काठमाडौँ / सुनको भाउमा आज पनि गिरावट आएको छ । हिजो तोलामा एकैपटक एक हजार ८०० रुपैयाँ घटेको सुनको भाउ आज बुधबार पनि तोलामा एक हजार रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य अनुसार आज छापावाल सुन चोलामा एक हजार रुपैयाँ घटेको हो । यसअघि तोलामा ९२ हजार ५०० रुपैयाँ कायम भएको सुनको भाउ बिहीबार ९१ हजार ५०० रुपैयाँमा कारोबार हुनेछ ।
सोही परिमाणको तेजावी सुनलाई भने आज तोलामा ९१ हजार रुपैयाँ पर्नेछ । यता, चाँदीको भाउमा पनि गिरावट आएको छ ।
हिजो एक हजार १८० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा एक हजार १७५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।