महालक्ष्मी विकास बैंकका ग्राहकहरूले कान्तिपुर अस्पतालमा उपचार गराउँदा विशेष छुट पाउने

महालक्ष्मी विकास बैंकका ग्राहकहरूले कान्तिपुर अस्पतालमा उपचार गराउँदा विशेष छुट पाउने

अर्थ डबली
सोमवार, साउन ३२ २०७८
अर्थ डबली
सोमवार, साउन ३२ २०७८ (अर्काइभ बाट)
  • महालक्ष्मी विकास बैंकका ग्राहकहरूले कान्तिपुर अस्पतालमा उपचार गराउँदा विशेष छुट पाउने

    काठमाडौँ / महालक्ष्मी विकास बैंकका ग्राहकहरूले कान्तिपुर अस्पतालमा उपचार गराउदा छुट पाउने भएका छन् ।

    images
    images

    महालक्ष्मी विकास बैंक लिमिटेडले यही साउन ३१ गते आफ्ना ग्राहकहरूलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले बैंकको बानेश्वर शाखाको अगुवाईमा कान्तिपुर अस्पताल प्रा.लि.सँग सम्झौता गरेको हो । 

    उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरूले कान्तिपुर अस्पताल प्रा. लि.मा उपचार गराउँदा विभिन्न सेवा शुल्कहरुमा छुट पाउने भएका हुन् । 

    सम्झौता अनुसार बैंकको डेबिट कार्ड र मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्ने ग्राहकहरुले निशुल्क एम्बुलेन्स सेवा, बेड चार्ज/आइसियू/एचसियू, भेन्टिलेटर चार्ज र फार्मेसीमा १० प्रतिशत छुट प्राप्त गर्नुका साथै जेनरल बेड चार्ज/क्याबिन, इन्भेस्टिगेशन -Lab, X-ray, USG, ECG, Endoscopy, PFT, TMT, Echo), Procedure Charge (Plaster, Stitching, Dressing)मा १५ प्रतिशतको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । 

    सम्झौता पत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक हिमालय बिक्रम मल्ल ठकुरीले र बैंकका तर्फबाट बानेश्वर शाखाका प्रमुख विकास रावलले हस्ताक्षर गरेका हुन् । 

    देशका १०३ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. ले कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङमार्फत कारोबार गरी आफु सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्न बैंकले आग्रह गरेको छ । 

    साताको लोकप्रीय