भन्सारदर बढेपछि विद्युतीय गाडी आयात नै ठप्प 

भन्सारदर बढेपछि विद्युतीय गाडी आयात नै ठप्प 

अर्थ डबली
आइतवार, चैत १५ २०७७
अर्थ डबली
आइतवार, चैत १५ २०७७ (अर्काइभ बाट)
  • भन्सारदर बढेपछि विद्युतीय गाडी आयात नै ठप्प 

    सरकारले विद्युतीय सवारीसाधनको प्रयोग बढाउने नीति लिए पनि आयात भने ठप्प हुन पुगेको छ । चालू आर्थिक वर्षको शुरूदेखि नै विद्युतीय गाडीको आयात घट्दै गएकोमा फागुनमा आयात शून्यमा झरेको छ । 

    images
    images
    images

    भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको माघसम्ममा १०३ ओटा विद्युतीय गाडीको आयात भएकोमा फागुनमा एउटा पनि गाडी आयात भएको छैन । विभागको तथ्यांकअनुसार गत आवको सोही अवधिमा ४२८ ओटा विद्युतीय गाडी भित्रिएका थिए ।

    सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत विद्युतीय गाडीको आयातमा भन्सार बढाएपछि यस्ता गाडीको आयात घटेको व्यवसायी बताउँछन् । गत आर्थिक वर्षसम्म विद्युतीय गाडीको आयातमा १० प्रतिशत मात्र भन्सार थियो ।

    तर सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत ८० प्रतिशतसम्म पु¥याएपछि व्यवसायीले विद्युतीय गाडीको आयात नै गर्न छाडे । 

    नाडाका महासचिव सुनिल रिजालले विद्युतीय गाडीमा सरकारले गरेको करवृद्धिपछि माग ह्वात्तै घटेको बताए । 

    आजको आर्थिक अभियान दैनिकमा काशीराम बजगाईंले लेखेका छन् । 

    साताको लोकप्रीय