काठमाडौँ / सिटीजन्स बैंक इन्टरनेसनलले प्रस्तावित लाभांश संशोधन गरेको छ ।
कम्पनीको यही कार्तिक १७ गते बसेको सञ्चालक समितिको ३४६औँ बैठकले आर्थिक बर्ष २०७६/०७७ को वितरणयोग्य मुनाफाबाट वितरण गरिने भनेको प्रस्तािवत लाभांश संशोधन गरेको हो ।
बैठकले २०७७ असार मसान्तसम्मको चुक्ता पूँजी ९ अर्ब ८ करो ९८ लाख १७ हजार २९० को ८ प्रतिशतले हुन आउने ७२ करोड ७१ लाख ८५ हजार ३८३.१८ रुपैयाँ बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, ३ प्रतिशतका दरले हुन आउने २७ करोड २६ लाख ९४ हजार ५१८.६९ नगद लाभांश गरी कूल ११ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।
कम्पनीले यसअघि ७.७० प्रतिशत बोनस शेयर र ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती भएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन्।