राकुटेन भाइबर एक दशकको यात्रामा : युक्रेनदेखि नेपालसम्मका प्रयोगकर्ताहरुसँगै १० औँ वार्षिकोत्सव मनाइने 

राकुटेन भाइबर एक दशकको यात्रामा : युक्रेनदेखि नेपालसम्मका प्रयोगकर्ताहरुसँगै १० औँ वार्षिकोत्सव मनाइने 

अर्थ डबली
आइतवार, मंसिर १४ २०७७
अर्थ डबली
आइतवार, मंसिर १४ २०७७ (अर्काइभ बाट)
  • राकुटेन भाइबर एक दशकको यात्रामा : युक्रेनदेखि नेपालसम्मका प्रयोगकर्ताहरुसँगै १० औँ वार्षिकोत्सव मनाइने 

    काठमाडौँ / राकुटेन भाइबर स्थापनाको एक दशक भएको छ । सो अवसरमा कम्पनीले पैसा नलाग्ने र सहज सञ्चार आदान प्रदानका लागि विश्वको अग्रणी एपहरु मध्येको एक राकुटेन भाइबरले १४ शृंखलाको एक लघु वृत्तचित्रको साथमा आफ्नो “भाइबर हिरोज्” प्याकेजको घोषणा गरेको छ । 

    images
    images

    उक्त वृत्तचित्रले बितेका वर्षहरुमा भाइबरको प्रयोग गरेर विश्वभरका मानिसहरुले आफ्नो जीवनमा कसरी परिवर्तन ल्याउन सफल भए भन्ने सम्बन्धमा वास्तविक कथाहरु समेटेको छ । 

    प्रयोगकर्ताहरुले वर्षैभरी अर्थपूर्ण सम्बन्ध बनाइराख्न भाइबर प्रयोग गरीरहेकै कारणले भाइबर विश्वकै सर्वाधिक प्रयोग हुने मेसेजिङ्ग एप बन्न सफल भएको र तसर्थ भाइबर विश्वकै एक प्रमुख कम्पनीको रुपमा उन्नति पाएको उत्सव पनि भाइबरको दशौं वार्षिकोत्सवले प्रतिबिम्बित गर्दछ ।

    १० वर्ष अघि आफ्नो पदार्पण भएदेखि भाइबरले भिओआइपि कल, ग्रुप भिडियो च्याट, रमाइलो स्टिकरहरु र प्रयोगकर्ताको डाटा गोपनीयता संरक्षण गर्न पूर्व निर्धारित उच्च स्थरको सुरक्षाका प्रोटोकलहरु जस्ता विशेषताहरु पहिलो पटक उपलब्ध गराएर एक नयाँ आयाम रच्न सफल भइसकेको छ । 

    आज, भाइबरले आफ्ना हिरोहरुको व्यक्तिगत कथाहरु १४ वटा छोटो भिडियोहरुको शृङ्खलामा उतारेर उत्सव मनाउँदैछ । 

    यी हिरोहरु रुस, अल्जेरिया, इराक, बुल्गेरिया, ग्रीस, सर्बिया, युक्रेन, नेपाल, श्रीलँका र फिलिपिन्सका रहेका छन् । यी हिरोहरु फरक उमेर समुहका र फरक पृष्ठभूमिका छन् – भाइबरमा आफ्नो कोहि प्रीय साथीसँग भेट भएको देखि लिएर पुराना साथीहरुसँग सम्पर्कमा रहिरहेको देखि यस प्लेटफर्म एक सहायताको स्रोत बन्न पुगेको जस्ता कथाहरु यस शृँखलाले सुनाउँछ । 

    यी सम्मोहक विवरणहरु इस प्रकार रहेका छन्ः

    नेपालः अविनाश केही वर्ष पहिले अष्ट्रेलिया गएका थिए र उनलाई नेपाल फर्केर आउने मौका नै मिलेको थिएन । यो पटक उसलाई नेपाल आउने मौका मिलेको थियो र यसैले ऊ यस वर्ष आफ्नी आमाको जन्मदिनमा आमालाई सप्राइज दिने भनेर उत्साहित थियो तर त्यस्तैमा कोभिड–१९ आइदियो । 

    यसैले निरुत्साहित हुनुभन्दा अविनाशले आफ्नी आमालाई भाइबर ग्रुप भिडियो कलबाट जन्मदिनमा मीठासपूर्ण जन्मदिनको बधाई दिएर अचम्मित पार्ने योजना बनायो । 

    त्यो विशेष दिन मनाउन लकडाउनकै बीचमा पनि उनीहरुका साथीभाइहरु र परिवार भाइबरमा भेला भएका थिए ।

    युक्रेनः देशभर लकडाउन भएकोले सार्वजनिक यातायातका साधनहरु बन्द भएका बेला युक्रेनका डक्टरहरुलाई काममा जानु जरुरी थियो । यरोस्ल्याभ कुरेजा, जो आकस्मिक तथा विपद् मेडिसिनका लागि किभ सेन्टरका डक्टर थिए, उनले भाइबर मार्फत् डक्टरहरुलाई सशक्त बनाउन एक “टेक द मेडिक” कम्युनिटी नै खडा गर्नु भयो । 

    यस पहलले स्थानीय भाइबर कम्युनिटीमा १०,००० भन्दा बढी सदस्यहरु भए, जो एक आपसलाई आवश्यक पर्दा सहयोग गर्छन् । यो समुह अहिले सार्वजनिक यातायात सुचारु भैसकेपछि पनि सक्रिय रुपले काम गरिरहेको छ ।

