डिशहोम फाइबरनेट सेवा बिर्तामोडमा विस्तार 

डिशहोम फाइबरनेट सेवा बिर्तामोडमा विस्तार 

अर्थ डबली
शनिवार, असोज ९ २०७८
अर्थ डबली
शनिवार, असोज ९ २०७८ (अर्काइभ बाट)
  • डिशहोम फाइबरनेट सेवा बिर्तामोडमा विस्तार 

    काठमाडौं/  बिर्तामोडमा डिशहोम फाइबरनेटको अधिकारिक बिक्रेताको उदघाटन क्षेत्र बिक्री प्रबन्धक बिपिन्द्र न्यौपानेले गरेका छन् । 

    images
    images

    झापाका आन्य स्थानहरूमा डीएच फाइबरनेट चाडैं पुग्ने बिक्री अधिकारी प्रोजवल अधिकारीले बताएका थिए । 

    डिशहोम फाइबरनेट मुलुकमा उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि ल्याइएको इन्टरनेट सेवा भएको कम्पनीले जनाएको छ । आफ्ना प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२० मा डिशहोमले सुरु गरेको हो । 


    डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ ।
     
    काठमाडौँ, भक्तपुर, ललितपुर, बनेपा, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर, जनकपूर र बिराटनगर मा यस अघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको कम्पनीले जनाएको छ । 
    समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हाल विर्तामोड पुगेको छ र छिटै नेपालका प्रमुख शहर लगायत अन्य स्थानमा पनि पुग्दै छ । 

    साताको लोकप्रीय