मेटलाइफद्वारा आफ्ना उत्कृष्ट वितरण प्रतिनिधिहरूलाई सम्मान

मेटलाइफद्वारा आफ्ना उत्कृष्ट वितरण प्रतिनिधिहरूलाई सम्मान

अर्थ डबली
आइतवार, आश्विन २४ २०७८
अर्थ डबली
आइतवार, आश्विन २४ २०७८ (अर्काइभ बाट)
  • मेटलाइफद्वारा आफ्ना उत्कृष्ट वितरण प्रतिनिधिहरूलाई सम्मान

    काठमाडौँ / मेटलाइफ नेपालले काठमाडौंमा आयोजित वार्षिक पुरस्कार समारोहमा आफ्नो उत्कृष्ट एजेन्सी प्रतिनिधिहरुलाई सम्मान गरेको छ । नेपाल सरकारले तोकेको स्वास्थ्य र सुरक्षा सम्बन्धी सबै मापदण्डहरू पालना गरी आयोजना गरिएको कार्यक्रममा कम्पनीका शीर्ष अधिकारीहरू, योग्य एजेन्सी प्रबन्धकहरू, युनिट प्रबन्धकहरू र देशभरका फिल्ड प्रतिनिधिहरूले उपस्थिति जनाएका थिए । 

    images
    images

    ग्राहकहरुलाई आफ्नो जीवनमा अघि बढ्न मद्दत गर्ने मनसायका साथ मेटलाइफ नेपाल गत वर्ष देखि नै सबै ग्राहकवर्गहरुलाई सहज डिजिटल सेवाहरु प्रदान गर्न ध्यान केन्द्रित रह्यो । सो कम्पनी नेपालमै ग्राहकहरुको लागि अनलाइन प्रीमियम भुक्तानी सेवा प्रदान गर्ने पहिले जीवन बीमा कम्पनी हो । 

    उक्त कम्पनीसँग काइट नामको डिजिटल सेल्स सोलुसन पनि रहेको छ जसको प्रयोग गरि एजेन्ट तथा वित्तीय योजना सल्लाहकारहरुले जहाँपनि जुनसुकै ठाउँमा पनि ग्राहकहरुलाई एक सहज र फरक किसिमको अनबोर्डिङ्ग अनुभव दिलाउन सक्षम रहन्छन् । 

    कम्पनीको उपाध्यक्ष एवं महाप्रबन्धक निर्मल काजी श्रेष्ठ भन्छन् “अहिलेको विषम् परिस्थितिमा हाम्रा अभिकर्ताहरुको सहनशीलता र अनुकूलन क्षमता तथा विगत १२ महिनामा ग्राहकहरुलाई मद्दत गर्न देखाउनुभएको अटुट प्रतिबद्घता प्रति निकै नै गर्वावन्वित भएका छौं । मेटलाइफ नेपालले सहज डिजिटल अनुभवका माध्यमबाट ग्राहकहरुको जीवन यात्राको प्रत्येक चरणका आवश्यकताहरुलाई पूरा गर्न आफ्ना अभिकर्ताहरुको क्षमता विकासमा निरन्तर जोड दिइरहनेछ ।”

    मेटलाइफको सहायक कम्पनीको रूपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ ईन्स्योरेन्सको शाखाको रूपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरूलाई जीवन बीमा, दूर्घटना तथा स्वास्थ्य बीमा, र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरू प्रदान गरिरहेको छ । 

    साताको लोकप्रीय