डिशहोम फाइबरनेट सेवाको नेपालका प्रमुख शहरहरूमा विस्तार  

डिशहोम फाइबरनेट सेवाको नेपालका प्रमुख शहरहरूमा विस्तार  

अर्थ डबली
मंगलवार, असार २२ २०७८
अर्थ डबली
मंगलवार, असार २२ २०७८ (अर्काइभ बाट)
  • डिशहोम फाइबरनेट सेवाको नेपालका प्रमुख शहरहरूमा विस्तार  

    काठमाडौँ / डिशहोम फाइबरनेट सेवा नेपालका प्रमुख शहरहरूमा विस्तार भएको छ । डिशहोमले फाइबरनेट सेवा देशबासीहरू माझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरी आफ्ना DTH प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२०मा डिशहोमले सुरू गरेको हो । 

    images
    images

    डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ । 

    डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागी डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम GO App र XVOD जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् ।  

    फाइबरनेटका योजनाहरु १० Mbps देखि १०० Mbpsसम्म उपलब्ध छन् । काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा र ईटहरीमा यस अघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ ।

    समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हालमा बर्दिवास, बुटवल, ढल्केबर र शंखमुल पुगेको छ र छिटै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, जनकपुर, विरगंज लगायत अन्य स्थानमा पनि पुग्दैछ । 

    डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४०००मा सम्पर्क गरी जानकारी लिनसमेत कम्पनीले आग्रह गरेको छ । 

    साताको लोकप्रीय