मेगा बैंकका ग्राहकहरूलले कान्तिपुर अस्पतालमा विशेष छुट पाउने 

मेगा बैंकका ग्राहकहरूलले कान्तिपुर अस्पतालमा विशेष छुट पाउने 

अर्थ डबली
बिहिवार, भदौ ३१ २०७८
अर्थ डबली
बिहिवार, भदौ ३१ २०७८ (अर्काइभ बाट)
  • मेगा बैंकका ग्राहकहरूलले कान्तिपुर अस्पतालमा विशेष छुट पाउने 

    काठमाडौँ / मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरूले अब काठमाडौँको तीनकुनेमा रहेको कान्तिपुर अस्पतालमा विशेष छुट प्राप्त गर्ने भएका छन् । 

    images
    images

    मेगा बैंक नेपाल लिमिटेड र कान्तिपुर अस्पतालबीच मेगा बैंकका ग्राहकहरुलाई अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो । 

    सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले कान्तिपुर अस्पतालमा जनरल बेड, क्याबिन र ल्याबमा १५ प्रतिशतसम्म छुट पाउनेछन् भने एम्बुलेन्स सेवा निःशुल्क पाउनेछन् । 

    आइसियू, एचसीयू, भेन्टिलेटर र औषधी खरिद गर्दा भने १० प्रतिशतसम्म छुट दिने अस्पतालले जनाएको छ । यसैगरी, मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई शुल्यक्रिया गर्नुपरेमा विशेष छुट र कोभिडको पीसीआर परिक्षणमा २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ । 

    मेगा बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर यस अघिनै काठमाडौँ उपत्यका लगायत देशका विभिन्न अस्पतालहरुसँगको सहकार्यमा छुटको व्यवस्था गर्दै आएको छ । 

    साताको लोकप्रीय