महालक्ष्मी विकास बैंकको खुद मुनाफा ७१ प्रतिशतले बढ्यो, अन्य सूचकको अवस्था यस्तो छ 

महालक्ष्मी विकास बैंकको खुद मुनाफा ७१ प्रतिशतले बढ्यो, अन्य सूचकको अवस्था यस्तो छ 

अर्थ डबली
बुधवार, श्रावण ६ २०७८
अर्थ डबली
बुधवार, श्रावण ६ २०७८ (अर्काइभ बाट)
  • महालक्ष्मी विकास बैंकको खुद मुनाफा ७१ प्रतिशतले बढ्यो, अन्य सूचकको अवस्था यस्तो छ 

    काठमाडौँ / महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक बर्ष २०७७/०७८ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार असार मसान्तमसम्म बैंकले ७१.०२ प्रतिशत मुनाफा गर्न सफल भएको छ ।

    images
    images

    अघिल्लो आर्थिक बर्ष २०७६/०७७ मा ४२ करोड ८५ लाख ६४ हजार रुपैयाँ नाफा कमाएको बैंकले समिक्षा अवधिमा ७३ करोड २९ लाख १६ हजार रुपैयाँ नाफा कमाएको हो । 

    असार मसान्तसम्म बैंकले खुद ब्याज आम्दानी १.५० प्रतिशतले बृद्धि गरेर १ अर्ब ५६ करोड ७३ हजार रुपैयाँ पर्याएको छ । अघिल्लो आर्थिक बर्षमा बैंकको उक्त नाफा १ अर्ब ५४ करोड ४१ हजार रुपैयाँ रहेको थियो । 

    यसैगरी समिक्षा अवधिमा बैंकको अन्य सञ्चालन आम्दानी ३३ करोड ८९ लाख ३ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक बर्षमा १६ करोड ४९ लाख ८९ हजार रुपैयाँ अन्य सञ्चालन गरेको बैंकले यस अवधिमा भने यो रकममा ३८६.७८ प्रतिशतले बृद्धि गरेको हो । 

    अघिल्लो आ.वको चौथो त्रैमासमा ३० करोड ९९ लाख ४६ हजार रुपैयाँ सञ्चालन गरेको बैंकले गत आ.वको सोही अवधिमा भने यो रकम ६७.७९ प्रतिशतले बृद्धि गरेर १ अर्ब २ करोड ३४ लाख ५४ हजार रुपैयाँ पुर्याएको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा रकम ५६ करोड ३८ लाख ५६ हजार रुपैयाँ रहेको छ भने जगेडा कोष रकम १ अर्ब ५९ करोड ६५ लाख २ हजार रुपैयाँ रहेको छ । अघिल्लो आ.वको चौथो त्रैमासमा बैंकको जगेडा कोष रकम १ अर्ब ४२ करोड ७४ लाख ४१ हजार रुपैयाँ रहेकोमा समिक्षा अवधिमा ११.८४ प्रतिशतले बृद्धि गरेको हो । 

    त्यस्तै, समीक्षा अवधिमा बैंकले ४.४१ प्रतिशतबढी निक्षेप सङ्कलन गरेको छ भने कर्जा लगानी पनि २.२७ प्रतिशतले बढाउन सफल भएको छ । अघिल्लो आ.वको असार मसान्तमा बैंकले ३६ अर्ब ९७ करोड ७१ लाख ९ हजार रुपैयाँ निक्षेप सङ्कलन गरेर २९ अर्ब ४३ करोड ८१ लाख १९ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो भने गत आ.व.को असार मसान्तसम्ममा ३८ अर्ब ६० करोड ९२ लाख ५० हजार रुपैयाँ निक्षेप सङ्कलन गरेर ३० अर्ब १० करोड ६३ लाख ७४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

    यस अवघिमा बैंकको सञ्चित कोष रकम ५६ करोड ७६ लाख ३८ हजार रुपैयाँ रहेको छ । अघिल्लो आ.व.मा यस्तो रकम २८ करोड ८३ लाख ५३ हजार रुपैयाँ रहेकोमा समीक्षा अवधिमा ९६.८६ प्रतिशतले बृद्धि गरेको हो । 

    असार मसान्तसम्म बैंकको चुक्ता पूँजी रकम ३ अर्ब ३४ करोड २४ लाख ३ हजार रुपैयाँ रहेको छ । अघिल्लो आ.व.मा सो रकम ३ अर्ब ७ करोड २० लाख ६१ हजार रुपैयाँ रहेकोमा समिक्षा अवधिमा बैंकले ८.८० प्रतिशतले बढाएको हो । 

    अघिल्लो आ.व.को चौथो त्रैमासमा ९.९५ प्रतिशत रहेको बैंकको आधार ब्यजादर समीक्षा अवधिमा भने २.६७ प्रतिशतले घटेर ७.२८ प्रतिशत कायम भएको छ । यसैगरी बैंकले स्प्रेड रेट भने ०.१८ प्रतिशतले बढाएर ४.३५ प्रतिशतबाट ४.३५ प्रतिशत पुर्याएको छ । अघिल्लो आ.वको चौथो त्रैमासमा ७३.५० प्रतिशत रहेको बैंकको सिसिडि रेसियो समीक्षा अवधिमा भने ७९.६७ प्रतिशत कायम भएको छ ।

    यसैगरी पुँजीकोष अनुपात अघिल्लो आ.व.को असार मसान्तमा १३.४१ प्रतिशत रहेको थियो भने गत आ.व.को असार मसान्तमा १३.६७ प्रतिशत रहेको छ । बैंकको खराब कर्जा भने सामान्य बृद्धि भएको छ । अघिल्लो आ.व.को चौथो त्रैमासमा २.८० प्रतिशत रहेको बैंकको खराब कर्जा समीक्षा अवधिमा भने ०.५१ प्रतिशतले बढेर ३.३२ प्रतिशत पुगेको छ ।

    त्यस्तै, अघिल्लो बर्षको चौथो त्रैमासमा बैंकको प्रतिशेयर आम्दानी २३.९५ रुपैयाँ रहेकोमा गत बर्षको सोही अवधिमा भने २१.९३ रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको नेटवर्थमा पनि ५.७१ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आ.व.को असार मसान्तमा बैंकको नेटवर्थ रकम १५५ रुपैयाँ ८५ पैसा रहेकोमा गत आ.व.को असारमसान्तमा भने १६४ रुपैयाँ ६५ पैसा कायम भएको छ । 

     

    साताको लोकप्रीय