चौथो त्रैमासमा कुमारी बैंकको खुद मुनाफा रकम २ अर्ब बढी , अन्य सूचकमा कति प्रगति ? 

चौथो त्रैमासमा कुमारी बैंकको खुद मुनाफा रकम २ अर्ब बढी , अन्य सूचकमा कति प्रगति ? 

अर्थ डबली
शुक्रवार, साउन २९ २०७८
अर्थ डबली
शुक्रवार, साउन २९ २०७८ (अर्काइभ बाट)
  • चौथो त्रैमासमा कुमारी बैंकको खुद मुनाफा रकम २ अर्ब बढी , अन्य सूचकमा कति प्रगति ? 

    काठमाडौँ / कुमारी बैंक लिमिटेडले गत आर्थिक बर्ष २०७७/०७८ मसान्तसम्ममा २ अर्बभन्दा बढी नाफा गरेको छ । 
    अघिल्लो आर्थिक बर्ष २०७६/०७७ को चौथो त्रैमाससम्ममा १ अर्ब १५ करोड ८५ लाख रुपैयाँ खुद नाफा गरेको बैंकले गत आ.व.को सोही अवधिमा भने ७२.७४ प्रतिशत बढी २ अर्ब ११ लाख ४५ हजार रुपैयाँ नाफा गरेको छ ।  

    images
    images
    images

    खुद ब्याज आम्दानी, अन्य सञ्चालन आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ६९.१६ प्रतिशत र खुद ब्याज आम्दानी ४६.५६ प्रतिशतले बढेको हो ।  

    समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा रकममा ५३.४९ प्रतिशतले बृद्धि गरेको छ । अघिल्लो आ.व.को चौथो त्रैमासमा ७१ करोड २८ लाख ८२ हजार रुपैयाँ वितरणयोग्य मुनाफा रहेकोमा गत आ.व.को सोही अवधिमा भने सो रकम बृद्धि गरेको १ अर्ब ९ करोड ४२ लाख ६ हजार रुपैयाँ पुर्याएको छ । 

    यसैगरी बैंकको खुद ब्याज आम्दानी ४६.५६ प्रतिशतले बढेको छ । अघिल्लो आ.व.को असार मसान्तसम्ममा ३ अर्ब ५७ करोड ३१ लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत आ.व.को समीक्षा अवधिमा सो रकम बृद्धि गरी ५ अर्ब २३ करोड ६९ लाख ५५ हजार रुपैयाँ  पुर्याएको छ । 

    समीक्षा अवधिमा बैंकको जगेडा कोष रकम ७.८३ प्रतिशत बढेको छ भने निक्षेप र कर्जा क्रमशः २७.५८ प्रतिशत र २४.६४ प्रतिशत बढेको छ। 

    बैंकको प्रतिशेयर आम्दानी १५.३८ रुपैयाँ पुगेको छ भने सिसिडि रेसियो ७.८० प्रतिशतले बढेको छ । खराब कर्जा रकम २२.३० प्रतिशतले घटाएको बैंकको स्प्रेड रेट ३.३१ प्रतिशत रहेको छ भने मूल्य आम्दानी अनुपात २५।७२ गुणा र प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ८९ पैसा रहेको छ।

    Report kumari bank  report.JPG

    साताको लोकप्रीय