‘महालक्ष्मी साहित्यिक पुरस्कार–२०७७’द्वारा साहित्यकार डा. लम्साल सम्मानित

‘महालक्ष्मी साहित्यिक पुरस्कार–२०७७’द्वारा साहित्यकार डा. लम्साल सम्मानित

अर्थ डबली
आइतवार, चैत १ २०७७
अर्थ डबली
आइतवार, चैत १ २०७७ (अर्काइभ बाट)
  • ‘महालक्ष्मी साहित्यिक पुरस्कार–२०७७’द्वारा साहित्यकार डा. लम्साल सम्मानित

    काठमाडौँ / महालक्ष्मी विकास बैंक लिमिटेडले मातृभुमी साहित्य समाजसँग समन्वय गरी बार्षिक रुपमा प्रदान गर्दै आइरहेको 'महालक्ष्मी साहित्यिक पुरस्कार-२०७७' बाट साहित्यकार डा. नवराज लम्साल सम्मानित भएका छन् ।

    images
    images

    बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त पुरस्कारद्वारा डा.लम्साल सम्मानित गरेको हो ।

    बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलज कुमार अधिकारीले यही फागुन २९ गते आयोजित एक समारोहकाबीच ५१ हजार रुपैयाँ पुरस्कार रकम बराबरको चेकका साथै सम्मानपत्र साहित्यकार लम्साललाई हस्तान्तरण गरेका थिए । 

    धादिङमा जन्मिएका लम्सालले साहित्य क्षेत्रबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै बैंकले उक्त पुरस्कारबाट उनलाई सम्मान गरेको हो । 

    रेडियो नेपालका समाचार प्रमुखसमेत रहेका लम्सालका कर्ण र धरा दुई वटा महाकाव्य, एक्लै एक्लै, सगरमाथा पाइलैपिच्छे, आगो छोपेर कतिञ्जेललगायतका कविता सङ्ग्रह र धुनभित्र धुनबाहिर गीति सङ्ग्रह प्रकाशित छन् ।
    बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अभैm प्रभावकारी कार्यव्रmमहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

    साताको लोकप्रीय