Logo
शुक्रवार, कार्तिक ५ गते २०७८
images
कार्तिक ५ गते २०७८
images
images

मेगा बैंकका कार्ड प्रयोगकर्तालाई विशेष फेस्टिभल अफर 


२०७८ आश्विन, २५ सोमवार
  • 190
    SHARES

  • मेगा बैंकका कार्ड प्रयोगकर्तालाई विशेष फेस्टिभल अफर 

    काठमाडौँ / मेगा बैंक नेपाल लिमिटेडले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी भिसा डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारमा विशेष फेस्टिभल अफर ल्याएको छ । 

    images

    मेगा बैंकले डेबिट कार्ड प्रयोगकर्तालाई ई-कमर्स कारोबारको १० प्रतिशत वा बढीमा ५ सयसम्म क्यासब्याक र क्रेडिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारको १५ प्रतिशत वा १ हजारसम्म क्यासब्याकको अफर ल्याएको हो । 

    यसैगरी, मेगा बैंकमा खाता खोली पहिलोपटक ई-कमर्स कारोबार गर्ने डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारको २० प्रतिशतसम्म वा २ हजारसम्म क्यासब्याक सुविधा दिइने भएको छ ।

    असोज २४ बाट कात्तिक २४ गतेसम्म सञ्चालन हुने यस अफर योजनामा सबैभन्दा बढी कारोबार गर्ने ५ जना डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई उपहार कार्डको व्यवस्था गरिएको मेगा बैंकले जनाएको छ ।

    यसैगरी, चाडपर्वभर मेगा बैंकले इ-कमर्स कारोबारमा कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरेको छ । चाडपर्वको उपहार स्वरुप यस अफर ल्याइएकाले नजिकको शाखा कार्यालयमा गई खाता खोलेर डेबिट तथा क्रेडिट कार्डमार्फत क्यासब्याकको लाभ लिन मेगा बैंकले आग्रहहरुलाई अनुरोध गरेको छ । 

     

    यो पनि पढ्नुहोस

    images
    images

    सम्बन्धित समाचार

    images
    images
    images

    ताजा अपडेट

    images
    images
    images
    images
    images

    धेरै पढिएको

    images