डिशहोम फाइबरनेट सेवाको नेपालका यी प्रमुख शहरहरुमा विस्तार  

डिशहोम फाइबरनेट सेवाको नेपालका यी प्रमुख शहरहरुमा विस्तार  

अर्थ डबली
बुधवार, असार २३ २०७८
अर्थ डबली
बुधवार, असार २३ २०७८ (अर्काइभ बाट)
  • डिशहोम फाइबरनेट सेवाको नेपालका यी प्रमुख शहरहरुमा विस्तार  

    काठमाडौं / डिशहोम फाइबरनेट उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गर्दै आफ्ना म्त्ज् प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२० मा डिशहोमले सुरु गरेको हो । 

    images
    images

    डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीले एक विज्ञप्ति जारी गर्दै बताएको छ । 

    डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित, डिशहोमका ग्राहकहरुका लागि डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम GO APP XVOD जस्ता विभिन्न सुविधाहरु उपलब्ध गराएको छ । 

    फाइबरनेटका योजनाहरु १० MBPS देखि १०० MBPS सम्म रहको डिशहोमले जनाएको छ । 

    काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा र ईटहरीमा यस अघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ । 

    समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट अहिले बर्दिवास, बुटवल, ढल्केबर, शंखमुल र बिराटनगरसम्म सेवा विस्तार गरेको छ । छिटै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, जनकपूर, विरगंज लगायत अन्य स्थानमा पनि पर्याउने योजना रहेको कम्पनीले बताएको छ 

    साताको लोकप्रीय