मेटलाइफको कोभिड केयर सहायता, ३ कार्य दिनमैे बीमा भुक्तानी 

मेटलाइफको कोभिड केयर सहायता, ३ कार्य दिनमैे बीमा भुक्तानी 

अर्थ डबली
आइतवार, बैशाख १९ २०७८
अर्थ डबली
आइतवार, बैशाख १९ २०७८ (अर्काइभ बाट)
  • मेटलाइफको कोभिड केयर सहायता, ३ कार्य दिनमैे बीमा भुक्तानी 

    काठमाडौं / मेटलाइफ नेपालले कोभिड केयर सहायता कार्यक्रमको शुरुवात गरेको छ । हाल व्याप्त कोभिड–१९ को अवस्थाबाट प्रभावित ग्राहकहरुको सहयोगार्थ मेटलाइफले यस कार्यक्रमको शुरुवात गरेको हो । 

    images
    images

    यसअन्तर्गत कोभिड–१९ का कारण भएको मृत्यु दावीमा ३ कार्यदिन भित्रै दू्रतमार्गी बीमा भुक्तानी सेवा प्रदान गरिने कम्पनीले जनाएको छ । 

    यस अन्तर्गत दावीकर्तालाई बीमा दावीकालागि आवश्यक कागजातहरु अनलाइननै पेश गर्न सक्ने सुविधा दिइएको छ भने लाभार्थीले दावी भुक्तानी तीन कार्यदिन भित्रै सोझै आफ्नो खातामा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले अधिक जानकारीकालागि सरल चरणबद्ध निर्देशनहरुको अनुशरण गर्न सक्नेछन् । 

    दू्रतमार्गी दावीकासाथै, यस कार्यक्रममा कोभिड लक्षण भएका ग्राहकहरुका लागि ३ वटा निदान केन्द्रहरुसँग घरमै आई पिसिआर परिक्षण प्रदान गर्ने सुविधाको पनि समावेश गरिएको छ भने डाँफे केयर मार्फत कोभिड संक्रमित ग्राहक र उनीहरुमा आश्रित परिवारजनहरुको विशेष हेरचाह प्रबन्धन कार्यक्रममा २० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ ।

    १४ दिने हेरचाह प्रबन्धन कार्यक्रममा भर्चुअल डाक्टरहरुद्वारा परामर्श, चिकित्सा परामर्श, निगरानी तथा कोभिड संक्रमित बिरामीहरुलाई आवश्यक औषधी सहयोग समावेश छ । 

    यस सुविधाकालागि ग्राहकले केवल ०१–५९७०१६६ मा डायल गरि कलसेन्टरमा सम्पर्क वा [email protected] मा ईमेल गर्न सक्नेछन् वा विस्तृत जानकारीकालागि कम्पनीको वेबसाइट वा फेसबुक पेजमा हेर्न सकिनेछ ।

    मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने–“अधिकांश नेपालीहरुका लागि अहिले अत्यन्त कठिन तथा अनिश्चित समय हो ।

    जनमानसलाई विश्वासिलो भविष्य निर्माणका लागि मद्दत गर्न हामीले आफ्नो जिम्मेवारीहरु गम्भिरताका साथ लिएका छौं र आशा राखेका छौं कि यस कोभिड केयर सहायता कार्यक्रमद्वारा हाम्रा ग्राहकहरुलाई कोभिड–१९ बाट उत्पन्न चुनौतीहरुको सामना गर्न केही मात्रामा भएपनि मनशान्ति तथा सुरक्षण प्रत्याभूति प्राप्त हुनेछ ।”

    MetLife, Inc को सहायक संस्था, संयुक्त राज्य अमेरिकामा संस्थापित अमेरिकन लाइफ इन्श्योरेन्स कम्पनीको शाखाको रुपमा MetLife  सन् २००१ देखि नेपालमा संचालन भइरहेको छ । नेपालमा यसले आफ्नो व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामुहिक बीमा जस्ता बीमा योजनाहरु उपलब्ध गराउदै आइरहेको छ । 

    MetLife, Inc. (NYSE: MET), आफ्ना सहायक र सम्बद्घ संस्थाहरु सहित (“MetLife”) वित्तीय सेवा प्रदायक विश्वका प्रमुख कम्पनीहरु मध्येको बीमा, एन्युटी, कर्मचारी लाभ योजनाहरु र सम्पत्ति व्यवस्थापनको सेवा प्रदान गरी व्यक्तिगत तथा संस्थागत ग्राहकहरुको बदलिंदो संसारलाई जीवनमा अगाडि बढ्न मद्घत गरिरहेको एक प्रमुख वित्तीय सेवा प्रदायक कम्पनी हो ।

    सन् १८६८ मा स्थापित भएको MetLife, विश्वभर ४० भन्दा बढि बजारहरुमा संचालनमा रहेको छ र संयुक्त राज्य अमेरिका, जापान, ल्याटिन अमेरिका, एशिया, युरोप र मध्य पूर्वमा अग्रणी स्थान ओगटेको छ ।

    साताको लोकप्रीय