गुराँस लाइफ इन्स्योरेन्सको साधारणसभा मंसिर ८ गते, लाभांश वितरणको प्रस्ताव पारित गर्ने

गुराँस लाइफ इन्स्योरेन्सको साधारणसभा मंसिर ८ गते, लाभांश वितरणको प्रस्ताव पारित गर्ने

अर्थ डबली
मंगलवार, कार्तिक ४ २०७७
अर्थ डबली
मंगलवार, कार्तिक ४ २०७७ (अर्काइभ बाट)
  • गुराँस लाइफ इन्स्योरेन्सको साधारणसभा मंसिर ८ गते, लाभांश वितरणको प्रस्ताव पारित गर्ने

    काठमाडौँ / गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बार्षिक साधारणसभा मंसिर ८ गते बस्ने भएको छ ।

    images
    images

    कम्पनीको यही कार्तिक ३ गते बसेको सञ्चालक समितिको १६० औँ बैठकले कम्पनीको प्रधान कार्यालय श्री राज भवन तीनकुनेमा मंसिर ८ गते साधारणसभाको आयोजना गर्ने निर्णय गरेको हो । 
    सभाले लेखापरीक्षकको प्रतिवेदनसहित असार मसान्तसम्मको वासलात तथा नाफा नाक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका अनुसूचिहरुमाथि छलफल गर्ने बताइएको छ । 

    त्यस्तै, लेखापरिक्षण समितिको सिफारिस बमोजिम आर्थिक बर्ष २०७६/०७७ को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत साधारणसभाले पारित गर्नेछ । 

    सञ्चाकल समितिले सिफारिस गरे बमोजिम आर्थिक बर्ष २०७४/०७५ को मुनाफाबाट कम्पनीद्वारा घोषित बोनसदर १०.५० प्रतिशतको ५० प्रतिशत अर्थात ५.२५ प्रतिशत बोनस शेयर वितराण गर्नै र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनार्थ नगद लाभांश वितरणको प्रस्ताव समेत साधारणसभाले पारित गर्ने बताइएको छ । 

    guras.JPG

    guras.JPG1.JPG

    साताको लोकप्रीय