    बुल्गेरियाः यस वर्षको प्रारम्भमा महामारीको दौरानमा बुल्गेरियाको “बुर्गास मेन हस्पिटल”मा जन्मिएको आफ्नो नवजात शिशु हेर्न उनीहरुको अभिभावकहरुलाई मात्र भाइबर एक माध्यम भएको थियो । त्यसैले नवजात शिशु विभागका कर्मचारीले भिडियो कललाई सुविधाजनक बनाउन र सहयोग गर्न तथा उनीहरुका बालबच्चाबाट अलग भएका मातापिताहरुलाई आश्वासन दिन व्यवस्था भाइबरद्वारा मिलाए ।

    रुसः एलीना एक अपाङ्गता भएको बच्चाको आमा हुन्, जसले विरलै घर छाड्न सक्छिन् । भाइबरको मद्दतले उनले बागवानी कम्युनिटी बनाउन शुरु गरिन्, जसमा अहिले नै २००० सदस्यहरु आबद्ध भइसकेका छन् । उन्को कम्युनिटी मार्फत एलीनाले बोट विरुवाहरु र फूलहरु हुर्काउँछिन्, आफ्नो बागवानीको अनुभव अरुहरुसँग सेयर गर्छिन् र यसैले उनलाई यस कठिन समयको सामना गर्न मद्दत गरेको छ ।

    श्रीलङ्काः सन् २०१५ मा गयानले आफ्नो जीवनकै सबैभन्दा महत्वपूर्ण व्यक्ति गाविन्दिसँग भेटे । उसले उनलाई पहिलो पटक उनीहरुको कार्यालय परिसरमा देखेको थियो, तर हेलो भन्न अति नै लजाएको थियो ।

    अन्त्यमा, उसले उन्लाई भाइबरमा एउटा स्टिकर पठायो र उसलाई अचम्म तुल्याउँदै उनले पनि त्यसको प्रत्युत्तर पठाइन् । अन्ततः सन्देशहरु आदान प्रदान गर्ने क्रम बारम्बार चल्दै गयो र २ वर्षपछि उनीहरु लगन गाँठोमा बाँधिए ।
    इराकः शीलान्, एक समर्पित शिक्षिका, जसले महामारीको दौरानमा घरबाट नै सबै उमेरका विद्यार्थीहरुलाई पढाउने कार्यलाई निरन्तरता दिइन् ।

    उनले विश्वव्यापी भएको महामारीको अवधिमा पनि अभिभावकहरु र विद्यार्थीहरुसम्म आफ्नो ज्ञान पु¥याउन एक नवीन उपायको पत्ता लगाउँदै पाठहरु र क्रियाकलापहरुलाई सहजीकरण गर्न  भाइबरमा एक कम्युनिटी बनाइन् ।

    “हामी वास्तवमै बितेको १० वर्षमा हाम्रो प्लेटफर्मले प्राप्त गरेको सफलता हाम्रो विश्वभरका ती वास्तविक भाइबर प्रयोगकर्ताहरु प्रति समप्र्रित गर्छाैँ जो अरुसँग जोडिनलाई भाइबर प्रयोग गर्दछन् ।

    भाइबरमा हुने हरेक च्याटको पछाडि  एउटा वास्तविक कथा छ । हामी हाम्रा प्रयोगकर्ताहरुलाई माया गर्छौं र हामी उनीहरुको दैनिक जीवनको एक हिस्सा बन्न पाएकोमा खुशी छौं ।

    हामी मार्फत मानिसहरुले आनन्द, खुशीयाली र कहिलेकाँही पिडादायी क्षणहरु –अर्को शब्दमा वास्तविक भावना साटासाट गरि साझा गर्न समर्थ भएकोले हाम्रो कार्यलाई अर्थपूर्ण बनाइदिन्छ । हामी हाम्रो यात्रालाई निरन्तर जारी राख्न प्रतिबद्ध छौं अनि आभार पनि व्यक्त गर्दछौं ।” राकुटेन भाइबरका चिफ ग्रोथ अफिसर आना  जमेंन्स्कायाले भने।

    भाइबर हिरोज्को सम्पूर्ण शृङ्खलाहरु  https://lp.viber.com/heroes-of-viber/ मा हेर्न सकिन्छ ।

    राकुटेन भाइबरको बारेमा

    राकुटेन भाइबरले मानिसहरु बिचको भौगोलिक तथा भावनात्मक दुरी हटाउन मद्दत गर्छ । हाम्रो विश्वव्यापी प्रयोगकर्ताले यी विशेषताहरु जस्तैः वान अन वान च्याट गर्ने, भिडियो कल गर्ने, ग्रुप म्यासेज गर्ने, तथा आफ्नो प्रिय ब्राण्डहरु र सेलिब्रेटीहरुका साथमा छलफल र तिनको जानकारी राख्ने लगायतमा आफ्नो पहुँच राख्दछन् ।

    हामी हाम्रा प्रयोगकर्ताहरुलाई यो सुनिश्चित् गर्दछौं कि उनीहरुले आफ्नो भावना सुरक्षित एवं स्वतन्त्र वातावरणबीच साटासाट गर्न सक्दछन् ।

    राकुटेन भाइबर राकुटेन इन्कर्पोरेटको एक हिस्सा हो, जुन विश्वव्यापी रुपमा इ–कमर्स तथा वित्तीय सेवाहरुमा अग्रणी रहेको छ ।

    भाइबर एफसि बार्सिलोनाको आधिकारिक सञ्चार माध्यम हो भनें गोल्डेन स्टेट वारियर्सको आधिकारिक तत्काल मैसेजिङ्ग र कलिङ्ग एप पनि हो । आजै भाइबरमा जोडिनुहोस् र विश्वकै उत्कृष्ट सञ्चार माध्यमको अनुभव संगाल्नुहोस् ।

     

     

    साताको लोकप्रीय