशाली ग्राहक महानुभावहरूलाई पालसोनिकको तर्फबाट ३२ इन्च टिभी, सिजीको तर्फबाट माइक्रोवेभ ओभन, त्रिवेणी ग्रुपको तर्फबाट यासुदा ओभन, गैअ होलिडे होम धुलिखेलकोतर्फबाट एक जोडीलाई आकर्षक प्याकेज, हङकुक साराङको तर्फबाट एक जोडीलाई डिनर प्याकेज, साथीमार्टको तर्फबाट १० जना भाग्यशाली विजेतालाई रू.१,००० को शपिङ्ग भौचर, अर्किड ग्रुपको तर्फबाट यस बैंकको कार्डहरू प्रयोग गरी रू.५,००० भन्दा बढिको खरिदमा रू.५०० बराबरको गिफ्ट भौचर र ब्धभष् को तर्फबाट एक जनालाई इर्वुड प्रदान गरिनेछ । 

    चाडपर्वहरूलाई लक्षित गर्दै बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्न बैंकले विभिन्न उपहार योजना सञ्चालन गरिरहेको बेला निम्नलिखित मर्चेन्टहरूमा थप आकर्षक छुट तथा क्यासब्याकको व्यवस्था समेत ल्याएको छ । 

    आफ्नो कार्डमा ई–कमर्श भुक्तानी सुविधा नलिनुएका यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमा रहेको आइसर्भमार्फत एवं एपमार्फत सोझै सहज रुपमा आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्नेछन् । 

    बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५६ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

    २७ लाख ३६ हजार भन्दा बढी निक्षेप खाता एवं ९१ हजार भन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजार भन्दा बढी खाताहरू मार्फत ग्राहक महानुभावहरू माझ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रुपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । 

    उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ८३ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामिण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।

    साताको लोकप्रीय