पोखरामा पुग्यो डिशहोम फाइबरनेट सेवा, ग्रामीण क्षेत्रमा पनि छिट्टै सेवा पुर्याइने

पोखरामा पुग्यो डिशहोम फाइबरनेट सेवा, ग्रामीण क्षेत्रमा पनि छिट्टै सेवा पुर्याइने

अर्थ डबली
बुधवार, भाद्र २३ २०७८
अर्थ डबली
बुधवार, भाद्र २३ २०७८ (अर्काइभ बाट)
  • पोखरामा पुग्यो डिशहोम फाइबरनेट सेवा, ग्रामीण क्षेत्रमा पनि छिट्टै सेवा पुर्याइने

    काठमाडौँ / डिश मिडिया नेटवर्कले (डिश होम)ले पोखरामा डिशहोम फाइबरनेटको औपचारिक सुरुवात गरेको छ । 
    कम्पनीले आज भदौ २३ गते नयाँबजारस्थित भट्टराई एण्ड ब्रदर्स सप्लायर्स प्रा.लिमा पोखरामा सञ्चालनमा आएको फाइबरनेटको उद्घाटन उद्योग बाणिज्य संघका अध्यक्षले नारायण कोइरालाले गरे । 

    images
    images

    कार्यक्रममा डिश होमका तर्फवाट एरिया सेल्स मेनेजर, सेल्स अफिसर, टेक्निकल व्यक्तित्वहरू, पत्रकार, डिलर, समाजसेवी, बुद्धिजिवीहरूको सहभागिता रहेको थियो । 

    उक्त कार्यक्रममा भट्टराई एण्ड ब्रदर्स सप्लायर्स प्रा.लि.का अध्यक्ष अम्बिका मोहन भट्टराईले डिशहोम फाइबरनेटको औचित्य प्रष्ट पारे ।

    News dishhome.JPG

    उनले भने “डिश होमले इन्टरनेटमा गरेको लगानीले अब नेपालमा इन्टरनेट क्रान्ति सुरु भयो । सस्तो सर्वसुलभ र गुणस्तरीय इन्टरनेट सेवा हरेक ग्राहकहरुलाई थप सेवा सुबिधा सहित आजबाट जडान हुनेछ भने १० एमबिपिएसदेखि ग्राहकको रोजाइ अनुसार १०० एमविपिएससम्मको प्याकेज उपलब्ध रहेको छ । 

    सहरी क्षेत्रमा सुरु गरेको डिशहोम फाइबर नेटले आफ्नो सेवालाई ग्रामीण क्षेत्रका ग्राहकलाई पनि छिट्टै उपलब्ध गराउने एरिया सेल्स म्यानेजर प्रदिप सुवेदीले प्रतिबद्धता जनाए । डिशहोम फाइबरनेटसँगै अन्य सेवा पनि छिट्टै सुरु हुने उनले बताए । 

    news dish.JPG

    यससँगै अब इन्टरनेटको समस्याले कुनै पनि नागरिक बन्चित हुनुनपर्ने डिशहोमको दावी छ । 

    भट्टराई एण्ड ब्रदर्स कम्पनीले गण्डकी र धवलागिरी क्षेत्रमा डिशहोम र डिस होम फाइबर नेटइन्टरनेट तथा विभिन्न उच्चस्तरिय ब्राण्ड्का इलेक्ट्रोनिक तथा अटोमोबाइल्सका सामानहरुको बिक्री वितरण गर्दै आएको छ । 

    साताको लोकप्रीय