सिभिल बैंकको सीईओ पोखरेलले आजदेखि पदभार सम्हाले, यस्तो छ उनको बैंकीङ अनुभव

सिभिल बैंकको सीईओ पोखरेलले आजदेखि पदभार सम्हाले, यस्तो छ उनको बैंकीङ अनुभव

अर्थ डबली
शुक्रवार, आषाढ १८ २०७८
अर्थ डबली
शुक्रवार, आषाढ १८ २०७८ (अर्काइभ बाट)
  • सिभिल बैंकको सीईओ पोखरेलले आजदेखि पदभार सम्हाले, यस्तो छ उनको बैंकीङ अनुभव

    काठमाडौं/  सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिलकुमार पोखरेलले कार्यभार सम्हालेका छन् । 

    images
    images

    सिभिल बैंक लिमिटेडको २०७८ जेठ २७ मा बसेको संचालक समितिको ३४५औं बैठकले प्रमुख कार्यकारी अधिकृतमा सुनिल कुमार पोखरेललाई प्रमुख कार्यकारी अधिकृतमा यहि असार १८ गतेदेखि लागू हुनेगरी नियूक्त गरेको थियो ।  पोखरेलको कार्यअवधि चार वर्षको लागि हुनेछ । 
    विगत दुई वर्षदेखि सिभिल बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतका रुपमा आवद्ध थिए । आजदेखि उनले बैंकको प्रमुख कार्यकारी अधिकृतको पदभार सम्हालेका हुन् । 

    गत वैशाख १८ गते बैंकका तत्कालीन सिइओ गोविन्द गुरुङले राजीनामा दिएपछि हालसम्म बैंक सीइओविहीन थियो । 
    यस सिभिल बैंकले चालु आर्थिक वर्षको जेष्ठ मसान्त सम्म रु. ८८.९४ अर्वको निक्षेप र रु. ८३.६० अर्वको कर्जा विस्तार गर्न सफल बैंक हो । 

    को हुन् सीईओ पोखरेल ? 

    मुलुको उत्कृष्ट बैंक सिभिल बैंकमा आज असार १८ गते शुक्रबारदेखि प्रमुख कार्यकारी जिम्मेवारी सम्हालेका सीईओ सुनिल कुमार पोखरेलसँग नेपालका विभिन्न बैंकमा कार्य अनुभव लिईसकेका व्यक्ति हुन् ।

    विभिन्न बैंकमा विभिन्न पदिय जिम्मेवारीमा आफ्नो कार्यसम्पादन देखाइसकेका सीईओ पोखरेल नेपालका विभिन्न बैंकहरु (स्ट्याण्डर्ड चाटर्ड नेपाल बैंकमा १६ वर्ष अनुभव लिएका छन् । यस्तै, एन.आइ.सी एशीया बैंकमा साढे ५ वर्ष, नविल बैंकमा १ वर्ष र पछिल्लो २ वर्ष सिभिल बैंकमा  बैंकीङ अनुभव संगालिसकेका छन् । 


    स्वदेशी तथा विदेशी बैंकमा लामो समय काम गरेका कारण उनलाई धेरैले विदेशी बैंकिङसम्बन्धी राम्रो ज्ञान तथा अनुभव भएको बैंकरका रुपमा चिन्छन् ।  सीईओ पोखरेलसँग विदेशी बैंकमा तीन वर्ष काम गरेको अनुभव छ ।
    उनले नेपाल बाहिर विभिन्न अन्तराष्ट्रिय बैंकहरु (स्ट्याण्डर्ड चाटर्ड बैंक, अफगानिस्तानमा साढे ३ वर्ष, म्यानमारको यूनाईटेड अमारा बैंकमा १ वर्ष र  म्यानमारको एजीडी बैंकमा १ वर्ष) मा ६ वर्ष समेत गरीे कुल तीन दशक लामो बैकिंग अनुभव लिएका व्यक्ति हुन् । 

    पदभार गर्दै सीईओ सुनिल कुमार पोखरेलले भने, 


    डिजिटलाईजेसनको माध्यमबाट कर्मचारीहरुको कार्य क्षमतामा अभिवृद्वि गर्दै कागजरहित बैंकको रुपमा अग्रसर हुँदै तथा ग्राहकमैत्री बनाउँदै लग्नेछु । 

    विविध नवीन योजनाहरु ल्याउँदै बैंकले व्यवसायको आयतनमा व्यापक वृद्धि गरी शेयर होल्डरलाई उचित प्रतिफल प्रदान गर्ने कुरामा ध्यान पुग्ने छ । 

     सिभिल बैंकका अध्यक्ष इच्छा राज तामाङ्ग भन्छन्ः 

    विगत तीन दशकको देश तथा विदेशमा सँगालेको अनुभवले सिभिल बैंकलाई नयाँ उचाईमा पु¥याउने कुरामा आफू विश्वस्त रहेको छु । बैंकले चालु आ.व.मा व्यवसायिक आकारमा राम्रो प्रगति रहेको तथा आगामी दिनहरुमा समेत निरन्तर प्रगति अगाडि बढ्नेमा विश्वस्त छु । 

     

    साताको लोकप्रीय